Skip to content


उत्तरआधुनिक आमा
म जसबाट जन्मिएँ
ती मेरी आमा होइनन् ।
मेरी आमा जो हुन्
तिनले मलाई जन्माइनन् ।
कविजी
तिम्ले संसारलाई
गुन लगायौ
तिम्ले संसारको चित्त बुझायौ
तर घरकै पत्नीसँग
दैनिक महाभारत हार्‍यौ
आफैँलाई मझधारमा पार्‍यौ ।
ईश्वर आराधना
‘तपाईँले
सम्पर्क गर्न खोज्नुभएको
देवताको मोबाइल
अफ गरिएको छ’
यसरी कुनै दिन सन्देश प्रवाह हुनेछन् ।

युवामञ्च, जेठ २०६९

Leave a Reply

Your email address will not be published. Required fields are marked *