Skip to content


आफ्नै बागमा
फूल बेली-चमेली
दृष्टि अरूमा

माया पिरती
अन्तैतिर जमेसी
हेला घरकी

पानी मूलको
खानु अनि ल्याउनु
छोरी कुलको

छोरी बोकेको
लिन खान हुँदैन
रिन डोकेको

अन्त पल्कियो
शुभ्रशान्त घरमा
आगो सल्कियो

डुल्यो वनैमा
घरवार श्रीमती
भुल्यो मनैमा

माया मोहको
कैल्यै पनि भरिन्न
भाँडो लोभको

मान्छे स्वार्थी भो
खोला तर्दा खेरिको
लौरो बिर्सियो

कार्य बोझमा
झन् पीडा थपिन्छ
छुद्र सोचमा ।

-कुश्मा, पर्वत

Leave a Reply

Your email address will not be published. Required fields are marked *