एक)
उसले मलाई गाली गरी, मोरो भनी गाँठेपछि
कसरी म विश्वास गँरु, आफ्नै भनी ढाँटेपछि
के हो चलन यो मायाको, बुझ्नै गाह्रो भयो अचेल
माया गर्छु तिमीलाई भनी, मन मुटु साँटेपछि
दुई)
चोखो माया गर्छु म त ठट्टा गर्न जान्दिन म
प्वाँखलाई उडाउँछ्यौ रे झूटो कुरा मान्दिन म
बिदुर भन्छु तिमीलाई प्वाँख लाउने भैछ्यो अरे
मलाई छोडी अन्तै माया गर्छ्यौ भनी ठान्दिन म
लोकराज अवस्थी ‘कञ्चन’
रेडियो अमरगढी ९७.४ मेगाहर्ज डडेल्धुरा
