Skip to content

भेदभाव र छुवाछूत सबै मिली हटाऊँ

  • by


भेदभाव र छुवाछूत सबै मिली हटाऊँ
कुरीति र कुसंस्कारलाई बिदा गरी पठाऊँ

काटे रगत सबको रातो केही छैन अन्तर
अन्धकार र अन्धविश्वास समाजबाट घटाऊँ

रुढीवादी संस्कृतिको उखेलौँ जरो
मानव निर्मित संरचना फेर्न बाटो तताऊँ

सानो ठूलो जात हुन्न सबै सामाजिक प्राणी
सभ्य सुन्दर समाज बनाई मानव जुनी कटाऊँ

श्रम र सीपका धनी संस्कृतिका खानी
उसैलाई अछुत किन बनाको हो बताऊँ ।

-चुन्वाङ, रुकुम

Leave a Reply

Your email address will not be published. Required fields are marked *