Skip to content

व्यक्तित्व समीक्षा

निबन्धकार रामलाल अधिकारी

  • by

रामलाल अधिकारी नेपाली साहित्यका बहुमुखी प्रतिभाका रूपमा सुपरिचित छन् । उनले साहित्यका धेरै विधामा कलम चलाएका छन् । रामलालको जन्म वि.सं. २००३ साल असोज २८ गते भारतको दार्जिलिङमा भएको थियो । उनका बुबाको नाम भक्तिप्रसाद शर्मा अधिकारी र उनकी आमाको नाम मनमाया शर्मा अधिकारी हो । उनका बुबाआमाका छ जना छोरा र चारवटी छोरीमध्ये उनी जेठा छोरा हुन् ।

उहाँको त सुर हरायो, हाम्रो नि !

  • by

फणिन्द्रराज खेताला यतिखेर मान्छे चिन्नु हुन्न, पहिले उहाँलाई धेरै मान्छेले चिनेनन्, अहिले उहाँ कोही पनि चिन्नुहुन्न, आफ्नै परिवार पनि । फरक यति हो सुर हराएपछि उहाँले अरूलाई चिन्न छाड्नुभयो, अरूले सुर नहराउँदा पनि उहाँलाई चिन्न सकेनन् । कुरो उही हो, हामी समयमै मान्छे चिन्न सक्दैनौँ, चिने पनि बूढो भएपछि, अस्पताल पुर्‍याएपछि, पशुपति लगेपछि मात्र मान्छे चिन्छौँ हामी । मान्छेका नाममा भीड जम्मा भएपछि सही मान्छे चिन्न नै कहाँ सकिन्छ र ?

‘गाउँछ गीत नेपाली’लाई पन्चान्नब्बे प्रतिशतले रोज्नेछन्

  • by

उहाँको घरमा भेट्न जाँदा तल्लो तल्लाको वैठक कक्षमा प्रतीक्षारत रहँदा सबैभन्दा पहिले सीसाको फ्रेमभित्र सजिएका हिउँजस्तै सेता अर्धकदका माधव घिमिरेसँग जो कोहीको पनि पहिलो साक्षात्कार हुन्छ । कमलनेत्र छुनामुना स्कुलका हेडमास्टर डीवी लामाले आफैँले बनाएको अर्धकदका माधव घिमिरेलाई उहाँको पचासीऔँ शुभजन्मोत्सवका अवसरमा उपहारस्वरूप प्रदान गरेका रहेछन् ।

रमेश विकलको जीवनयात्रा र योगदान

  • by

नेपाली आख्यान क्षेत्रका मूर्धन्य व्यक्तित्व रमेश विकल स्थानीय जमिन्दार वर्गको सम्पन्न ब्राहृमण परिवारमा जन्मेर, हुर्केर पनि अग्रगामी चेतना बोकेका अग्रणी प्रगतिशील साहित्यकार हुन् । २००६ सालमा ‘शारदा’ पत्रिकामा प्रकाशित ‘गरिब’ कथाबाट सार्वजनिक साहित्यिक यात्रा प्रारम्भ गरेका विकलले छ दशक लामो साहित्यिक यात्राका क्रममा कथा, उपन्यास, नाटक, एकाङ्की, निबन्ध, बालसाहित्य र संस्मरणहरू लेखेर सङ्ख्यात्मक र गुणात्मक दुवै हिसाबले नेपाली साहित्यमा महत्त्वपूर्ण योगदान दिएका छन् । कहिलेकाहीँ कविता लेखे पनि विकलको साधनाको मूल विधा गद्य र त्यसमा पनि आख्यान नै हो । उनका कथासङ्ग्रह-७, उपन्यास-४, नाटक-एकाङ्की-५, यात्रासाहित्य-२, आत्मसंस्मरण-२, व्यङ्ग्य निबन्धसङ्ग्रह-१, बालसाहित्य सङ्ग्रह २३ र अनूदित-७, गरी जम्मा ५१ भन्दा बढी कृतिहरू रहेका छन् । उपर्युक्त कृतिबाहेक सङ्कलित हुन बाँकी उनका थुप्रै फुटकर रचनाहरू पत्रपत्रिकामा प्रकाशित छन् ।

कविशिरोमणिको अर्घौं ‘ठूलाकोट’

सङ्गातीसित रङ्गिँदै ….म कहिले पुग्थें ‘ठूलाकोट’मा
कैले संथर फाँट टारहरूका चित्रे घना गोंठमा,
जान्थ्यो दृष्टि जता उतै प्रकृतिको मुस्कान राम्रो थियो
जसमा बाल्यविकासको मधुरिमा स्वर्गीय हाम्रो थियो ।

नेपाली साहित्यका कविशिरोमणिको यो कैशोरकालीन स्मृति हो, सामाजिक यथार्थ चित्रण हो । कविज्यूको जीवनयात्रा उत्तरार्द्ध (वि.सं. २०२०) तिरको प्रस्तुत स्मृति रचनाअन्तर्गत एकातिर उहाँको बाल्यकालीन जीवन आलोक प्रदान गर्ने आधार बुझिन्छ भने अर्कोतिर यो ऐतिहासिकस्थलको सङ्केत गर्ने साधन पनि बनेको छ ।

सम्झना : गोविन्दबहादुर गोठाले

  • by

तीन वर्षअघि बानेश्वरस्थित गुरुकुल परिसरमा प्रसिद्ध साहित्यकार गोविन्दबहादुर मल्ल गोठालेको प्रतिमा अनावरणमा साहित्यानुरागीहरूले उनको दीर्घायुको कामना गरेका थिए। तर, नेपाली साहित्यको मूल बाटो खन्नकै लागि जन्मे झैं लाग्ने गोठालेले पनि अरूले जस्तै मृत्युलाई सँगै लिएर आएका थिए। २७ मङ्सिर २०६७ मा काठमाडौंमा गोठालेको देहावसान भएपनि नेपाली वाङ्मयले उनले बाँचेको सार्थक जीवनलाई सम्झिरहने छ, जसको उनी मूल खम्बा बनेका छन्।

मरेर गएपनि बाँचिरहने स्रष्टा विकल

  • by

नेपाली साहित्य जगत्का चम्किला ताराको नाम हो रमेश विकल । उनले नेपाली साहित्यको भण्डारमा कथा, उपन्यास, नाटक, बालसाहित्य, ब्यङ्ग्य निबन्ध गरी चार दर्जनभन्दा धेरै कृतिहरू भरेका छन् । उनले विश्वप्रसिद्ध व्यक्तिका पुस्तक तथा रचनाहरू पनि अनुवाद गरेका छन् । उनी सफल लेखक, अनुवादक साथै राम्रा चित्रकार तथा कुशल बाद्यवादक पनि थिए । उनी आफ्नो गाउँठाउँदेखि राष्ट्रियस्तरमै समाजसेवीको रूपमा पनि परिचित थिए ।

व्यक्तिसँगै सकियो एउटा युग

  • by

नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा राखिएको गोविन्द ‘गोठाले’को शव नाटककार ‘गोठाले’को नाटककार व्यक्तित्व सम्झाइरहेको थियो । वरपर प्रायः साधारण मान्छेका घर नदेखिने प्रतिष्ठानको प्राङ्गणमा वल्लो घर, पल्लो घरको झ्यालबाट कमैले मात्र हेरे होलान् । भाषा साहित्यलाई पे्रम गरेर मृत्यु पर्खने उहाँको कथाजस्तै प्रेम र मृत्यु उहाँ एउटा दिएर अर्को लिएर जानुभयो । भुसको आगोजस्तो दिन प्रतिदिन भित्रभित्रै कमजोर हुँदै गएका हामीले दोष कसैको छैन भनेर आत्मसन्तोष गरे मात्र हो । ‘गोठाले’को व्यक्तित्व र उहाँप्रति हामीले गरेको व्यवहार सम्झौं त एकै छिन । एउटा विराट व्यक्तित्व अस्वस्थ भएर १० दिनसम्म अस्पताल भर्ना गरिँदा पत्तोसमेत पाएनौँ हामीले ।

उहिलेका देवीप्रसाद अहिलेका डी.पी.

  • by

कमरेडहरूले नाम परिवर्तन गरेपछि आफ्नो पुरानो नाम भुसुक्कै बिर्सिएर अङ्ग्रेजी नामबाटै परिचित हुन थाल्नुभयो उहाँ पार्टीमा । पार्टीका साथीहरूले राखिदिएको नाम साहित्यमा पनि रहन पुग्यो । झण्डै साढे ६ दशकअघिको कुरो यो । यतिखेर उहाँलाई राजनीति र साहित्य दुवै क्षेत्रले पछिल्लो नामबाट समेत बिर्सन थालेको छ ।

उहाँ हाम्रो देशका ठूला कवि

  • by

म १८ वर्षको छँदा २०१६ सालमा मेरी फुपूको मुखबाट निस्केको वाक्यांश आज म ७० वर्षको हुँदा पनि मेरो कानमा गुञ्जँदैछ, ‘उहाँ हाम्रो देशका ठूला कवि!’

कुरा ०१६ भदौको दोस्रो/तेस्रो सातातिरको हो। एकदिन बिहान ८/९ बजेतिर पशुपतिको दर्शनपछि त्यहाँ नजिकै देवपत्तनमा कविप्रसादको ‘हरेराम कुञ्ज’मा फुपूलाई भेट्न गएको थिएँ।

देवकोटाले ‘कमलमणि डजन्ट लिसन टु मी’ भनेको छोडेँ

  • by

”मान्छेको रगतमा दुई कोशिका हुन्छन्-राता र सेता । आर.बी.सी. र डब्लू.बी.सी. । मेरो रगतमा चाहिँ अर्को एउटा कोशिका पनि पसेको रहेछ-एन.बी.सी. । त्यो भनेको नेपाली भाषा कोशिका हो । आर.बी.सी.को कमी भयो भने मान्छे सुकेर मर्छ अरे । डब्लू.बी.सी.को अनुपातमा कमबेसी भयो भने मान्छे क्यान्सर भएर मर्छ भन्छन् । मलाई के लाग्छ भने मेरो रगतबाट चाहिँ त्यो एन.बी.सी. निकालिदियो भने ‘हार्ट एट्याक’ हुन्छ कि मलाई ।”

नेपालीका महाकवि लक्ष्मीप्रसाद देवकोटा

  • by

नेपाली भाषका महाकवि लक्ष्मीप्रसाद देवकोटाको शतवाषिर्की समारोह धुमधामका साथ मनाइनु सर्वथा स्वाभाविक हो । उहाँ बहुमुखी प्रतिभासम्पन्न साहित्यकार हुनुहुन्थ्यो । उहाँका साहित्यिक रचना असङ्ख्य छन् । उहाँद्वारा सिर्जित केही रचना अझै अप्रकाशित छन् । शतवाषिर्की समारोहको समयावधिमा उहाँका अप्रकाशित कतिपय रचना प्रकाशन भए । यो उल्लेख्य र उदाहरणीय योगदान हुनसक्छ- नेपाली साहित्यको श्रीवृद्धिका लागि ।

महाकवि देवकोटाको सम्झना

  • by

अनार दाना दाँतका लहर खोलेर हाँस न
तिमीले हाँसे म हाँक्न सक्छु इन्द्रको आसन ।

प्रसिद्ध खण्डकाव्य मुनामदनको मार्मिक पङ्क्ति हो यो । वैदेशिक रोजगारीका लागि मदन धन कमाउन ल्हासा जाँदा आफ्नी प्रेयसी मुनालाई सान्त्वना दिन र हाँसोपूर्ण बिदाइको आग्रह यसमा गरिएको छ । अहिले मात्र होइन करिव ७५ वर्ष अगाडि मुनामदनको रचनाकालमा पनि नेपालीहरू वैदेशिक रोजगारीमा जान्थे भन्ने दह्रो साहित्यिक प्रमाण पनि हो यो ।

काँधैमा महाकवि

  • by

‘महाकवि लक्ष्मीप्रसाद देवकोटा यही बस्थें, भौतारिँदै कविता लेख्थे अनि एक पैसामा बेच्थे,’ झन्डै चार वर्षअघि बनारसको दुर्गाघाटमा भेट हुँदा सह-प्राध्यापक डा.दुर्गाप्रसाद अर्यालले भनेका थिए, ‘सम्भव भएसम्म यता (बनारसमा) महाकविको सालिक बनाउने कोसिस गरिरहेका छौं ।’

सर्वश्रेष्ठ कविका प्रतिनिधि कृति

प्रत्येक वर्ष लक्ष्मीपूजा नजिक आउँदा हामी महाकवि लक्ष्मीप्रसाद देवकोटालाई सम्झन पुग्छौं । यो दिन उनको जन्म दिन हो । वि. सं. १९६६ कात्तिक २७ गतेको यही दिन अर्थात् लक्ष्मीपूजाको दिन उनको जन्म भएको थियो, काठमाडौंको डिल्लीबजारमा । त्यसैले यो दिन हामी धनसम्पत्तिको अधिष्ठात्रीदेवी लक्ष्मीको पूजाआराधनाका साथसाथ लक्ष्मीजयन्ती वा देवकोटा जयन्ती पनि मनाउँछौं ।

एक थिए देवकोटा

  • by

महाकवि लक्ष्मीप्रसाद देवकोटामाथि उनको जन्मको एक शताब्दीपछि केही लेख्नु एक अर्थले उपभोक्तावादी समाजमा चुर्लुम्म डुबेर महात्मा गान्धीमाथि लेख्नुजस्तै हो । शंका छैन, देवकोटा नेपाली साहित्याकाशका महान् कवि हुन् र उनमाथि राष्ट्र र जनता दुवैले ‘महाकवि’ को दोसल्ला ओढाएका छन् । हुन पनि विरलै फोटो खिचिने देवकोटाकालीन युगमा उनको छविलाई स्मरण गर्दा ती एकाध तस्बिरहरू मानसपटलमा आइपुग्छन्, दोसल्ला (वा दोलाइ) ओढेको वा अर्नेस्टो चे ग्वेभाराले क्युबन सिगार तानेझैं उनले फूलमार चुरोटको सर्को लिँदै गरेको ।

युगकवि देवकोटा

  • by

विराट काव्य प्रतिभाका धनी विश्वका नै एउटा महान प्रतिभा, महाकवि देवकोटा (वि.सं. १९६६-२०१६) प्रजातन्त्रप्रेमी, परम राष्ट्रवादी तथा मानवतावादी कवि हुनुहुन्थ्यो । नेपाली काव्य साहित्यका सगरमाथा महाकवि देवकोटा हाम्रा राष्ट्रका गौरव हुनुका साथै अन्तर्राष्ट्रिय साहित्य जगत्का एक प्रतिभाशाली विद्वानको रूपमा चिनिने एउटा प्रख्यात विभूति ।

उपन्यासको पात्रजस्तै जीवन

  • by

‘अन्त्यपछि’ बाट थालिएको यात्रा ‘अप्रिय’ सम्म आइसक्दा पनि उत्तिकै ‘प्रिय’ उपन्यासकारको पहिचान बनाउनुभएको छ उहाँले । २४ वर्षको उमेरमा २४ सालमा पहिलो उपन्यास छापिएपछि ६७ वर्षको उमेरमा ६७ सालमा उहाँको २५ औँ उपन्यास प्रकाशित भइसकेको छ । चारवटा संयुक्त उपन्याससमेत २५ वटा उपन्यास लेख्न सक्ने, त्यो पनि एकपछि अर्को उत्कृष्ट उपन्यास ।

फगत एक नजरमा ..हरिप्रसाद रिमाल

  • by

रङ्गमञ्च फेरिएको छ । दृश्य फेरिएको छ, तर पात्र उही । दैनिक मञ्चन हुने नाटकका दुई पात्र छन्, निरन्तर ५३ वर्षदेखि निरन्तर । बिहान ६ बजे सुरू भएको रङ्गमञ्च राति १० बजेसम्म चल्छ । दर्शकविहीन रङ्गमञ्चमा सम्वादभन्दा बढी मौनता छ । उनीहरू आँखाले सम्वाद बोल्छन् । मनले अभिनय गर्छन् । ८६ वर्षे नायक भन्छन्-“बूढेसकालमा तिमी नै मेरी प्राण-प्रेमी, डाक्टर, नर्स र सबैसबै ।” नायिकाले भन्छिन्-“तिमीविना मेरो जीवन निरस-निरस छ । दैवले जुराई दिएको जोडी हो हाम्रो ।”

म अमेरिकी थामी

  • by

मार्टिन चौतारीको सानो हल । भुइँमा हरियो रङको कार्पेट । त्यस माथि स-साना पिर्के चट्टाचकटी । चट्टा माथि पलेटी कसेका २५-३० जना जति थामी । अगाडि छ, सेतो पर्दा । प्रोजेक्टरको सहायताले पर्दामा दृश्य दौडिरहेको छ । त्यही दृश्य हेर्न मग्न छन्, पलेँटी कसेका सबै थामी ।