एक)
उसले मलाई गाली गरी, मोरो भनी गाँठेपछि
कसरी म विश्वास गँरु, आफ्नै भनी ढाँटेपछि
के हो चलन यो मायाको, बुझ्नै गाह्रो भयो अचेल
माया गर्छु तिमीलाई भनी, मन मुटु साँटेपछि
न पाइप गयो न त ग्यास गयो
न जल्यो चुलो न त सास गयो
जब हान्दै तुक्का लाज पचाइ
फर्के घरमा तब बिस्वास गयो
__ __ __ __ __ __ __ __
पुग्दै न पुग्ने पनि बोली हुन्छ???
चरा नमार्ने पनि गोलि हुन्छ???
उनी भन्छन म छु के चिन्ता गर्छौ??
आज रात कुर सब भोलि हुन्छ।।।
हिमाल जस्तै हाँस्ने भए हिउँको चिसो थाम्नु पर्छ
चिसो थाम्दै हिउँ बोकेर उल्टै क्षितिज डाम्नु पर्छ
चिसो थाम्दै क्षितिज डाम्दा ख्याल गर्नु पर्ने कुरा
दुनियाँलाई हँसाई राख्न आफ्नै नाडी छाम्नु पर्छ
कहिले पुरै देखिएर हिड्नुपर्छ जून जस्तै
कहिले पुरै छेकिएर हिड्नुपर्छ जून जस्तै
सँधै – सँधै जिन्दगीको बाटो उस्तै हुन्न र त
कहिले पुरै मेटिएर हिड्नुपर्छ जून जस्तै
खडेरीले गर्दा यी डाडा काडाहरु, सुक्लान भन्ने चिन्ता
सारा युवा गरीबीले गर्दा, खाडी मुलुक पुग्लान भन्ने चिन्ता
पढेर नी गतिलो जागिर पाईन्न, यो वर्तमान परिवेशमा
गिट्टि वालुवा चालु भने, यी हातहरु दुख्लान भन्ने चिन्ता