ks
बोक्सी
आफू जन्मी-खेली हुर्किएको बाग झैँ लाग्ने ती बस्ति आज जीवनको उत्तरार्धमा मसानघाटको आकृतिमा आफ्नै नजर सामु मुस्कुराई रहेको आभाष लाग्छ । खै कसरी ब्यक्त गरौँ यी समाज र ढडेन झैँ लाग्ने मेरो मनको कथा व्यथा । हो साँच्चै कुनै ढडेन भन्दा कम छैन मेरो मन भनौँ जीवन । जहाँ कुनै फूलहरू मुस्कुराउँदैनन् । तर, तर सबै भोग्न, हेर्न अनि बाँच्न विवश छु ।
यहाँ कानून कडा छ
बिकुलप्रसाद र उनको छिमेकी नानीराम वीच आ-आफ्ना नातिका झगडाको बिषयलाई लिएर निकै भनाभैरी चल्यो । विवाद बढ्दै गए पछि उनीहरूका श्रीमतीले एक अर्काको इज्जत नंग्याए । त्यतिले भएन उनीहरूका छोराहरूले हात सुर्कासुर्की गरे झगडा चुलिदै गए पछि बुहारीहरूले एक आपसमा कपाल भुत्ल्याउन पुगे । गाउको जनसरकार सदस्यले आफ्नो अध्यक्षलाई उजुरी जाहेर गर्यो । दुई तीन जना भरुवा बन्दूक र कटुवा पिस्तोल बोकेका जनसुरक्षा कर्मीहरू अघि पछि लाएर अघि गाउँका बाख्रा शहरमा लगेर व्यवसाय गर्ने बाख्रा ब्यापारी “निर्जन” लाख्र्याक लाख्र्याक आई पुग्यो । पुराना फाट्न लागेको कम्ब्याक्ट ड्रेस लगाएको जन सरकार प्रमुखले सबै झगडाको बिउ बुझ्यो ।
हिरोसे खोला
सन् २००८ समरको बिदाको दिन त्यो समय । कसरी टोकियोमा एक्लै बिताउने ? लागे तोहोकुतिर । जुनियर भाइहरू थुप्रै थिए तोहोकु बिश्वविद्यालयमा ।
त्यसो त बिधार्थी हुँदा समरमा नेपाल फर्किन्थ्यो । अनि त साथी-भाइ भेटेर, आफ्नो गाउँको खोलामा खेलेर दिन गर्मी बिदा बिताइन्थ्यो । तर अफिसमा काम गर्न थालेपछि त त्यति लामो बिदा पनि नमिल्ने । अनि त साथीभाइ खोज्दै लागें तोहोकु अर्थात उत्तरी जापानतिर । तोहोकु जहाँ गत बर्ष सुनामीले रुवाएर गयो ।
संघर्षका पाइलाहरू
कुनै समय सडकको किनारमा पंक्ति बद्ध भएर उभिएका राता, सेता र निला शिरिषका फूलहरू फुलेकोले मनमोहक दृश्य देखिन्थ्यो त कुनै समय तिनै फूलहरू पातसँगै झरेर सारै नै उराठ लाग्दो देखिन्थ्यो । यसरी नै कुनै रात पारिजात र रातकी रानी फूलहरूको मग मग बसना चल्थ्यो भने कुनै रात झुपडीहरूबाट दर्दनाक चित्कार सुनिन्थ्यो । दुई चार जना भेला भएर कुरा गर्न र कुनै सामाजिक कार्य पनि गर्न नसकिने अबस्था हुँदै गैरहेको थियो ।

१) तिमीलाई देखेर अब कति मान्नु हर्ष
बेंसी फुल्यो लालुपाते, लेकै गुँरास
रगतको खोलासँगै बग्यो देशको माटो
आमा तिमीले मलाई
दुई दिने पिरती के लायौ तिमीले
संसारको दृश्य देखाई आमा नामको रीत भोग्यौ
सपना हजार देखाएर उता नाता जोड्यौ किन