‘गोर्खेको साहित्यप्रतिको उदारता र सद्भाव’

KapilAgyat


ऋषिप्रसाद लामिछानेको साहित्यिक नाम गोर्खेसाइँलो हो । राष्ट्रिय भावनाले ओतप्रोत भएर गोर्खे र जन्मक्रमले साइँलो नभए पनि ठेट नेपालीपन जनाउने क्रममा साइँलो भएर उनले आफ्नो साहित्यिक उपनाम गोर्खेसाइँलो राखेको हुनु सम्भव छ ।

वि.सं.२००९ भाद्र १० गते सोमबार ऋषिपंचमीको दिन दिनको २ः३० बजे पिता बोधनाथ लामिछाने माता हिमकुमारी लामिछानेको कोखमा पश्चिम १ नं. नुवाकोट चतुराले गा.वि.स.४ थर्पुगाउँमा उनको जन्म भएको हो । हाल उनको बसोबास चितवनको भ.न.पा.४ विशालमार्ग नारायणगढमा पर्दछ । यतिबेला उनी घरको धुरीमा पल्लव साहित्य प्रतिष्ठान को बोर्ठ टागेर तीनपुस्ते बृहद् परिवारका बीच गेट नजिकै शेरजत्रो कुकुर बाधेर मूलद्वार नेरैको एक कक्ष नेपाली भाषासाहित्यका पुस्तकहरूले भरिभराउ गराई तथा भित्ताहरू सहिद र स्रष्टाहरूका तस्वीर एवम् आफ्ना पदक सम्मान र पुरस्कारले सजाएर अतिथि कक्ष एवम् कम्प्युटर कक्षसमेत त्यसैलाई मानी इमेल-इन्टरनेटसमेत जडान गरेर साहित्य-साधनामा रमाइरहेका छन् । साहित्यको सन्दर्भ र प्रसङ्ग लिएर जोकोही उनीसग भलाकुसारी गर्न सक्ने अचेल उनको घर नै एक साहित्यिक चौतारी भएको छ । पूर्व आसाम दार्जीलिङदेखि पश्चिम महाकालीसम्मका नेपाली भाषासाहित्यका अनुरागीहरू उनको घर साहित्यिक मन्दिर सम्झी प्रवेश गरे आफू पुजारी झैँ बनी प्रसाद खुवाउनमा धन्य हुने उनको परिवारसमेत उनको इच्छा आकाङ्क्षा र योजनामा रमाइरहेको देख्न सकिन्छ । साहित्यप्रति यति ठूलो सद्भाव र उदारता अनेत्र कुन व्यापारीका घर-आगनमा देख्न पाइन्छ ।

२०२२ सालमा शान्ति शिक्षा मन्दिर साउनेपाटी काठमाडौमा विद्यार्थीको दुःख भन्ने कवितामा प्रथम पुरस्कारबाट पुरस्कृत भएर साहित्यिक लेखनमा प्रवेश गरेका उनी कविता कथा गजल लघुकथा निबन्ध हाइकु र समीक्षाजस्ता विविध विधामा कलम चलाइरहे पनि विशेषतः गजल लेखन र गजलको सैद्धान्तिक शोधखोजमै बढी चर्चित हुन पुगेका छन् । अहिलेसम्म उनका प्रकाशित कृतिहरूको क्रम यसप्रकार छ ।

१ गजलपथका यात्रीहरू गजलसङ्ग्रह संयुक्त लेखन २०६१
२ गजलबिम्ब गजलसङ्ग्र संयुक्त लेखन २०६२
३ सम्मोहन गजलसङ्ग्रह २०६२
४ मुस्कान सूत्रसहितको बहरमा आधारित गजलसङ्ग्रह २०६२
५ सूत्रमाला सूत्रसहित बरहकै गजलसङ्ग्रह २०६३
६ कादम्बरी सूत्रसहित शास्त्रीय छन्दका कवितासङ्ग्रह २०६३

ठट्यौलो पारा खुलस्त चाला केही हडबड केही रङ्गीन मिजासका गोर्खे इष्टमित्र साथीभाई भनेपछि हुरुक्क हुने गर्छन् तर कही कसैसग लोलोपोतो राख्दैनन् । सुखदुःखका सहभागी अत्यन्त हितैषी र त्यत्तिकै उदार स्वभावका देखिन्छन् । वयस्क उमेरमा पनि बैसालु तान भर्न सिपालु आफ्नै हिम्मत र जोशको पाइन देखाउन खप्पिस गोरो वर्ण चाचले नयन मायालुहरूको सम्झनामा सुसेली हालेझै झिल्के अनुहार खुलेको दिधार जुल्फीले सजिएको निधार अपरिचितहरूका निम्ति पनि परिचित हुने उत्सुकता जगाउछन् । उनको त्यो चुम्बकीय व्यक्तित्वले हरकसैलाई छिटो आकर्षित गर्छ । सानैदेखि साहित्यिक अभिरुचि भए पनि व्यावसायिक व्यस्तता एवम् अनेक झै-झमेलाले गर्दा खुलेर लाग्न नपाएको धोको अहिले पूरा गर्न थालेका छन् । उनले विगतमा निकै दुखजिलो गर्नुपरेको थियो काम र दाम सिलोझै खोज्नुपरेको थियो । यो कुरा उनी भावुक भएर बताउछन् । हातमुख जोर्न कठिनतम सङ्घर्ष गर्नुपर्दा वसन्तले पचासौ पटक पालुवा फेरिसकेको पनि उनलाई पत्तै भएन । मनका भावना मनैमा रहे अहिले भने भावनाका मुना पालुवा झोलामा बोकेर हिड्न पाउदा औधि सन्तुष्ट देखिन्छन् । कहिले कताको गोष्ठी कहिले केकेको विमोचन कहिले कसको सम्मान कहिले कसको आयोजनामा साहित्यिक वनभोजजस्ता कार्यक्रमहरूमा उनलाई जानआउनकै हतारो तथा नियत समयमा आफ्नै कृति र पत्रिका प्रकाशनको चटारो देखिन्छ । यसरी उनको दिनचर्या नै साहित्यमय भएर बितेको पाइन्छ ।
कतै कुनै संस्थाको सदस्य कतै आजीवन सदस्य कतै कुनै संस्थाको सकि्रय सदस्य र कतै संस्थापक सदस्य भएर उनले कैयौ संस्थासग आफूलाई संलग्न राखेका छन् । उनी आफैले उल्लेख गरेका साहित्यिक संस्थाको विवरणक्रम यसप्रकार छ ।

संस्थापक अध्यक्ष- पल्लव साहित्य प्रतिष्ठान नारायणगढ चितवन
अध्यक्ष- गजल-माच चितवन भरतपुर चितवन ।
संस्थापक उपाध्यक्ष- छन्द बचाऊ अभियान चितवन-नवलपरासी शाखा ।
कार्यसमिति सदस्य- अभिव्याजना साहित्य प्रतिष्ठान चितवन – २०६५–६८ कार्यसमिति सदस्य- चितवन साहित्य परिषद् भरतपुर चितवन – २०६६–६८
कार्यसमिति सदस्य- साहित्य पत्रकार सङ्घ चितवन – २०६६–६८
सल्लाहकार रहेका संस्थाहरू
– नुवाकोट साहित्य परिषद बट्टार नुवाकोट
– कोशिश साहित्यिक मासिक चितवन
– धरा मासिक साहित्यिक पत्रिका नवलपरासी ।
– गाउले अर्धवार्षिक साहित्यिक विविध चितवन ।
– महिला साहित्यिक माच नवलपरासी ।
केन्द्रिय पार्षद – अन्तराष्ट्रिय साहित्य महासङ्घ ।
आजीवन सदस्य – वाणी प्रकाशन सहकारी संस्था लि। विराटनगर ।
– चितवन साहित्य परिषद् भरतपुर चितवन ।
– रामेश्वर पुस्तकालय तथा वाचनालय क्षेत्रपुर चितवन ।
– पर्वत साहित्य सङ्गम कुस्मा पर्वत ।
– नवमाधुरी साहित्य प्रतिष्ठान कुस्मा पर्वत ।
– राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल
– नुवाकोट साहित्य प्रतिष्ठान बिदुर- ३ बारहीमार्ग नुवाकोट ।
– जनमत साहित्य मासिक – काभे
– स्याङ्जा साहित्य प्रतिष्ठान – स्याङ्जा
सदस्य – अभिव्याजना साहित्य प्रतिष्ठान चितवन ।
– नेपाल रेडक्रस सोसाइटी चितवन
– नेपाल क्षयरोग निवारण संस्था चितवन
– नेपाल अर्बुद रोग निवारण संस्था चितवन
– नेपाल ह्दयरोग निवारण संस्था भरतपुर
– नेपाल परिवार नियोजन सङ्घ भरतपुर

साहित्यका साथै अन्य कैयौ सामाजिक संस्थासग पनि उनको सम्बद्धता छ । सामाजिक संस्थामा पनि उनी साहित्यिक प्रतिनिधिको हैसियतले सकि्रय भइरहेका देखिन्छन् ।
साहित्यिक गतिविधिलाई तीव्र तुल्याएर साहित्यिक उन्नयनमा समर्पित व्यक्ति भएका कारण उनी मितज्यू साहित्य प्रतिष्ठानबाट स्रष्टा सम्मान लगायत केही साहित्यिक संस्थाबाट सम्मानित समेत भइसकेका छन् ।

यसै क्रममा घिमिरे ऋद्धिरमण कादम्बरीको सुगन्ध गरिमा वर्ष २५ अङ्क १० पूर्णाङ्क २९८ असोज २०६४ पृ. १२०-१२१ ।
देवकोटा विमलप्रकाश कृति समीक्षा – सम्मोहन रचना वर्ष ४५ पूर्णाङ्क ८५ भदौ-असोज २०६२ पृ. ६४-६७ ।
पल्लव साहित्यिक पत्रिका अङ्क १ देखि १४ सम्म ।
बूढाथोकी वियोगी तीन कृति एक दृष्टि शिवपुरी सन्देश वर्ष १३ पूर्णाङ्क ३७ साउन-असोज २०६४ पृ. २९-३६ ।
महतो उत्तम दुःखी पुस्तक परिचय – मुस्कान गजलसङ्ग्रह हिमायती वर्ष ३ अङ्क १ कार्तिक-पौष २०६३ पृ. ८ ।
सिग्देल देवी शास्त्रीय बहरका गजलहरू मधुपर्क वर्ष ४० अङ्क ७ पूर्णाङ्क ४६२ मङ्सिर २०६४ पृ. १५ ।
क्षेत्री बिबु कृति परिक्रमा – सम्मोहन शिवपुरी सन्देश वर्ष ११ पूर्णाङ्क ३० पौष २०६२ पृ. ५७ ।
वेभसाइट
www.majheri.com

– भरतपुर-१२ चितवन

चितवन साहित्य परिषद– २०६७ को पेज नं १२७–१३२ बा६ सभार गरिएको ।, स्रष्टाबिम्व: व्यक्तित्व आरेख भाग – १

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

1 thought on “‘गोर्खेको साहित्यप्रतिको उदारता र सद्भाव’”

  1. गोर्खे दाजुको कृतित्व, व्यक्तित्व
    यस लेख मार्फत गोर्खे दाजुको कृतित्व, व्यक्तित्व र जीवनीका बारेमा संक्षिप्त र गहन जानकारी प्रदान गर्नु भएकोमा कपिल अज्ञातज्यूलाई धेरै धन्यवाद /
    शरण आँसु

Leave a Reply

Your email address will not be published. Required fields are marked *