Skip to content

ks

सोझा सिधा मान्छेहरू सधै रुनु पर्ने

  • by

सोझा सिधा मान्छेहरू सधै रुनु पर्ने रैछ ।
आफ्ना भन्ने आफन्तले दुःख पीडा भर्ने रैछ ।

आकश ओढी सुत्नेहरू धर्तीमा पल्टिराछन्
यो मान्छेले नजन्माए कहाँबाट झर्ने रैछ ।
आफ्ना भन्ने आफन्तले दुःख पीडा भर्ने रैछ ।

फूल झरेपछिको शोकसागर

  • by

शोकलाई सिर्जनामा रूपान्तरण गरेर राहतको अनुभूति गरेका धेरै सर्जकहरूको लहरमा उभिन आइपुगेका छन्–खोटाङे कवि नरेन्द्र निर्विकार । कोखको घाउमा मलम लगाउनकै लागि गजलप्रधान स्मारिका “फूल झरेपछि” नामक शोक सँगालो सार्वजनिक भएको छ । धर्मपत्नीको मृत्युमा माधव घिमिरेले “गौरी” शोककाव्य लेखेजस्तै २२ वर्षीय छोरा गौरबविक्रम राईको असामयिक निधन (भीरबाट लडेर) मा पिता नरेन्द्र निर्विकारको सम्पादन तथा परिकल्पनामा सिर्जित समीक्ष्य शोक सँगालो “फूल झरेपछि” भित्र गजल, गीत, कविता, डायरी, लेख र तस्विरजस्ता खोलाहरू मिलेर मानवअश्रुको एउटा शोकसागर बनेको छ ।

असिना झैं आँशु ढिका नझरेको हैन

  • by

असिना झैं आँशु ढिका नझरेको हैन
मैले जति तिमीले माया नगरेको हैन ।।

दुख्दा मुटु मेरो साथ दिएको नै थियौ
खुसी हुँदा सँग-सँगै नरमेको हैन ।।

रूपचन्द्रको महानताको नालीबेली

  • by

‘तपाईंहरूका अघिपछि लाग्नुपर्छ । वैयक्तिक कामधाम त्याग्नुपर्छ । काम परेको बेलामा आडम्बरी र नपरेको बेलामा झपार्ने भाषा जान्नुपर्छ । सोझासीधालाई झुटा आश्वासन बाँड्नुपर्छ । जान्नेबुझ्नेलाई प्रलोभनमा अल्झाउनुपर्छ र बदलामा गाउँ कमिटी सदस्य वा धेरै भए जिल्ला स्तरीय नेता कहलाउन पाइन्छ । अहिलेचाहिँ मेरो नीति ठीक छ । म मतदातामात्र हुँ नेता होइन । नेतैनेता भएर परिवार खायो, समाज खायो र देस पनि कुटुकुटु खाइरहेको छ । यस्तो अवस्थाको जानिफकार हुँदाहुँदै म नेता बन्न थाले भने मेरो अन्तस्करणले मलाई नै धिकार्छ ।

खोलेर ताला दैलामा पाला

  • by

खोलेर ताला दैलामा पाला जलाई बसेकी
भेट हुने बेला सुकिला लुगा लगाई बसेकी

आउँदैछ भन्दै पर्खेर बस्दै मूलबाटो हेरेर
हातमा माला हर्षका गाला हँसाई बसेकी

20120715_BinaTamang_News

तामाङ डाजाङको साहित्यिक गोष्ठी १११ औं शृंखला सम्पन्न

  • by

तामाङ डाजाङको नियमित साहित्यिक गोष्ठीको १११ औं शृंखला नेपाल मानविकी क्याम्पस प्रदर्शनी मार्गमा यही मिति २०६९ साल वैशाख ३० गते शनिवारका दिन सम्पन्न भयो ।

जिन्दगी यो

  • by

पानी सरी जिन्दगी यो पानी जस्तै बग्न खोज्छ
कर्कलको पानी जस्तै ढल्मलिएर चल्न खोज्छ

साउनको भेल जस्तै उर्लिएर बग्छ यो त
हिमालको मुहार जस्तै कहिले हाँस्छ, रुन्छ पो त

तीन मुक्तकरू (भयौ, सकिन, मीठो)

  • by

(१)
टाउकोमाथि कुल्चिँदा नि सहिरहेँ डाँस झैं भयौ
अत्याचारमा मौलाएर मलसाप्राको घाँस झैं भयौ
जे गरे नि हुन्छ भन्दै साँढे बनी डुक्री हिंड्दा
आकासिएको टुप्पो तान्दा पड्किएको बाँस झैं भयौ ।।

अचेल समाज

साडी र सुरुवाल कुर्तामा
सजिएको समाज त्यो
आज
प्यान्ट हाफ प्यान्ट हुँदै
कट्टु र पेन्टीमा हिँड्दा
छोराको के कुरा
छोराको बालाई पनि
मन थाम्न गार्हो भो

बालाजि

  • by

यति दिन पछि मैले आज बालाजि देख्याँ,
पृथिवि तलभरीमा स्वर्ग हो जानि लेख्याँ ।
वरिपरि लहरामा झूलि बस्न्या चरा छन्,
मधुर वचन बोली मन् लिँदा क्या सुरा छन् ।।१।।

म भानुभक्त

  • by

पाहाड्को अति बेस देश् तनहुँमा श्रीकृष्ण ब्राह्मण् थिया,
खुप् उच्चा कुल आर्यबंशि हुन गै सत्कर्ममा मन् दिया ।
विद्यामा पनि जो धुरन्धर भई शिक्षा मलाई दिया,
तिन्को नाति म भानुभक्त भनि हुम् यो जानि चिहन्नी लिया ।।

तेसै तेल निस्कन्छ

  • by

तेसै तेल निस्कन्छ र पेल्नु पर्छ तोरी
तोरी पेल्न जाँदा खेरी देखापरिन् गोरी

वागभित्र पस्न गएँ गोरी दिल चोर्न
अगिल्तिर पुग्दाखेरि खोज्नथालिन् जोरी

PrakashDhakal

असार

  • by

दुई चार बर्षअघि
उम्रिएका बैँस छोप्न
दुई चार अमल मात्र कपडा
लाउने कुनै गाउँले तरुनीको
जवानी आँखाले लुट्न
घुमौरा चोक चोकमा
बसेका केही लोकल दादाहरूले
सुसेलेको सिठ्ही जस्तै छिल्लिन्दै

चुहिने घर खरको छानो

  • by

चुहिने घर खरको छानो खाने गास छैन आज
बर्खा लाग्यो आङ ढाक्ने बस्ने बास छैन आज ।

कैले आउछन् ठुलेका बा अनि मीठो खाउँला भन्दै
पर्खिबस्दा खोला बढेँ आउने आश छैन आज ।

सुनसान थियो जङ्गल्

  • by

सुनसान थियो जङ्गल् अनि नजिकैमा गिरी
निर्जन् सुन्दर् वनैभरि हावा सिरी सिरी

राजा थियौं रानी थियौं प्रकृतिका हामी
वरिपरि हाम्रो गर्थ्यो चरी चिरीबिरी

ए कान्छी तिम्रो त्यो (युगल गीत)

  • by

केटा: ए कान्छी तिम्रो त्यो अधरै राम्रो ….
केटी: भो कान्छा तिम्रो त्यो नजरै राम्रो ………

केटा:
जिउडाल हेर्दा लोभै लाग्दो शिर सुन्दर हिम झैं
रित्याएर आफ्नो संसार तिमIलाई नै दिम झैँ
केटी :
कोमल रहेछ त्यो दिल तिम्रो उस्तै मोहनी बोली
मलाई पनि दिम झैं लाग्यो सारा दिल खोली

उदयपुरे कवि लेखबहादुर कार्कीको स्थान

  • by

म जहाँ पुग्छु, त्यही मेरो घर हो । मैले जे दुःख झेले त्यो दुःख अरुले पनि झेल्नु नपरोस् भन्ने आकांक्षा सहित दुःखको सागर थुन्न म भ्रमणको मार्गमा लागेको हुँ । म पढेको मान्छे हैन, अक्षरसम्म चिनेको मान्छे हुँ । म डुलिहिँड्ने र हरेक ठाउँको हालखबर मनमा गुनिरहने यस युगको नारदजस्तो पात्र हुँ । म सकुञ्जेल हिँड्छु र जनता जगाइरहन्छु । म जे देख्छु, त्यही लेख्छु । नेताले नेपाल खाएको देख्दा, ज्ञानेन्द्रले नेपाल मासेको भेट्दा, सेनाले जनता मारेको पाउँदा, क्रान्तिकारी हुँ भन्नेले सामन्तलाई छाडेर निमुखा वर्गलाई पिरोलेको देख्दा, ठूलाबडाले गरिव निमुखालाई सताएको पाउँदा, वनजङ्गल मासेर मोजमस्ती गरेको भेट्दा टुलुटुलु हेर्न सकिन र लेखेँ ।

विश्वमानचित्रभित्र एउटा देश नेपाल छ

  • by

विश्वमानचित्रभित्र एउटा देश नेपाल छ
सधैँभरि आपसमा कलहले बेहाल छ

गरी खाने भन्दा पनि चन्दा मागी खाने धेरै
जताततै डर धम्की आतंकको सन्जाल छ