अचारे सिद्धान्त
हल्का पिरो,
हल्का अमिलो
अलिकति भए प्रशस्त हुने
भान्साको कुनाकानी लुक्ने
अचारले पेट अगाउँदैन
बिना अचार जिब्रो रमाउँदैन ।
हल्का पिरो,
हल्का अमिलो
अलिकति भए प्रशस्त हुने
भान्साको कुनाकानी लुक्ने
अचारले पेट अगाउँदैन
बिना अचार जिब्रो रमाउँदैन ।
फूलका बगैँचाहरूमा उम्रिन्दैनन् कविता,
मान्छेको अनुहारमा लेखिएको हुँदैन कविता,
हिँडदा हिँडदै, पाइने चीज पनि होइन कविता
१) मिर्मिरे
यहाँ उज्यालो बोलाउने नै निदाएपछि
सम्मानित अगुवाले नै बाटो बिराएपछि
भन ए ! अन्धकारका वीर शत्रुहरू हो
अब मनहरूले कसरी मिर्मिरे अन्माउने ?
हामीले रोजेको नेता
फाँकी लाउने नहोस्,
इमान्दार होस्,
मुर्ख नहोस् ज्ञानी होस्
निकै पढे लेखेको होस् ।
कता कताबाट आउँछ
खबरखाबर ल्याउँछ;
अर्काको मनको बात
दुरुस्तै सुनाउँछ
आफ्नो कुरा समेत
अर्काकहाँ पुर्याउँछ ।
मनले तिमीलाई चाहिरहे मुखले बोल्नै सकेन
मुटुमा तिम्रै बास भयो कहिले भुल्न सकिएन
छु म आमा, सात समुद्रपारि
ठुलो शहरमा
किनेको छु मैले सुन्दर एउटा महल
त्यही शहरमा
अचेल
नयाँ कालिदासहरूको
ह्वात्तै बजार बढेको छ
हिजोआज
नयाँ क्रोचे र नित्सेहरूको
भाउ अचाक्ली चढेको छ
म त हारेको मान्छे
आफैसँग आफन्तसँग
यो अजनबी दुनियाँसँग
लर्बराइरहन्छ्न मेरा पाइलाहरू
चिप्लिरहन्छ्न भाग्योदयका नक्षत्रहरू ।
घाम लागेको बेला पानी परेको बेला
आकाशैमा देखिन्छ रङ्गीचङ्गी मेला
तीन रङ्ग चार रङ्ग जम्मा सात रङ
इन्द्रेनीलाई देखेर परेँ म त दङ्ग
सुन्दा पनि अचम्म के–के भन्छिन् सानीले ?
सफा पारी सर्लक्क भाँडा माझिन् रानीले !