Skip to content

ks

भन्ने कुरा न हो

  • by

तिम्रा लागि ज्यान दिन्छु तिमी मेरो मनको राजा
सँगै जिउने सँगै मर्ने हाम्रो चोखो चोखो नाता
यो त सब भन्ने कुरा न हो

कसलाई फुर्सद हुन्छ कोही अरूको बारे सोच्ने
आफ्नो खुसी बिताएर कोही अरूको पीडा बोक्ने
तिम्लाई दिन्छु फूलै फूल म त लिन्छु काँडै काँडा
यो त सब भन्ने कुरा न हो

KeshabLama

पूपू म्हेन्दो सर्सी तैइला

  • by

पूपू म्हेन्दो सर्सी तैइला ह्यङ्ल माया आतैगैइ
चू ल्हुइ ह्यङ्ल सिसि निला ह्याङ्ल माया असीगै

ज्योमो गाङ् ह्रङ नोसी टिगइ, लानी ह्रङ्नोन फेटिगै
म्हुनङ फेसी योरी सम्ब डोल्म र्हङ्नोन नेटिगैइ

कान्तिपुरी नगरी

चपला अबलाहरु एक् सुरमा,
गुनकेसरिको फुल ली शिरमा ।
हिडन्या सखि लीकन ओरिपरी ।
अमरावति कान्तिपुरी नगरी ।।

यति छन् भनि गन्नु काहाँ धनि ञाँ,
खुसि छन् बहुतै मनमा दुनिञाँ,
जनकी यसरी सुखकी सगरी,
अलकापुरि कान्तिपुरी नगरी ।।

नेपालबाहिरको नेपाली साहित्य: प्रवासी, आप्रवासी कि डायस्पोरा?

  • by

ए.एन.ए. को ३० औं सम्मेलनका अवसरमा गत ३० जुन, २०१२ का दिन नेपाली साहित्य प्रतिष्ठान, उत्तर अमेरिकाको आयोजनामा पहिलो पटक आयोजित “नेपालबाहिरको नेपाली साहित्य प्रवासी कि आप्रवासी” विषयक गोष्ठीको आयोजना प्रतिष्ठानका अध्यक्ष वसन्त श्रेष्ठको अध्यक्षता र अमेरिकाका लागि नेपाली नियोग प्रमुख श्री अर्जुनकान्त मैनालीको प्रमुख आतिथ्यमा सुसम्मपन्न भयो ।

एउटा मृत्यु त्यस्तो होस्

  • by

लाग्ने गर्छ
मेरा पनि अघि-पछि कोही त रुने हुन्
हजारौँ-हजार मलामी हुन्
तर
कहिलेकाहीँ लाग्ने गर्छ
ए भगवान् !
म गल्लीको कुकुर झैँ मर्न पाऊँ

पौरखी भै खेत रोपौँ

  • by

पौरखी भै खेत रोपौँ खोरिया त्यो फाड्दै जाऔँ
मल हुन्छ झारपात त्यही हिलोमा गाड्दै जाऔँ

राम्रो बाली पक्कै हुन्छ बिज राम्रो रोपेदेखि
हर्लक्कको बिज रोपी सानो तिनो झाट्दै जाऔँ

लडाकुको देश नेपाल– विगत र अहिले

  • by

विश्वमान चित्रमा लाडाकुको देश नेपाल भनेर प्रख्यात हाम्रो मुलुक साँच्ची नै योद्धा र वीर वीराङ्गनाका शाहसीक कदम र आँट अनि बहादुरीको इतिहासले कुदेको हो । नालापानी किल्लामा नेपाली बहादुरहरूले देखाएको अदम्य साहासको बावजुद आज पनी अंग्रेजहरूले नेपालीलाई बहादुर भनी आदरका साथ नाम लिने गर्दछन् । भारतको के आँट थियो र नेपाली फौजको अगाडि ? नेपाली बहादुरहरूलाई साथ लिएर अंग्रेजलाई भारतबाट भगाउने भारतीयहरूले आजभोली नेपालीहरूलाई बहादुर भनेर बोलाएतापनि त्यो शब्दमा आदरताको भावना देखिंदैन । उनीहरू नेपालीलाई छुद्र बचनको प्रयोग मार्फत बहादुर भन्ने गर्दछन् ।

जीवन यात्रा

  • by

दर्दमिश्रित मुस्कन
आमा बन्दको शुखानुभूति
विर्य र डिम्बको फैसला
नौ महिने काराबास
र संयुक्त इज्लासले
दिएको उन्मुक्ति शिरोधार्य गर्दै

एकान्तमा तिम्रो साथमा रमाएको याद आयो

  • by

एकान्तमा तिम्रो साथमा रमाएको याद आयो
मेरै हौ नि भन्दै हात समाएको याद आयो ।।

टोलाएर बस्दा तिमी आँखा अघि नाचिदिन्थेँ
कुनै साँझ रातो गुलाव थमाएको याद आयो ।।

भेट

“मैले तिम्रो केही बिगार पनि त गरिन ।” टाउकोको रुमाल हातमा लिदैं साईलीले भनिन् ।

“हैन मैले त्यसो भन्न खोजेको पनि हैन।” अधबैशें, यस्तै भयो होला ५० वर्षजतिको, आँखा ख्वाप्लक्कै भित्र पसेर गालाको हड्डी मात्रै उछिट्टिएको, कालो कालो वर्णको ठूलेले एकै श्वासमा भन्न भ्याउँछ। मानौ यति नभने साईली तुरुन्तै उठेर गैहाल्छे ।

धनी नेपाल र हाम्रो मानसिकता

  • by

सुख सबैको भित्री इच्छा हो । समृद्धशाली बन्ने सबैको सपना हो । शान्तिको सुवास चारैतिर फैलियोस्, उन्नतिको मूल सर्वत्र फुटोस्, भातृत्वको भावना यत्रतत्र मौलाओस् भन्ने चाह सबको हुनसके उत्तम हुन्थ्यो । यही आकाङ्क्षा र अपेक्षा एउटा चोखो भावना हो । धेरै दुःख पछिको थोरै सुख पनि अमृत बन्छ । लामो समयसम्म कहर काटेपछि मनमा नौलानौला रहर जाग्छन् । ती रहर पूरा भए मान्छे गमक्क पर्छ, पूरा नभए भाँडभैलो गर्न तम्सला कि भन्ने त्रास हुन्छ । कलिलो मुनालाई निमोठ्न सजिलो हुन्छ । त्यो मुना जति कलिलो देखिन्छ, त्यति आशलाग्दो भविष्यको जलपले उज्ज्वल भेटिन्छ । कहर पछिको रहर ‘चाडै काम पाइयोस्, चाडै सुविस्थाको माम पाइयोस्’ भन्ने हुन्छ । ‘तातै खाऊँ जलि मरूँ’ पनि नहोला भन्न सकिन्न ।

तिमीसँगै मेरो खुसी सर्यो तिमी गएपछि

  • by

तिमीसँगै मेरो खुसी सर्यो तिमी गएपछि
जाँगर र जोश पनि मर्यो तिमी गएपछि

छोडी गयौ जीवनमा खुसीका ती दिन गए
रातदिन एक्लै बस्नु पर्यो तिमी गएपछि

दायाँ हात एउटालाई बायाँ अर्कैलाई

दायाँ हात एउटालाई बायाँ अर्कैलाई
साथ दिन्छौ एउटालाई माया अर्कैलाई

खेल सम्झी मायाँलाई खेल्यौ बैगुनी
पुजेर हुँदैन ढुंगो देवता कहिले नि
बायाँ छाती एउटालाई दायाँ अर्कैलाई
साथ दिन्छौ एउटालाई माया अर्कैलाई

भोकाहरूका लागि गाँस खोज्दैछु (संयुक्त गजल)

  • by

भोकाहरूका लागि गाँस खोज्दैछु आमा
घरवार विहीनलाई आवास खोज्दैछु आमा ।

धनीलाई सुनको महल गरिबको बासै छैन
पैसा बिना बाँच्ने नयाँ, समाज खोज्दैछु आमा ।

अनेसास कोलोराडोको नियमित कवि गोष्ठी सम्पन्न (२०१२, जून)

  • by

अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कोलोराडो च्याप्टरको नियमित कवि गोष्ठी यही जुन ३० का दिन कवि कपिल सुबेदी तथा श्रीमती देवी आचार्यको निवास स्थानमा सफलता पुर्वक सम्पन्न भयो ।

सधैं झैं बृहतरुपमा कविहरूको जमघट हुन नसके पनि न्युन रूपमा नै कवि तथा श्रोताहरूको सहभागिता भए पनि च्याप्टरले आफ्नो नियमित कवि गोष्ठीलाई निरन्तरता दिनलाई पनि सम्पन्न गरेको हो ।

सबै सबै सबै लग्यौ

  • by

सबै चुडियो
तन चुडियो, मन चुडियो
तिम्रो सम्झनामा यौवन चुडियो
निर्रथक बन्यो प्रेम
अनिष्ठ बन्यो यात्रा
तिमी सर्किंदै पर पुग्यौ
त्यही कल्पनामा जीवन चुडियो ।

फक्रँदो त्यो फूल मेरो

फक्रँदो त्यो फूल मेरो कोपिला मै झरिगयो
शरीर मात्रै जिउँदो छ आत्मा मेरो मरिगयो

रोपी गोडी हुर्काउँछु मेरो आफ्नै बगैचाँमा
आशाहरू सबै मर्दै स्वर्गतिरै सरिगयो

जति टाढा रहोस यो ज्यान

  • by

जति टाढा रहोस यो ज्यान याद गाउँ घरको,
उस्तै माया लाग्छ सानु भञ्ज्याङ् पिपल-वरको

बादलु भै माथि उडी आकास टेक्न पाए,
नपुगे रै हुन्थे खुशी गाउँ घर देख्न पाए,
जाईजुई सुनगाभा त्यस्तै माया खरको
उस्तै माया लाग्छ सानु भञ्ज्याङ् पिपल-वरको