भगवानलाई दुष्मन बनाई किन लडाई लड्छौ



भोकालाई खाना दिए कुरान त्यही हुन्छ
नाङ्गालाई नाना दिए बाइबल त्यही हुन्छ
असायलाई न्याय दिए त्यही गीता बन्छ
++++++++++++++++++++++++
========================

गोरो छाला कालो छाला रगत किन रातो
मान्छे सबै उस्तै उस्तै सोच किन अलग
सृजनाको त्यो फूलबारी मारी मेटी उस्तै
साल नाल उस्तै हुन्छ रुवाई त्यो उस्तै
तोते बोलीउस्तै हुन्छ हसाई त्यो उस्तै
कुरान उस्तै बाइबल उस्तै गीता पनि उस्तै
पगडी त्यो फेटा अनि टोप टोपी उस्तै
बर्को उस्तै बुर्का उस्तै ओढनी त्यो उस्तै
त्यस भित्र मस्तिष्क त्यो त्यसको बनोट उस्तै
सृजनाको त्यो मस्तिष्कलाई किन भिन्न पार्छौ
भगवानलाई भाग बन्डा किन लगाई हिड्छौ
कहिले खोज्छौ मस्जिदमा कहिले खोज्छौ मन्दिर
कहिले गिर्जाघर भन्छौ तिमी विभाजन गर्छौ
भगवानलाई दुष्मन बनाई किन लडाई लड्छौ

आउदा आयौ एकै बाटो जाने त्यही बाटो
पहाड खोज्यौ सम्म खोज्यौ भिरालो र पाखा
रुप रंग एकै समाई त्रिकुट झैं हुन्छौ
कहिले तिमी सिया भन्छौ कहिले सुन्नी हुन्छौ
कहिले तिमी शिव सेना कहिले तिमी राम
कहिले बन्छौ रावण अनी गर्छौ अधम काम
भगवानको नाममा तिमी निरिहलाई काट्छौ
गेरु बस्त्र त्यो पवित्र हो मैलो किन पार्छौ
दारी पाल्छौ मुख छोप्छौ पड्कनछौ त्यो किन
पढ्छौ बाइबल ब्यापार गर्छौ कालो धन्दा गर्छौ
उस्तै मान्छे जात र पात धर्म बाडी हिड्छौ

धनी देखे जस्तै लाई सिरानीमा राख्छौ
गरिव देखे बाटो काट्ला आफैंमा तर्संछौ
जात बाडछौ मानिसमा भगवान बाडछौ
ढोका खुल्ला राख सब आँट गर अब
जात पात केही हुन्न मान्छे एउटा जात
धर्म सबै एउटइ हुन्छ मानव धर्म भाक

जानु पर्छ यो चोला को पन्चतत्व छोडी
त्यो तिम्रो अहमतालाई यही लोकमा छोडी
कति गर्छौ अहंकार कत्रो हुंकार तिम्रो
आखिर सबै खरानी र माटो कंकाल हो यो
मनको मैलो बिसाएर छातीबाट फाल
मानवताको सेवा भित्र आफूलाई ढाल

मानवताको सेवा भन्दा ठुलो केही होइन
मठ मन्दिर केही होइन कुरान गीता बाइबल
भोकालाई खाना दिए कुरान त्यही हुन्छ
नाङ्गालाई नाना दिए बाइबल त्यही हुन्छ
असायलाई न्याय दिए त्यही गीता बन्छ

रोगीलाई दबाई देउ मान्छे छुन खोज
ईश्वर खोज्न मन्दिर होइन मान्छे भित्र खोज
अल्लाह र मसिहा नि त्यही भित्र हुन्छ
धर्म त्यही कर्म त्यही भगवान त्यही
मन तिम्रो मायाँ भित्र मान्छे छुन खोज
मन तिम्रो मायाँ भित्र मान्छे हुन खोज !!
==========================

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *