भीर-पाखा बगाउछ,
खेत-बारी बगाउछ,
खोल्सा-खोल्सी
रुख-पात सबै बगाउछ,
डर लाग्दो पहिरो चलाउछ,
तमासा बौलाएर झर्छ,
ढुङ्गा-मुडा सबै सबै
सोहोरसार बगाएर झर्छ,
पहाडको चेपबाट ।
मानौ दोहोरो भिडन्त चल्दैछ ।
आवाज टाढा टाढा सम्म
लगातार गुन्जिन्छ..
गड्याङ्….गूडुङ…
डाङ्डाङ्…डुङ्डुङ…
कत्रो सन्त्रास ??
पारी-वारी पहाडहरु
आतङ्कित पार्दै झर्छ ।
कती न ठुलो
बिजय जुलुस मनाउदै
अन्धो उत्साहमा झरेको खहरे !
“तमर”को एक छेउ
एक छिन् धमिलो पार्छ,
“खहरे तमरमा बिलिन” !
त्यती मै उसको
अस्तित्व समाप्त हुन्छ ।
बिचरा खहरे !
असान्त हल्ला गर्छ,
अली तल “तमर” चुपचाप
सालीन,सान्त बगिरहन्छ ।
२५ सेप्टेम्बर २०१२
बिरानो देशबाट
