ks
फूल झरेपछिको शोकसागर
शोकलाई सिर्जनामा रूपान्तरण गरेर राहतको अनुभूति गरेका धेरै सर्जकहरूको लहरमा उभिन आइपुगेका छन्–खोटाङे कवि नरेन्द्र निर्विकार । कोखको घाउमा मलम लगाउनकै लागि गजलप्रधान स्मारिका “फूल झरेपछि” नामक शोक सँगालो सार्वजनिक भएको छ । धर्मपत्नीको मृत्युमा माधव घिमिरेले “गौरी” शोककाव्य लेखेजस्तै २२ वर्षीय छोरा गौरबविक्रम राईको असामयिक निधन (भीरबाट लडेर) मा पिता नरेन्द्र निर्विकारको सम्पादन तथा परिकल्पनामा सिर्जित समीक्ष्य शोक सँगालो “फूल झरेपछि” भित्र गजल, गीत, कविता, डायरी, लेख र तस्विरजस्ता खोलाहरू मिलेर मानवअश्रुको एउटा शोकसागर बनेको छ ।
रूपचन्द्रको महानताको नालीबेली
‘तपाईंहरूका अघिपछि लाग्नुपर्छ । वैयक्तिक कामधाम त्याग्नुपर्छ । काम परेको बेलामा आडम्बरी र नपरेको बेलामा झपार्ने भाषा जान्नुपर्छ । सोझासीधालाई झुटा आश्वासन बाँड्नुपर्छ । जान्नेबुझ्नेलाई प्रलोभनमा अल्झाउनुपर्छ र बदलामा गाउँ कमिटी सदस्य वा धेरै भए जिल्ला स्तरीय नेता कहलाउन पाइन्छ । अहिलेचाहिँ मेरो नीति ठीक छ । म मतदातामात्र हुँ नेता होइन । नेतैनेता भएर परिवार खायो, समाज खायो र देस पनि कुटुकुटु खाइरहेको छ । यस्तो अवस्थाको जानिफकार हुँदाहुँदै म नेता बन्न थाले भने मेरो अन्तस्करणले मलाई नै धिकार्छ ।
उदयपुरे कवि लेखबहादुर कार्कीको स्थान
म जहाँ पुग्छु, त्यही मेरो घर हो । मैले जे दुःख झेले त्यो दुःख अरुले पनि झेल्नु नपरोस् भन्ने आकांक्षा सहित दुःखको सागर थुन्न म भ्रमणको मार्गमा लागेको हुँ । म पढेको मान्छे हैन, अक्षरसम्म चिनेको मान्छे हुँ । म डुलिहिँड्ने र हरेक ठाउँको हालखबर मनमा गुनिरहने यस युगको नारदजस्तो पात्र हुँ । म सकुञ्जेल हिँड्छु र जनता जगाइरहन्छु । म जे देख्छु, त्यही लेख्छु । नेताले नेपाल खाएको देख्दा, ज्ञानेन्द्रले नेपाल मासेको भेट्दा, सेनाले जनता मारेको पाउँदा, क्रान्तिकारी हुँ भन्नेले सामन्तलाई छाडेर निमुखा वर्गलाई पिरोलेको देख्दा, ठूलाबडाले गरिव निमुखालाई सताएको पाउँदा, वनजङ्गल मासेर मोजमस्ती गरेको भेट्दा टुलुटुलु हेर्न सकिन र लेखेँ ।

न त बगेको आँशु रोक्न सकियो
असिना झैं आँशु ढिका नझरेको हैन
खोलेर ताला दैलामा पाला जलाई बसेकी
पानी सरी जिन्दगी यो पानी जस्तै बग्न खोज्छ
साडी र सुरुवाल कुर्तामा
यति दिन पछि मैले आज बालाजि देख्याँ,
दुई चार बर्षअघि
चुहिने घर खरको छानो खाने गास छैन आज
सुनसान थियो जङ्गल् अनि नजिकैमा गिरी
केटा: ए कान्छी तिम्रो त्यो अधरै राम्रो ….