
आगनीको डिलमा,
साहुको जमीनमा।
दुई छाक कटाएर,
परालका तेन्द्रा बटाएर ।
सन्तानको खुसी बुन्ने,
सपनाको महलमा सुत्ने।
खुसीले निदाउन सकु,
सारा संसार जिताउन सकु ।
हरेक प्रहरमा,
आफ्नै रहरमा।
छेउटुप्पा मिलाउँदै,
गल्तीहरू औँल्याउँदै।
आमाले गुन्द्री बुन्न छाडेपछि,
सन्तानले डाँडा काटेपछि,
हराएको आमाको हाँसो,
जस्तै बेखबर छ हतासो।
दिवाकर भट्टराई
दमौली, तनहुँ
