१)
तिम्रो साथ पाएँ आज हाँस्न मन लाग्यो
रोदी घरतिर गई मलाई नाच्न मन लाग्यो
कहिलेकाही जिन्दगीमा खुसी मिल्दो रैछ
हाँसी खुसी तिमीसँगै बाँच्न मन लाग्यो ।
२)
सपनीमा तिम्रै दिलको मझेरीमा आउन मन छ
सधै भरि बिपनीमा तिम्रै गीत गाउन मन छ
आकास पाताल जहाँसुकै गए पनि जाँदै गर
जिन्दगीमा तिमीसँगै मायापिर्ती लाउन मन छ ।

सुन्दर मुक्तकहरु । लेखिकाकाे
सुन्दर मुक्तकहरु । लेखिकाकाे कलम निकै नै माझिएकाे देखिन्छ । अझै लामा रचनाहरु तिर पनि प्रयास गरेको देख्न चाहन्छन् पाठकहरु ।