जिन्दगी थियो मसँग, जिन्दगानी के हो तिमीले बुझायौ
माया विशाल थियो मसँग, सही अर्थ तिमीले बुझायौ

रहरहरू असीम थिए मनमा, त्यसलाई रम्न तिमीले सिकायौ
सयौं चोट खाएको ज्यानमा, मलहम लगाउन तिमीले सिकायौ

कलकल बगेको झरनाको पानीमा, सुस्केरा तिमीले हालिदियौ
पवनको सुनसान ओहोरदोहोरमा गुञ्जन तिमीले मिसाइदियौ

उजाड कहालीलाग्दो खडेरीमा, असीम चिसोपन तिमीले ल्याइदियौ
विनाअर्थ गर्जिएको बिजुलीमा, चमक अनि कम्पन तिमीले थपिदियौ

दोबाटोमा रुमल्लिएका सपनालाई, गोरेटो तिमीले पहिल्याइदियौ
ती सपनाहरू रङ्गिन थिए, बहार त्यसमा तिमीले छाइदियौ

सोचहरू निस्सहाय ढलपल थिए, स्थिर सहारा तिमी बनिदियौ
उजाड जीवन यो मेरो, सुनौलो संसार तिमीले बनाइदियौ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *