महोत्तरीमा जन्मिएर ललितपुर इमाडोल २ मा बसी निरन्तर आफ्नो कवि व्यक्तित्व विकास गर्ने प्रतिभा हुन् मणिराज सिंह । उनको राजधानी छिरेपछि नामुब कवितासङ्ग्रह दोस्रो कृतिको रूपमा प्रकाशित भएको छ। यस कृतिभन्दा अगाडि उनले लेखेको अक्षर खुर्पा र खुकुरीहरू नामक कवितासङ्ग्रह २०६५ वैशाखमा निस्केको थियो । प्रस्तुत कवितासङ्ग्रहमा जम्मा सत्चालीसओटा समसामयिक कविता सङ्ग्रहीत छन् । सबैजसो कवितामा कवित्व प्रबल रहेको छ भने ूपतन्त्र गद्दलयको मिठास पनि पाइन्छ । राष्ट्रप्रेम राष्ट्रिय अखण्डता र स्वाधिनताका स्वरहरू यत्रतत्र सर्वत्र पाउन सकिनछ उनका कवितामा देशभक्तिको भावना छ भने देश दुखेको पीडा पनि छ ।

कवि मणिराज सिंहको काव्यिका यात्रा किशोरावस्था देखि नै प्रारम्भ भए पनि कविता लेखनमा निरन्तर रूपमा भने विगत डेढ दशकदेखि उनी धारा प्रवाह रूपमा देखा परेका छन् । निचोडामा भन्नुपर्दा कवि मणिराजले महोत्तरीदेखि काठमाडौंसम्म र विभिन्न देश प्रदेशबाट प्राप्त अनुभवलाई कविताको मूल विषय बनाई समसामयिक भावधारामा कविता रचेका छन् । उनले आफ्ना कविताको साधन र स्रोतका रूपमा प्रकृति मानवता राष्ट्रियता भाइचाराको भावना व्याक्ति, समाज र सामाजिक आर्थिक समस्या तथा सास्कृतिक पक्ष समेटी मध्यम फुटकर आयामका कविता सिर्जना गरेका छन् । समसामयिक भावधाराभित्र मानवता अखण्डता सापजिक आर्थिक विषमता र राष्ट्रप्रतिको ममता समेटेका छन् मात्रासंयोजन र वर्णविन्यासमा केही कसर देखिए पनि विविध शब्दशैलीको प्रयोगले विषयवस्तु भाव र शिल्पपक्षका बीच सङ्गति कायम गरेको छ ।

“खबरदार” शीर्षकको कवितामा मुखमा माड नलागेर पेटहरू भोक हडतालमा जमिरहेको बेला निरीह आँखाहरूलाई जिस्काउँदै भुँडी भरेको नाटक उल्लेख छ । यस सङ्ग्रहभित्र रहेका कविताले आफ्नै कथा, व्यथा, कुण्ठाहरू छताछुल्ल पोखेका छन् तर कवि मणिराजमा यस्तो मनोरोग भेटिँदैन । यसलाई नै ठूलो प्राप्ति मान्नुपर्छ । कवि मणिराज हतार गरेर कविता लेख्दैनन् । यसैले होला उनको कवितामा कला छ, मिठास छ, मनलाई माझ्ने सामर्थ्य छ ।

यस कृतिमा कविको परिपक्वता झल्किन्छ । साथै शैली पनि परिमार्जित भएर माझिएको पाइन्छ । भाव प्रयोगका आधारमा ‘राजधानी छिरेपछि’ कवितासङ्ग्रह साझा फूलबारीझैं लाग्छ । किनभने यसमा कतै सामाजिक विद्रोहको स्वर घन्किएको छ भने कतै राजनीतिक विद्रोह । कविले प्रकृतिलाई मानवीकरण गरेर त्यसलाई सजीव तुल्याएका छन् । आफ्नो राष्ट्र भनेपछि हुरुक्क हुने कवि मणिराजका कवितामा आर्थिक तथा सामाजिक विद्रोहको स्वर पनि घन्किएको पाइन्छ । समग्रमा भन्नुपर्दा यस कवितासङ्ग्रहमा सामाजिक, आर्थिक, राजनीतिक, श्रृङ्गारिक, समसामयिक, प्राकृतिक र अन्य विविध भाव छताछुल्ल पोखिएका छन् ।

कृतिः राजधानी छिरेपछि (कवितासङ्ग्रह)
स्रष्टा ः मणिराज सिंह
प्रकाशक ः ज्योति साहित्य प्रतिष्ठान
संस्करण ः प्रथम, २०६६

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *