हल्का पिरो,
हल्का अमिलो
अलिकति भए प्रशस्त हुने
भान्साको कुनाकानी लुक्ने
अचारले पेट अगाउँदैन
बिना अचार जिब्रो रमाउँदैन ।
प्रमुख सिद्धान्त छ
अचार अलिकति मात्र भए ठिक
जिब्रोलाई पारिदिने भरपुर मख्ख
अरू भागहरू पर्ने तीन छक्क
आजकाल अचारले,
दूरी क्षितिज धेरै धेरै बढाएछ
सडक, भवन पुल निर्माणमा सिद्धान्त चखाएछ
कालोपत्रे रंग, ढंग नबित्दै एक महिना
अर्को रंगरूपमा बदलिन्छ
सडकविच छातीमा मुसो लुक्ने दूलो बनिन्छ
यही हो; अचारे सिद्धान्तको कमाल
यो सिद्धान्त विद्यालय विश्वविद्यालयमा छ्यासछयास्ती डुल्छ
विद्यार्थी, कक्षाकोठा कालोपाटी चौकुना रमाउँदै भुल्छ
त्यसैले हो वर्षभरि पढेका सिकारु दश प्रतिशत मार्कमा थन्किन्छ
पूरा आयुको पुल आधा अवधि नपुग्दै थरर थर्किन्छ
यो पनि अचारे सिद्धान्तको चल्ती हो
अचारे सिद्धान्तको ढाकछोप गर्नु राज्यको काम हो ।
अचारे सिद्धान्तप्रेमीहरू सबकासामु हुन्छन् प्यारा
बिजोकमा पर्छन् पहुँचबिहीन, निर्धन अनि निमुखा
अचारे सिद्धान्त हस्ती विश्वसामु एड्स रोग काँटको
यो सिद्धान्त ब्याप्त माथि तल सब खाले फाँटको ।
अचारे सिद्धान्तकारको बोलीलोली कोइलीको जस्तो
कार्यस्थल देख्दा अस्तव्यस्त बैराग, बैरागीजस्तो
राजनीतिक पात्र हुन् यस सिद्धान्तका मुख्य खानी
नसुधारिए सत्ता पद्धति हराउन्न यी कुलतका बानी ।

मदनमणि लक्षितji ho his name. he is pokharel but title is मदनमणि लक्षितji
https://www.majheri.com/17929/