सम्बोधन

महोदय !
उमङ्ग साँचेर सुने, पढेँ
राष्ट्रको नाममा भनिएको सम्बोधन
तर
अनुत्तरित रहे थुप्रै प्रश्नहरू आफैँसँग ।।

महोदय !
उमङ्ग साँचेर सुने, पढेँ
राष्ट्रको नाममा भनिएको सम्बोधन
तर
अनुत्तरित रहे थुप्रै प्रश्नहरू आफैँसँग ।।

खिइएर झ्याङप्वाल हुन लागेको,
अडेसोको ठाउँँठाउँबाट
दु:खका तिखा
दर्शिन ढुँगाहरुलाई निम्तो दिएर

छारो मैलो समेट्दै मनुज नयनको छोप्छ बाक्लो तुँवालो ।
फाँट्ने आशा लिएका तन मन जनका खोज्छ थोरै उज्यालो ।।
चर्को त्यो घाम लाग्ने समय पर हुँदा बढ्छ ऐले निराशा ।
राम्रो चल्नेछ सत्ता प्रगति गति लिँदै जान्छ भागे भरोसा ।।

एकान्तमा
कसैलाई सम्झँदा सम्झँदै म,
आफूलाई नै बिर्सिरहेको हुन्छु,
कहिले भीरबाट खसिरहेको हुन्छु,
कहिले नदीमा बगिरहेको हुन्छु ।

सास मात्रै चलोस बरु मेरो… ए भगवान् !
तिम्रा लागि सारा खुसी मागिदिन्छु
एक चोटी मेरो खबर सोधेर त हेर
कसम घरका सारा दबाइ फ्याँकी दिन्छु

ऊ स्वदेश आएको दोस्रो दिन
नियालेर हेर्दा देख्यो,
उसका बीभत्स सपनाहरू झै
कोठैभरि केही किताब
छरपस्ट छरिरहेका ।

यो जिन्दगी मैले तिम्रो लागि साच्न पाएँ
तिम्रो लागि बाँच्न अनि तिम्रै निम्ति मर्न पाएँ
तिमी थियौ अन्यौलमा सम्बन्धको खोजी गर्दै
मेरो जिन्दगी तिमी भित्रै रमलिएको पाएँ
सुत्नेले त सपना मात्र देख्छ
उठ्नेले त संसार भोग्छ ।
कुम्भकर्णजस्तै
कस्तो अभागी त हामी
एकदिन उठ्छौ र वर्षौं सुत्छौं ।
कोभीड –१९ तिमी
किन हामीमाथि लुटपुटिन खोज्छ्यौ
कहिले कता कहिले कता झुल्कने
न दिन भन्छ्यौ, न रात भन्छ्यौ
न आफन्त भन्छ्यौ न पराई ठान्छ्यौ ।

द्यौसीको लयमा मयूर वनमा नाची रहेको थियो
जान्छौ लाहुर खै अझै किन यही स्याउ फलेकै थियो
आफ्नै बादल बर्सिएर दिउँसो धर्ती रुझेको थियो
कोसी त्यो बिचरा बिहान किन खै बेच्नै परेको थियो ।

नहि भटकु धामे–धाम राखु मानवता पर ध्यान
लागु दीन–दुखी के सेवा मे भेटत ओतही भगवान

माया उता छ गुनासो यता
नसोध घाउ दुख्छ कता
फर्क नफर्क मर्जी तिम्रो
भन त्यो माया राख्छौ कता

आज भोलि यस्ले कसैलाई गन्दैन
गरीबलाई त मान्छे नै भन्दैन
आफ्नो कुरा सधैं जितेरै छाड्छ
सानो कुरामा गाउँ नै भाँड्छ
ए बुढी छोरो त नेता बन्छ क्या हो!

करोडौंका पाप पखालेर
शुद्ध कहलाइदिने
धर्तीका गहिरा तलाउबाट
मनुष्यका तापले रापिएको
कुण्ठित पानी,

देशलाई राख्छु मनभित्र
नेपालकै कोर्छु म त चित्र
चित्र कोर्ने मेरो तिर्सना
कस्तो लाग्छ साथी मेरो सिर्जना

स्वर्गकी परी तिम्रो सौन्दर्यको बयान गर्न मन लाग्यो
यो मेरो जिन्दगी तिमीलाई नै समर्पण गर्न मन लाग्यो
स्वास्थ्य सिपाहीलाई राहत “त्यो पर्दैन”
सबै असहायलाई राहत “त्यो पर्दैन”