Skip to content

ks

हरिया खेतका आशाहरू

  • by

असार महिनामा हरियाली भरिएका यी रोपाईंका खेतबारीहरू
वर्षा ऋतुमा भिजेका निश्चल हरिया पाखाहरू
बदलिदो नेपाली माटोमा अंकुरित नया आशाहरू

आशाहरू
देश विकास र शान्तिका आशाहरू
आशाहरू
आपासी समन्वय र सदभावका सुन्दर आशाहरू

तिमी खेल्छौ जुवातास मेरो के लाग्छ र ?

तिमी खेल्छौ जुवातास मेरो के लाग्छ र ?
भैइसक्यौ पाटीबास मेरो के लाग्छ र ?

तन्तनी तान्यौ चुरोट्, मुटु जल्दै गैइ
खरानीको भयो ह्रास मेरो के लाग्छ र ?

म कहाँ हराउनु र ?

  • by

म कहाँ हराउनु र ? नेपथ्य्यमा हेर्दै थिएँ
गजब लाग्यो तिम्रो नाटक र त दिलमा कोर्दै थिएँ

चिन्नु थियो तिम्रो रंग जहाँ म घोल्नु थियो
विश्वासको पर्खाल देखे मनको कुरा खोल्नु थियो
मुखै मात्रै रहेछ तिम्रो र त यो मन सेर्दै थिएँ
गजब लाग्यो तिम्रो नाटक र त दिलमा कोर्दै थिएँ

सबै जाति मिलीजुली सँगै बस्ने शहर त्यो

  • by

सबै जाति मिलीजुली सँगै बस्ने शहर त्यो
टुक्राएर रमाउने कस्तो होला रहर त्यो

संबिधान देउ भन्दै माग्दै थिए जनताले
छाल जस्तै उर्लिदैथ्यो जनताको लहर त्यो

आमा जानुहोस् कथासङ्ग्रहको सङ्क्षिप्त विवेचना

  • by

परिचय

आमा जानुहोस् कथासङ्ग्रहकी कृतिकार हुन् माया ठकुरी । माया ठकुरीको जन्म सन् १९४६ जुलाई २मा भएको र उनका हालसम्म ६बटा कथाका कृतिहरू प्रकाशनमा आएका छन् । इन्द्रधनुष (२०६१) उनको गीतसङ्ग्रह हो । माया ठथकुरी एउटा कथाकारमात्र नभएर सङ्गीतकार पनि हो । उहाँको नाम मैले अल इन्डिया रेडियोबाट सुन्न पाएको थिएँ भने २०६१ सालमा एक पटक जाउलाखेलमा सात्क्षातकार भएको थियो । उहाँको जीवनीको अध्ययन गर्दा जीवन संघर्षमा वितेको देखिन्छ । त्यो संघर्षको उपलब्धी आज उनका कथाहरू त्रिभुवन विश्वविद्यालयदेखि भारतको नर्थ बंगाल युनिभर्रिटीसम्मको पाठ्यक्रममा समावेश भएको पाइन्छ भने उनका केही कथाहरू हिन्दी अंग्रेजी, तमिल र जापानी भाषामा समेत अनुदित भएका छन् ।

ईमान धर्म जोवनीलाई पैसासँग दाँज्दी रैछौ

  • by

ईमान धर्म जोवनीलाई पैसासँग दाँज्दी रैछौ
जस्ले बढी दाम तिर्छ उसै सँग नाच्दी रैछौ ।

साँचो माया गर्नेको दिल, दुखाएर आज भोलि
गाँजा रक्सी पिउनेसँग, नाता आखिर गाँस्दी रैछौ ।

सम्झनामा जलाउँदै मुटु माझ बत्ती

  • by

सम्झनामा जलाउँदै मुटु माझ बत्ती
आउँदैछु बाली राख्नु तिमी साँझ बत्ती

नफुटाए आँखाबाट बेदनाको मुल
फुलाएर ल्याउँदैछु म पिरतीको फूल
तिम्रै निम्ति मन्दिरमा बाल्दै लाख बत्ती
आउँदैछु बाली राख्नु तिमी साँझ बत्ती

NirveekRai-06

सङ्घर्षकालको पीडा (कवितावाचनको लागि हत्ते हलाइ)

  • by

देवकोटाको सम्झनामा भएको कवितागोष्ठीमा देवकोटाकै बारे लेखिएको (त्यसमा पनि ‘गरिमा’ जस्तो नेपाली साहित्यिक पत्रिकाको सर्वोच्च पत्रिकामा छापिएको) ताजा कविता वाचन गर्ने मौका निस्सै पाइन्छ भन्ने आशाले म सुरिइरहेको ।

चाइनिज जिनको ब्राउन रङको पात्लो ज्याकेटमाथि साङ्लो भिरेँ । हिपहप पत्लुन, बुट आदिमा तयार परेँ । कानमा नीलो पत्थरको इयरङि झुन्ड्याएँ ।

तीर बन्यो तिम्रो हाँसो

  • by

तीर बन्यो तिम्रो हाँसो उपहास किन गर्यौ
मेरो चर्चा नाना भाँती बकबास किन गर्यौ ।

मेरै नाम बेची तिम्ले इज्जतको ताज पायौ
बदनाम आज मेरै नामको खासाखास किन गर्यौ ।

महाकल्याण

  • by

रातो कुर्सी, नीलो कुर्सी, पहेँलो कुर्सी, सेतो कुर्सी, कालो कुर्सी । भाइ कुर्सी, भतिजो कुर्सी, भाञ्जो कुर्सी, सालो कुर्सी, साली कुर्सी ।