Skip to content

गद्य कविता

भगवानलाई दुष्मन बनाई किन लडाई लड्छौ


भोकालाई खाना दिए कुरान त्यही हुन्छ
नाङ्गालाई नाना दिए बाइबल त्यही हुन्छ
असायलाई न्याय दिए त्यही गीता बन्छ
========================
गोरो छाला कालो छाला रगत किन रातो
मान्छे सबै उस्तै उस्तै सोच किन अलग
सृजनाको त्यो फूलबारी मारी मेटी उस्तै
साल नाल उस्तै हुन्छ रुवाई त्यो उस्तै
तोते बोलीउस्तै हुन्छ हसाई त्यो उस्तै
कुरान उस्तै बाइबल उस्तै गीता पनि उस्तै

यस्तो सन्तान जन्मियोस्

  • by

कोलाहल मच्चिएको छ
अस्पतालको शैयामा
प्रसव पीडाले छट्पटिएकी छिन् उनी
सायद आमा बन्ने चटारोमा छिन्
आँखाहरू कहिले उघार्छिन्
कहिले बन्द
ओठ च्याप्छिन् कहिले

पेनाङ्ग

डुलाउँछु आँखा झ्यालबाहिर क्षितिजसम्म पर-पर
महल, सडक, जंगल र अनन्त निलो सगर
सबै नौलो, बिरानो, अनौठो यो पेनाङ्ग सहर
परिचित, आफ्नो, आत्मीय कोही खोजिरहन्छु निरन्तर

मेरो मायाको जिम्दारी खोसिएको पत्तै पाइन

तिम्रो मायामा मेरो जिम्दारी थियो
कहिले सुकुम्बासी पस्यो थाहा नै भएन
मायाको मझेरीमा बाँध कुलो कसेको थिएँ
कतिबेला भत्कियो कोनी पत्तै पाइन
साँध सिमाना हरुमा तार बार गरेको थिएँ
कुन बाढीले बगायो थाहा नै पाइन
ढुक्कसँग बसेको थिएँ आँगनमा

नमिठो जीवन

  • by

अनगिन्ती सुखद यामहरू
आइरहन्छ आँङ ढाक्न
हरियो दुवोको नरम्
भुवादार गलैचाँमा
तेर्सिएर म ताप्छु घाम
रमाईलो छ वातावरण
सुगन्धित छ जीवन
तै पनि मलाई जिन्दगी
किन यति नमिठो लाग्छ?

कान्छी, मलाई त कविता लेख्नै आउदैन

  • by

कान्छी !
मलाई त कविता लेख्नै आउदैन ।

लेख्न त मन पर्छ
मेचीको पनि कालीको पनि
कोर्न त मनलाग्छ
कोशीको पनि, कर्णालीको पनि
तर पनि काठमाण्डौमा पानीको हाहाकार देखेर
मलाई त कविता लेख्नै आउदैन कान्छी ।

तीन टुक्राहरू

  • by

(१)

जनताको छाप्रोमा
एक सिता चामलको खोज छ
नेताको झुप्रो (?) मा
रोजाना भोज छ,
सहमतिको बैठक !
रिसोर्ट र तारेहरूमा मोज छ
के देख्नुपर्छ अहिले
सत्ता र वार्ताको गाइजात्रा रोज छ ।

BibekDulalChhetri-05

बिना कामको मान्छे

  • by

लाचार सडकहरू
रुन्चे हाँसो हाँसिरहेछन्
थकित पुलहरू पागल झैँ
अकारण खित्का छोडिरहेछन्
कुइनेटाहरू, कृष्णेभीरहरू
जोगीमाराहरू, त्रिशूलीका किनारहरू
खाना नखाएको बबुरो पीर लिएर
पिरोल्लिरहेछन्

आमा ! कोटी कोटी नमन !!

सबैतिर तिम्रै छाया
सबै तिम्रै माया
छलछाम कतै छैन
कस्तो तिम्रो न्याय !

दैव तिमीले यो रूपमा
मेरी आमा दियौ
पूजा ध्यान आराधना
तिम्रै गर्न पाउँ
कहिले कहीं अल्छी गरे
कान समाउन आऊ !

बुद्ध-मनहरू, युद्ध नबोलुन्

फेरि अर्को
धक्का मार्न खोज्दै छौ तिमीले ।
भन,
बुद्ध-मनहरूसँग
के गुनासो थियो ?
के प्रतिसोध थियो ?
र छ ?
तिमीले अपनाएको यूग
उनीहरूलाई
पटक्कै स्विकार्य छैन भने,
भन,
जबर जस्त किन लाद्छौ,

इन्कलाब जिन्दावाद -इन्कलाब जिन्दावादहरू !

चस्केका घाउहरूको बिटो बाँधेर
नरसंहारका रक्त टाटाहरू मेट्दै
घर्षणहरू यो स्वतन्त्र कहलिएको मरूभूमिमा
बढिरहेछन कछुवा तालमा
क्याक्टस जो आफैंमा पात बिहिन भएर पनि
हरित बोकेर यो मरूभूमिमा ठिंगिएको छ
बाइपासको झण्डा बोके जस्तो
अगाडी सुगम ठाउको नोटिस गरिरहेछ

विपनाहरुको उदघोषण

अविश्वासहरूको वीचबाट
म मेरा विश्वासहरूलाई सम्बोधन गरिरहेछु ।
शुन्यताहरूमा उभिएर
पूर्णताहरूको उदवोधन गरिरहेछु ।

खुशीका सिम्फोनी-तालहरूमा
सन्तप्त हृदय डुबाएर –
अचेल म
काँडामा उभिंदै फूलको गीत गाइरहेछु ।
पानीमा रुझ्दै घामको गीत गाइरहेछु ।

तिमीसँग खाएको कसम

  • by

तिमीसँग खाएको कसम
सायद तिमीले बिर्सिसक्यौ होला
तर, मेरो सम्झनाको सन्दुकमा भने अझै कैद छ
जति बेला तिमी मबाट ओझेल पर्दै थियौ
त्यति बेला मैले तिमीसँग म सधैं खुशी रहने कसम खाएकी थिएँ
त्यसैले आएर मलाई एक फेर हेर त !

प्रेमको तमसुक लेख्न पाए हुन्थ्यो

बन्धकी राखिएका मायाका पानाहरू
बाचा बन्धनहरू को त्यो ठेली
कतै बिर्सी पो जाने हौ कि
त्यसैले आऊ एउटा तमसुक गरौ