Skip to content

गद्य कविता

मेरो कुनै देश छैन रे !

मेरो देश मेरो देश भन्दै उफ्रिन्थेँ हिजो
मैले मेरो देश भन्न नपाउने रे ! अब
बिना पहिचानको मान्छे रे ! म
त्यसैले
मेरो कुनै पहिचान छैन रे !
मेरो कुनै देश छैन रे !

सपनाहरू त हो नि … साँच्चै जिन्दगी

सपनाहरू बुनेर निरन्तर
भविष्यको खोजीमा
विविध जिजिविषाहरू माझ
आज यो बिक्षिप्त जिन्दगीको
अनवरत लेखिरहेछ इतिहासहरू
धरोहरहरूको रक्षार्थ आफूलाई
पटक पटक अन्न बिचको घुन बनाइरहें

ShantiRamDhakal-04

आमा जस्तै सासू पनि भइदिए हुन्थ्यो (बुहार्तन – ? )

आमा जस्तै सासू पनि भइदिए हुन्थ्यो
धन्दा पात गर्दा खेरी सघाइदिए हुन्थ्यो
छोरा छोरी भोकै हुँदा ख्वाइदिए हुन्थ्यो
घर फर्की आउदा खेरी हाँसी दिए हुन्थ्यो
कस्तो रैछ कर्म हो यो बुहार्तन मेरो
अरु सबको रिस राग सासू मलाई फेर्ने
राम्रो खा को सफा ला को रिस मात्र गर्ने
बाल बच्चा घर संसार सबै मैले गर्ने
कस्तो रैछ कर्म यो हो बुहार्तन मेरो

BeluKajiThapa

शुभ हो मझेरी

अन्धकार छोचोल्दै संधार टेक्दैछ मझेरी,
प्रभातका उज्जरतामा हराउदै छ अँधेरी ।
विराट सम्भावना हो मझेरी ।
विसाल भन्डार भो मझेरी ।

छरिएका जयजातको बास बन्यो मझेरी,
रचनाका भारी बिसाउने चौतारी हो  मझेरी ।
हो तिर्खा मेटन जीवनभर्ने थलो हो पधेरी ।
ज्ञानको भोक मेटने अनाज हो मझेरी ।

20120910_ShantiRamDhakal_Poem

मायाको जक्सन भेट्नै सकिन

कति जोड्न खोजे मन जोड्नै सकिन
बरु
शिशा भए जोड्न सकिन्थ्यो होला
नजिक हुन खोजे पार्नै सकिन
बरु
अर्को किनार भए नजिकिन्थे होला
यो मनको वह थेग्नै सकिन !

ManuSharma

यौवनका लोग्ने मानिस

मनका राजा मानिकन तिमीसँग भागी आएँ,
बा आमाले दिन्नन भनी तिम्रो साथ लागी आएँ ।
एक चुट्की सिन्दुर मैले, सधै तिम्रै लागि लाएँ,
तिम्रो सृष्टि रच्ने निहुँमा, मैले कस्तो भाग्य पाएँ ?

चोखो माया जुनीभरि, गरिरहन्छु भन्थ्यौ पहिले,
सँग-सँग उत्सवहरू, सम्झिन्थ्यौ जहिले ।
जन्मदिन तिम्रो प्रियसीको, सम्झिने छाड्यौ अहिले,
मभन्दा नि माया गर्ने, अर्कीको छ अहिले ?

डा. ब्राईनलाई

  • by

तिमी आकाशमा
उड्दा उड्दै तिम्रा आँखाहरू
पक्कै पनि ठोक्किए,
ती हिमालका धारीला धारीला चट्टानहरूमा
छरपष्टै भए जता ततै
पोखिए तिम्रा नजर ,
अनगिन्ती सुरम्य सुन्दर
हिमालका ताँतीहरूमा,

इँवा

सेसेलुङ जस्तै अग्लो
सुदुर ईतिहासलाई
तिम्मुको ढाका टोपी ओडेर,
तल कावेली, तमर हुँदै
सप्तकोशीबाट समुन्द्रसम्म
साम्राज्य फैलाएको ईँवा,
बस्तीहरूलाई ब्यूँझाउँदै
युग बोकेर बाँसी रहन्छ..

ए मुक्तिनाथ !

धेरै बर्षअघि तिमी आयौ मेरो आँगनमा
बास माग्यौ बस्नलाई बास दिए
दुई छाक खान गहारो थियो मलाई
त्यही बाडेर भाग लगाएँ
युद्ध लड्नु पर्छ मुक्तिको लागि भनेर
कति कति रातहरू सँगै लग्यौ
मुक्तिको लागि भन्दै मेरा छिमेकीहरू
यी हाम्रा दुश्मन भन्दै मार्न लगायौ

ShantiRamDhakal-02

तीन टुक्रा – लर्के जोवन …

१)
सानी थिई
आँखाकी नानी थिई
हुलुक्क बढिछे
मनमा थिई
बार्दलीबाट हेर्थी त्यो गोरीले
पोइल हिडिछे
खुत्रुक्कै पारिनी पातली मोरीले
भुईँमा झर्यो झम्के बुलाकी !

प्रभात तिमी चाँडै आऊ

मेरो हात अब कसैले नबाँध
म प्रभातलाई आउन पत्र लेख्दैछु
मेरो मुख पनि कसैले बन्द नगर
म अब प्रभातलाई बोलाउँदैछु
प्रभात तिमी आऊ है
यहाँ अँध्यारो भइरहेको छ
त्यहाँ अँध्यारो भइरहेको छ

फेसबुक वालमा एउटा मान्छे

ऊ अरूलाई चिन्दैन
ऊ अरूलाई मान्दैन
ऊ कसैको गल्ती पनि जान्दैन
(अरूको गल्ती जाने पनि बताउदैन)
फेसबुक वालमा एउटा मान्छे

अरू उसको तारिफ गर्छन्
अरू उसको प्रसंशा गर्छन्
लाइक गर्छन
कम्मेन्ट गर्छन्

अनौठो मानवता र प्रेम

रातो लालीगुराँसको त्यो फुलबारीमा
रातो रगतले मानिसको आल बनिरहेछ
आफ्नै फुलबारीको लालीगुराँस टिप्न पनि सक्दिन म
मानवतालाई लतार्दै गाडिएको खाडलमा
जीवन र मानवताको परिचय दिन पनि सक्दिन म

PushkalPoudel

सुकेको आँशु दुखेको मन

सुखमा हाँस्न जाने पनि
दुःखमा रुन भुलिसकेँ
हाँसो सधैँ रुन्चे हाँसो बन्छ
यो मनले दुःखमा रुनु पर्दैन भन्छ
थाहा छैन मलाई त यो मन
किन यति कठोर बन्छ ।।

म अनि यी कविताहरू

  • by

यी कविता रगत पच्छे छन्
यी कविताहरू दम र पक्षघातले पीडित छन्

यी कविताहरू अस्पतालको बेडमा भर्ना गरिएका छन्
तर डाक्टर छैनन्
डाक्टरहरू आन्दोलनमा छन् या त
बेतलबी बिदामा छन्