चहान्थे म मुटुभरिको माया दिन तिमीलाई
तर तिमीले बुझ्न सकेनौ पवित्र प्रेमलाई
एकपल्ट सोचेर हेर कति पीडा भयो मलाई
जब तिमी आफैँ रोज्दै थियौ अरू कसैलाई
आज पनि तिम्रै प्रतीक्षामा छु हृदयको ढोका खुलाई
मर्नु परे मरिदिन्छु तर प्रेम गर्न सक्दिन अरूलाई
तिम्रै सम्झनामा पीडा पखाल्ने बानी परेको छ नयनलाई
जति नै दुखे पनि मुटु बिर्सनै सक्दैन तिमीलाई ।।
युवामञ्च, जेठ २०६९
