१)
नयनमा तिमी सजाएको धेरै भो
बसि एकान्तमा टोलाएको धेरै भो
कसै गरी सक्दिन् प्रेम प्रस्ताव राख्न
मनका कुरा भन्न डराएको धेरै भो
२)
बाझो धर्ती हराभरा बनाए पनि
मरुभूमिमा मोती फलाए पनि
धौ-धौ हुन्छ हात मुख जोर्न
अहोरात्र पसिना बगाए पनि
दीपक पाण्डेय ‘दीपु’
बैतडी
हाल महेन्द्रनगर