Skip to content

ks

दुःख पीडा दर्शन गर्दै जीवन-रोटी बेल्दै आएँ

  • by

दुःख पीडा दर्शन गर्दै जीवन-रोटी बेल्दै आएँ
संसारमञ्च नाटककारकै इशारामा खेल्दै आएँ

हिँड्दा हिँड्दै गोडेटो त्यो टुङ्गिए झैँ लाग्दा पनि
एक्लो यात्रा थाकेँ तर बलैसँग ठेल्दै आएँ

सबैले चिनिएको मान्छे त्यो

  • by

न पढन जान्थ्यो
न पढाउन जान्थ्यो
न कमाउन जान्थ्यो
न हलो समाउन जान्थ्यो
कहिले यताको गाउँ
कहिले उताको ठाउँ
हल्लरी मार्दै रमाउन जान्थ्यो

प्रभुको जो इच्छा

  • by

पुण्यप्रसाद ब्राह्मण सकारी अड्डामा “नास्ता पानी” का नामले परिचित छन् । बिहानै सेतो धोती र कमिजमा खाली खुट्टा पशुपतिनाथको दर्शन गर्न जान्छन् । कपाल मुडुलो, लामो टुप्पी, नाकबाट माथि ललाट सम्म सेतो गोपिचन्दनको धर्कैधर्का भएको टीका लाउछन् । चार पाचवटा रुद्राक्ष र तुलसीका माला पनि लगाएका छन । बोली नै पिच्छे “हरि ओम” र “प्रभुको जो इच्छा” भन्छन् । कार्यालय आउदा कमिज सुरुवाल र चप्पलमा बिर्के टोपी लगाउछन् ।

न प्रेमको पुरस्कार मैले हात पार्न सकेँ

  • by

न प्रेमको पुरस्कार मैले हात पार्न सकेँ
न तिमीले हार्न जान्यौ न त मैले हार्न सकेँ

भेटी रहेँ यात्राभरि कति कति भेलहरू
समातेर हात न त सँगै खोला तार्न सकेँ

मृत्यु-रेखा

१. मलाई लाग्यो,
ऊ आउँछ र थुम्काथुम्की सम्याउँछ,
अनि, चारैतिर सिरसिर वतास चल्छ,
कोलाहल ध्वनि मधुरतामा बदलिन्छ,
मसाले हात सिर्जनामा लहसिन्छ ।

मसँगको यात्रा गर्दा

  • by

मसँगको यात्रा गर्दा, असिम सुख पाउँछौ भने
धर्ती बनि ओच्छिदिउँला आकाश बनी छाउँछौ भने

अनायसै मसँगको मायाजालमा परेपछि
मेरो हात समाई हिड्ने प्रण तिम्ले गरेपछि
नलाउ माया भन्दा भन्दै, खुसीसाथ लाउँछौ भने
धर्ती बनि ओच्छिदिउँला आकाश बनी छाउँछौ भने

कालिञ्चोकलाई स्पर्श गर्दा

  • by

कुन मन्दिरमा जान्छौ यात्री
कुन मन्दिरमा जाने हो
कुन सामग्री पूजा गर्ने
साथ कसरी लाने हो

महाकवि लक्ष्मी प्रसाद देवकोटो यी काव्यिक हरफहरूले धर्म मन्दिरमा गएर मात्रै हुने कुरालाई नकारेको छ। यद्यपि हामीभित्र मनको अन्तरकुनामा रहेको कुनै अज्ञात शक्तिले हामीमा कालिन्चोक भगवतीको दर्शनाबिलाषालाई तिव्र पार्छ ।

मै हुँ भन्दै आफैलाई ठुलो ठान्न छोड

  • by

मै हुँ भन्दै आफैलाई ठुलो ठान्न छोड तिमी !
लड्नेछौ है कुनै दिन खुट्टा तान्न छोड तिमी !

सधैँभरि झुठो कथा रच्दा आफैँ फसौला है
इर्ष्या गर्दै अरुमाथि जाल हान्न छोड तिमी !

LaxmiPokharel-04

नतातेको बाटो

  • by

पण्डित बाको घरमा अर्को हप्तादेखि पुराण लाग्ने भएकोले छिमेकी दिदी बहिनीहरू गफ चुट्दै पात गाँसिरहेका थिए । गफ गर्ने शिल्शिलामा दाहाल्नी आमैले भनिन् “ए साँच्ची तिमीहरूले आज बिहान पँधेराको गफ सुन्यौ ?”

दाहाल्नी आमैको कुरा नसिधिँदै हत्त पत्त अधिकार्नी बज्यैले भनिन्, “के कुरा हो हामी पनि सुनौ न !”

ManuBrajaki

कहाँसम्म पुगिएला यसैगरी खोच्याएर

  • by

कहाँसम्म पुगिएला यसैगरी खोच्याएर
छोट्ट्याउँनु पर्ला बाटो पुग्ने ठाउँ सच्याएर ।

आवारा झैं भएपछि डुलुवा यो मन बोकी
आकाशलाई ओढेको छु धर्तीलाई ओछ्याएर ।

ढल्दैन स्वाभिमान कसै गरे पनि

  • by

बि. सं २०६४ साल कार्तिक २२ गते –’आदरणीय दाजु सदानन्द अभागीज्यूमा सादरोपहार’ को रूपमा प्राप्त भएको यो ‘ढल्दैन स्वाभिमान कसै गरे पनि’ गजलसङ्ग्रहको आज दुईचार शब्द लेख्ने प्रयास गर्दै छु। बरिष्ठ गजलकार धनराज गिरीका हरेक शब्दहरूले हामी सबैलाई आकर्षण गर्ने क्षमता छ। उनी जुन ठाउँमा आशनग्रहण गर्दछन्। त्यही ठाउँमा त्यही वातावरणमा गजल सृर्जना गर्दछन्। उनका हरेक गजलका शेरहरू तथा शब्दावलीले मानव मन जित्ने गर्दछन्। यस्ता गजहन गजलकारको गजलकारिताले हामी सबैको मन छुनु स्वभाविक हुन्छ।

SrijanaNeupane-02

तीता पलका पाँजा मात्रै पँजाएर हुन्न

तीता पलका पाँजा मात्रै पँजाएर हुन्न आमा
आँखाभरि आँशु ताल सजाएर हुन्न आमा ।

कहिलेसम्म यसै गरी झुकेर नै बसिरहने
सत्यसँग अझै पनि डराएर हुन्न आमा ।

हर्क र बिस्मातसँगसँगै (सुरुसुरुमा कविता छापिँदाको प्रभावहरू)

  • by

२०३३ सालमा मेरो कविता ‘एउटा पुजारीको सुझाव मन्दिरको देवीलाई’ महाराजगन्ज क्याम्पसको मुख-पत्र ‘अङ्कुर’ मा उत्रिएको सबभन्दा पहिलो (ऐतिहासिक घटना) भएता पनि म पोक्किनँ । किनकि कविता पेस्ने सबै विद्यार्थीहरूको कविताहरू स्वतः त्यहाँ उत्रिएको थियो । २०४३ सालमा मेरो अर्को कविता ‘मेरो हेराइको मतलब’ हेटौडाबाट प्रकाशित प्रगतिशील साहित्यिक पत्रिका ‘प्रयास’ मा उत्रिँदा खुब रमाएँ । तर मेरो शब्दहरू बदाल्दिएकोले त्यतिखेर म रिसाएँ पनि ।

मन्को घाउमा मलम पट्टी

  • by

मन्को घाउमा मलम पट्टी, टाँस्न सक्या छैन अझै
फेरि चोट थपिएछ, हाँस्न सक्या छैन अझै

मनको पाटो पहिरो गयो, सारा सपना विफल भयो
कलेजीमा सानो खुशी, साँच्न सक्या छैन अझै
फेरि चोट थपिएछ, हाँस्न सक्या छैन अझै

सहमति

  • by

शीर्ष दलका शीर्ष नेताहरूको जमघट । बैठक, सहमति र निर्णयको गोलचक्कर । जति दाम्लो बाटे पनि आखिर पसेउटो एउटै ! अर्थात् सरकार गिराउने र सरकार बनाउने उही चलखेल । भागबण्डाको दन्तबझानमै समय बरबाद । बैठक,बैठक र फेरि बैठक । बैठकभित्र असहमति र अनिर्णयको बिस्कुन । यत्रा बाङ्गाटिङ्गा र घुमाउरा रेखाहरू लेख्न सक्ने यति तीखो पेन्सिल -लेख्न सक्दैन किन एउटा सहमतिको बिन्दु ?

एउटै मुटु पनि आज तिमीसँगै पठाएछु

  • by

एउटै मुटु पनि आज तिमीसँगै पठाएछु
सोच सानु पीडा मैले के गरेर खटाएछु ।

छट्पटीमा रात बित्छ बिछोडको दिनदेखि
सास बिना यादले मात्र आजसम्म कटाएछु ।