Skip to content

बुद्ध-मनहरू, युद्ध नबोलुन्


फेरि अर्को
धक्का मार्न खोज्दै छौ तिमीले ।
भन,
बुद्ध-मनहरूसँग
के गुनासो थियो ?
के प्रतिसोध थियो ?
र छ ?
तिमीले अपनाएको यूग
उनीहरूलाई
पटक्कै स्विकार्य छैन भने,
भन,
जबर जस्त किन लाद्छौ,
चहर भत्कि सकेको
तिम्रो दर्शनका भूत बङ्गलाहरू ?
जहाँ-उनीहरू
बन्देज बाँच्न मान्दै-मान्दैनन्,
माथि आकाश
स्वतन्त्र छुन खोज्दै गरेका
अदम्य मनहरू,
तिम्रो खोक्रो दर्शनमा
बाधीन चाहन्दैनन् भने,
भन,
किन अरुको छातीमा टेकेर
जबर जस्त
कैद थुन्छौ बुद्ध-मनहरूलाई
त्यो काल कोठरीमा ?

उड्न देउ
स्वतन्त्र आकाशसम्म,
कुड्न देउ
स्वतन्त्र यो भूमिभरि ।
बिना ईच्छा लादिएको दर्शन
एक झिल्का आगोले टिपेर
बिस्पोट हुने
बिनासकारी बारुद बन्न सक्छ ।
त्यति बेला
न तिमी रहन्छौ,
न तिम्रो अस्तित्व ।

उनीहरू हांस्न सिकेका छन्,
बाँच्न सिकेका छन्,
जस्तै कठिनाईमा पनि ।

हो उनीहरूले
मण्डेलाहरू पढेका छन् ।

त्यसैले..
तिमीले बन्देज पारेका
बुद्ध-मनहरूलाई
खोली देउ जंजिरबाट ।
स्वतन्त्र छाडी देउ
त्यसैमा तिम्रो भलो छ ।

अब फेरि यहाँ
बुद्ध-मनहरूले छेडेको
अर्को यूध्द हेर्नु छैन ।

२० सेप्टेम्बर २०१२
बिरानो देशबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *