Skip to content

ks

लाजको तिम्रो गहनालाई किन राख्छ्यौँ लुकाएर

  • by

लाजको तिम्रो गहनालाई किन राख्छ्यौँ लुकाएर
कति चढ्यो बैँश अब हेर्छु चोली फुकाएर ।

भरिएको यौवनमा बैँश आज चढ्दा खेरी
यो उमेरमा लाग्ने प्यास, बस्छ्यौ कति सुकाएर ।

‘विद्रोही काले’ महाकाव्यको एक झलक

  • by

पिता पं भीमप्रसाद शर्मा कट्टेल र माताा लीलादेवीका सुपुत्र सोमराज उपाध्याय कट्यालद्वारा रचित महाकाव्य को नाम हो “विद्रोही काले”। सोमराज उपाध्यय कट्याल को जनम १९९८ साल फाल्गुन महिना छ गते मंगलबार ढुङ्गेधारा गौरीगाउँ सङ्खुवासभा, कोशी अञ्चलमा भएको र आफ्नै जन्म जिल्लाको परिवेशमा उहाँले लेख्नु भएको छ यो महाकाव्य। यो महाकाव्य ४६४ पृष्ठको छ। यसको प्रकाशन जुही प्रकाशन, झर्रो नेपाली घर चन्द्रगढी झापाले गरेको छ र मूल्य रु १०५० मात्र छ। यो महाकाव्यको लेखन थालनी २०२३ सालमा गरिएको भए तापनि महाकाव्यको लेखन २०३६ साल बैशाखमा समाप्त भएको र प्रकाशन भने २०६५सालमा भएको छ।

BimalGautam-02

जननी जन्म भुमिश्च स्वर्गादपि गरियसी

मलाई आज म आफै दुखे मेरो पार्टी दुख्यो
पार्टीहरू पनि अरु सबै दुखे किन कर्तब्य लुक्यो

ईतिहास लुक्यो वीर गोर्खा सगै इमान झुक्यो
नरोक्न सक्ने हत्या र हिंशा सरकार चुक्यो

मेरै देशमा जन्मे बुद्ध

मेरै देशमा जन्मे बुद्ध, सत्य कहीँ लुक्छ र ?
कराउँदैमा काग यहाँ, पिना कहीँ सुक्छ र ?

धन्को बर्कत् देखाउँदै, झुट्को खेती गरी हिँड्छन्
चिच्याउँदैमा सुक्या घोक्रो, त्यसै कहाँ फुक्छ र ?

भाषा-साहित्यमा वाणिज्यशास्त्र?

  • by

भाषाको मानक तयार गर्नु भनेको संविधान बनाउनु जस्तै हो। यसले भाषाका भोक्ताहरूको भावना र स्रष्टाहरूको विपुल सम्भावनालाई आत्मसात् गर्न सक्नुपर्छ।

दुई गीति संग्रह

  • by

मानवीय भावनाका भुल्काहरू बान्की मिलेर आउँदा गीत बन्छन्। त्यस्ता गीतले स्तरीय संगीत र मीठो गला पाए भने ती कालजयी हुन्छन्।

‘बेहुला बजार-मुर्दावाद’का लेखकलाई पत्र

  • by

यत्तिखेर म तपाईं च्याँच्याँ र म्याँम्याँ गरेको क्षेत्रमा कुसल-मङ्गलका साथ जीवनरथको सारथि बनेको छु । त्यहाँ तपाईं पनि मैले तोते बोली बोलेको र बामे सरेको ठाउँमा स-कुसल रही शिक्षण पेसामा आबद्ध भइरहनुभएको सु-समाचार समेटिएको पत्र भर्खरै मात्र प्राप्त गरेँ ।

निस्वार्थ त्याग (कथा)

  • by

“एका बिहानै उठेर अब फेरि गाउँ चहार्ने बेला भो हैन तेरो यसो घरमा बसे र! केही सघाए पनि त हुन्थ्यो नि खै के भन्नु र! यस्तासँग यसो आँफै जानेर देखेर काम गरे नि त हुने नि सानो भए पो कति अराउनु !” – भगिराजकी आमाले गनगन गर्दै थिइन ।

“भर्खर गाई-बस्तु पाखा लाएँ अब के गर्नु परो सबै काम सकें त हौ कति कराएको ?” यति भनेर भागिराज उम्कन खोज्दै थियो ।

मलाई जैतुनको फूलले रुवाउँछ

  • by

भूमध्यसागरीय बयली हावाको षोडशी स्पर्शमा
जैतुनका फूलहरू झर्न थालेपछि
अप्रिल महिनाको इजरायली भुइँ
सेतो खैरो फूलतन्नाले ढाकिएपछि
बैशाखे न्यानो घाम हिमालपारि कल्पिँदै
नयाँ बर्षको नयाँ उमङ्ग

20120413_KapilAnjan_News-01

कोहलपुरमा साहित्यिक कार्यक्रम सम्पन्न

  • by

कोहलपुरमा नयाँ वर्षको पूर्वसन्ध्यामा शुभकामना आदान प्रदान, रचना वाचन तथा चियापान कार्यक्रम सम्पन्न भएको छ ।

ज्ञानोदय सामुदायिक पुस्तकालय र पूर्णिमा साहित्य प्रतिष्ठानको संयूक्त आयोजना भएको कार्यक्रममा यस क्षेत्रका प्रतिष्ठित व्यक्ति, पुस्तकालयका पदाधिकारी, राजनीतिक व्यक्तित्व, समाजसेवी, बुद्धिजीवि तथा स्थानीय स्रष्टाहरूको सहभागीताबीच कार्यक्रम सम्पन्न भएको हो ।

सप्ना साकार पार्नलाई जुट्नु पर्छ आफैँ

  • by

सप्ना साकार पार्नलाई जुट्नु पर्छ आफैँ !
दिन बनाइ रातलाई उठ्नु पर्छ आफैँ !

देश सिंगार्ने चाह भए स्वदेशकै तीरमा
परिश्रमको गिट्टीहरू कुट्नु पर्छ आफैँ !

नयाँ बर्ष यसपाली चै बिधान लिई आऊ

  • by

नयाँ बर्ष यसपाली चै बिधान लिई आऊ
गरिबका समस्याको निधान लिई आऊ ।

रक्तिम किरण पूर्वतिर सधै जगमगाउने
बुकुरामा सुभासिलो बिहान लिई आऊ ।

बक्लौरीलाई छोडेर चितवन टाँडी आएँ

  • by

बक्लौरीलाई छोडेर चितवन टाँडी आएँ
तिम्रो लागि भनेर म घरबार छाडी आएँ

छेकेको थ्यो मेरो बाटो समाज परिवारले
भागी भागी हुँदै जंगल म झाडी झाडी आएँ

PushkarKhanal

कालो बादल नियाल्दा

  • by

हावामा बगेर, बादलमा उडेर चरी जस्तै भुरुरु
चमक्क चम्केका बिजुली, नियाल्दै टोलाई रहेको म ।
गुञ्जिएका वादलका गड्याङ गुडुङ
बतास चल्यो पात हल्लियो, आइलिएको फूल झर्‍यो
रङगंमङगीएको धुलोले आँखा पोल्यो
पारी क्षितिजमा कतै नियाल्दै, कहाँ छौ तिमी कहाँ म ।

LaxmiPokharel-03

भिखारीको हाल भएपछि

  • by

पोल्दैन घामले गोधुलिमा लाल भएपछि
थेग्दैन मायाँले भिखारीको हाल भएपछि

डुब्दैछ जिन्दगी तर्नलाई कुनै डुंगा छैन
मुटुमा नसुक्ने बेदनाको ताल भएपछि