Skip to content

ks

आधुनिक प्रविधिले सताउँदा

  • by

सोचिरहेको कुरा एउटा हुन्छ भइदिन्छ अर्कै । एकसुरमा हिंडिरहेको मान्छेको ध्यान गन्तव्यविन्दु मात्र हो । ऊ गन्तव्यविन्दुमा नपुगीकनै अन्यत्र पुग्यो भने उसको मनमा युद्ध गर्ने योद्धाहरू जन्मिन्छन् । कसैका हातमा भाला हुँदा हुन्, कसैका साथमा बम र बन्दुक । आखिरमा युद्ध हुन्छ नै । त्यस युद्धमा ऊ स्वयम् थकित हुन्छ र लत्र्याकलुत्रुक पर्छ । त्यसपछि भने पछुताउँदै पुनः गन्तव्य विन्दुतर्फ लाग्छ ।

त्यस्तै परिस्थितिलाई मैले पनि पिउनुपरेको छ । त्यस्तै अवस्थालाई पचाएर जिउँनुपरेको छ । कतै शब्दमा उन्नलाई शिर निहुर्याउनुपर्ने अवस्था वहन गर्नुपरेको छ । सास रहुँञ्जेल संसारको फेसनलाई नस्वीकार्दा पाखे भइएला कि भन्ने त्रास पनि बोक्नुपरेको छ ।

अचेल उता के हुदैछ

  • by

अचेल उता के हुदैछ, उनको खबर पाको छैन
फोन उठ्दैन मैले गर्दा उताको नि आको छैन ।

चिन्ता लाग्छ उनी कतै बिसन्चोमा परिन कि त
उनकै यादमा डुबी अचेल मैले नि केही खाको छैन ।

अनेसास कोलोराडोको नियमित कवि गोष्ठी सम्पन्न (२०१२, जुलाई) तथा १९९ औं भानु जयन्ती

  • by

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कोलोराडो च्याप्टरले यही जुलाई २७ का दिन १९९ औं भानु जयन्ती बिभिन्न कार्यक्रमको साथमा सम्पन्न गर्‍यो ।

बिर्सिएर तिमीलाई अन्तै भुल्न सकिन

  • by

बिर्सिएर तिमीलाई अन्तै भुल्न सकिन म
कोपिलामै झरेपछि फूल फुल्न सकिन म ।

सुकेको बोट सुकेको पात मन पनि सुकेर नै
ठिङ्ग भई उभिरहेँ अझै झुल्न सकिन म ।

SuryaChemjong-03

मझेरी भलाकुसारी, अंक ११ (सूर्य चेम्जोङ)

साहित्य मनोरञ्जनात्मक साथमा सन्देश मुलक हुनु नितान्त जरुरी छ ।
खाडीको गर्मीमा फुङ उडेको बालुवामा सपना खोजिरहेका छौँ बडो नमिठो लाग्छ ।
नेपाली साहित्यको … गति सही र प्रगतिको गतितर्फ लम्किरहेको छ ।
आउनुहोस्, हामी सँगै हातेमालो गरेर नेपाली साहित्यकासलाई विश्व साहित्यको हाराहारीमा पुर्याऔँ ।

-सूर्य चेम्जोङ : सूर्य चेम्जोङका रचनाहरू

SkyNabin

कृतिम गुलाफ र भ्यालेनटाइन

  • by

कृतिम गुलाफमा रम्ने तिमी…
तिम्रो मन पनि ।
मैले तिखा काँडाहरूको सामना गरेर,
रगताम्य हात बनाएर तिमीलाई दिएको गुलाफ
छि … ! भन्यौ किन?
भन्दै थियौ यो गुलाफको रस खै?
बासना कहाँ गयो ?

दुई मुक्तक (तिमीलाई, भएँ)

  • by

(१)
अन्तिम सासले, खोजिरह्यो तिमीलाई
मर्ने बेला उस्ले, सोधिरह्यो तिमीलाई
बतासले फूल, झारे पनि हाँगाबाट
सुवाशले सधैँ, रोजिरह्यो तिमीलाई

ओजु र डाँफेबाल काव्यभित्र पस्दा

  • by

बि.सं. २०११ भदौ २० गते दाड्डसिङ, दहथुम गा. वि. स. स्याङ्जामा जन्मनु भएकी श्रीमती गंगा पौडेलको ओजु र डाँफे (बाल काव्य) लक्ष्मीस्मृति साहित्य समाज नवलपरासीलाई उपहार स्वरुप प्रदान गर्नु भएकोमा यस पंक्तिकार तथा लक्ष्मीस्मृति साहित्य समाजको तर्फबाट धन्यवाद दिन्छ ।

श्रीमती गंगा पौडेलको यो तेस्रो कृति र पहिलो काव्य हो । यो बालकाव्य (४० + १८)५८ पेजको छ नागार्जून साहित्य प्रतिष्ठान अनाम नगर काठमाण्डौले प्रकाशन गरेको यो दोस्रो संस्करण भएको पुष्टि प्रकाशकीयमा उल्लेख गरिएको छ ।

गोरेटोमा जति भेट्छौ

  • by

गोरेटोमा जति भेट्छौ सबको तिमी साथी बन्छौ
विश्वासिलो साथी बनी पछि विश्वासघाती बन्छौ

रङ्गमञ्च खोल्छौ तिमी, अभिनय राम्रो गर्छौ
छदम् भेषी तिम्रो रुप, सामुन्नेमा जाती बन्छौ

आफ्नैले खोसेपछि सारा खुसीहरू

  • by

आफ्नैले खोसेपछि सारा खुसीहरू
केलाई चाहियो भन साथी बैरी यहाँ अरु

तल परे घृणा गर्छन् माथि परे खुट्टा तान्छन्
मौका मात्र मिल्नु पर्छ शब्द वाणले सधैं हान्छन्
जीवन लिला मेटाईदिने बैरी जाती हुन्छ बरु
तड्पाउने आफ्नै हुन्छन् केलाई चाहियो यहाँ अरु

यसै पनि तिम्रो मनबाट हराएको मान्छे

  • by

यसै पनि तिम्रो मनबाट हराएको मान्छे,
बिछोड र पीडाबाट डराएको मान्छे ।

यादहरू संगालेर हिंड्छु खोज्दै पलहरू,
समय र आफन्तले बर्बराएको मान्छे ।

RajeshworDhakal-01

पथहिन परदेशी

  • by

अक्करमा फुलेको गुराँस
रुखका फक्रिएको सुनगाभा
त्रिशुलीको चिसो पानी
प्रियसीको मुस्कानजस्तो
त्यो मेरो खेतका गह्राहरू
सबैसबै-
बिरानो भो मेरो लागि

असार लाग्यो

  • by

असार लाग्यो हलो बोकी बेँसीतिर झर्न पाए
आँधीखोला हात समाई उनीसँगै तर्न पाए

सिम्सिम् पानी ओरालीमा हुन्थिन् होला उनी सँगै
जानाजान चिप्लिएर त्यो काखमा पर्न पाए

ठूलो विचारले सुख जताततै

मेरो दिमाखमा हर्दम एउटै कुरा नाचिरहेको हुन्छ, बन्दुकसँग बन्दुकले नै युद्ध गर्नुपर्छ, कलमसँग कलमले नै युद्ध गर्नुपर्छ । कलमसँग बन्दुक युद्ध गर्न आयो भने त्यो जस्तो घृर्णित अर्को काम युद्धको नियममा नहोला । आफ्नो विचार प्रकट गर्न पाउनु सबैको अधिकार हो तर विचार लाद्न खोज्नु कसैको अधिकार होइन । त्यतिञ्जेलसम्ममा झट्टै मेरो मन खाएका र मैले केही नजिकबाट जानेका पत्रकार एवं साहित्यकार कृष्ण सेन “इच्छुक” हुन् । उनको ओजस्वी कलमी पराक्रमसँग कलमले नै लड्न शक्ति हराएकाहरूले बन्दुकको वलले त्यस्ता अभूतपूर्व शक्ति भएका व्यक्तिको भौतिक लीला सदाको लागि यस धरतीबाट विलीन पारेको खबर पाएर आलोकाँचो मन औधी रोयो । युद्ध परिवर्तनका लागि हुन्छ ।

आँखाभित्र नानी बनी बस्न पाए

  • by

आँखाभित्र नानी बनी बस्न पाए हुन्थो
थाहै नदिई उनको दिलमा पस्न पाए हुन्थो ।

सुनसानमा बाँचेको छु, रित्तिएर आफैबाट
जून भई मन संघारमा खस्न पाए हुन्थो ।

प्रेमबीज

  • by

प्रेमबीज अङ्कुरित हो जवानीको बोट
प्रेमटुटे पछि बन्छ यो कहानीको बोट

मन हुन्छ तन हुन्छ हुन्छ जीवन साथी
दह्रो छैन हल्लिन गो यो कमानीको बोट