साहित्य र राजनीतिलाई सँगैसँगै समन्वयात्मक ढङ्गले अघि बढाउन चाहने कवि केदारमान व्यथितको जन्म वि. सं. १९७१ साल कार्तिक शुक्लपक्ष त्रयोदशीका दिन सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती नदी किनारको गाउँ बाँसबारी बाहुनेपाटीमा भएको हो । सानैमा पिताजीसँग काठमाडौँ आउनुभएका व्यथितको औपचारिक शिक्षा नेपाली तीन पास मात्र हो, तर उहाँमा जन्मजात कवि-प्रतिभा थियो र त्यसलाई उहाँले स्वाध्ययन र साधनाले उकास्नुभयो । सारांशमा उहाँ आˆनो निर्माण आफैँले गर्नुपर्छ भन्ने विचारका व्यक्ति हुनुहुन्छ ।
उहाँमा सुषुप्त राजनीतिक चेतनाको प्रथम प्रस्फुरण वि.सं. १९९४ सालमा भएको भेटिन्छ । १९९४ सालमा काठमाडौँ धरहरानिरको सुन्धारामा नुहाउन जाँदा आˆनो पालो मिचेर एकजना राणा परिवारका बाबुसाहेबले नुहाउने दुस्साहस गर्दा त्यसबाट परेको चोटले ‘यहाँ क्यै गर्नुपर्छ’ भन्ने पहिलो विद्रोही भावना उहाँको मनमा पैदा हुन गयो । यस्तैमा उहाँको परिचय शुक्रराज शास्त्रीसँग भयो । फलस्वरूप उहाँहरूको संयुक्त प्रयासबाट खोलिएको ‘नेपाल सेवा समिति’ मार्फत् जनसेवा गर्दै आएर त्यसैलाई पछि राजनीतिक रूप दिई ‘नेपाल नागरिक अधिकार समिति’ को गठन गरियो । यसमा व्यथितले सङ्गठन मन्त्री भएर काम गर्न थाल्नुभयो । यतिखेरका जागृत नवयुवक व्यथितका सामाजिक-राजनीतिक क्रियाकलापहरू राणाशासन विरोधी थिए । त्यसैले तत्कालीन राणा शासनले १९९७ साल -२६ वर्षको उमेर) मा उहाँलाई विद्रोही घोषित गरी अंश सर्वस्वसहित १८ वर्षको कारावासको सजायँ दियो । त्यसबेला जेलभित्र अकथनीय अत्याचार सहेर पनि गङ्गालालले फाँसी चढ्नु एकदिनअघि चुरोटको बट्टामा लेखेको वीरताको हुङ्कारले भरिएको कविताबाट प्रेरणा पाई कालकोठरीको अत्याचार सहन मुटु दरिलो पार्दापार्दै पनि सहनै नसकेपछि व्यथित १९९९ सालमा जेलसुधारको माग राखी २१ दिनसम्म अनशन पनि बस्नुभएको थियो । यसप्रकार व्यथित जेलजीवनको अनुभवले नै उहाँले ‘व्यथित’ उपनाम अँगाल्नुभएको बुझन्िछ ।
व्यथितले आˆनो जेलकालमा कविद्वय सर्वश्री चित्तधर ‘हृदय’ र सिद्धिचरण श्रेष्ठबाट प्रेरणा पाई नेपालभाषा र नेपालीमा कविता लेख्न थाल्नुभयो । २००२ सालमा उहाँ जेलमुक्त हुनुभएपछि जेलकालमा गरेको कविता-साधनाले उहाँलाई कवि बनायो ।
व्यथितले नेपाली र नेपालभाषाका साथै हिन्दीमा पनि निकै कविता लेख्नुभएको देखिन्छ । २००४ सालमा महाकवि लक्ष्मीप्रसाद देवकोटालाई साथै लिएर भारत प्रस्थान गरेलगत्तै व्यथितले नेपाली राष्ट्रिय काँङ्ग्रेस -कोइराला समूह) मा प्रवेश गर्नुभयो र त्यसको केन्द्रीय सङ्घर्ष समितिको सदस्यता ग्रहण गर्नुभयो । २००५ सालमा काठमाडौँ फर्केर उहाँले भूमिगत रूपमा पार्टीको काम गर्न थाल्नुभयो । यस्तैमा २००६ सालमा भारत जाँदा राणा सरकारको अनुरोधमा भारत सरकारले उहाँलाई बन्दी बनाई मोतीहारी जेलमा तीन महिना राखेपछि त्यहाँबाट पटना जेल चलान गर्यो । २००७ सालमा नेपालमा प्रजातन्त्रको उदय भएपछि भारतमा १८ महिनाको जेलयात्रा पूरा गरी उहाँ काठमाडौँ र्फकनुभयो । भारतको यही जेलकालमा व्यथितले नेपाली र नेपालभाषाका साथसाथै हिन्दीमा पनि निकै कविता लेख्नुभएको हो । आˆनो जेलकालमा हिन्दीका प्रसाद-पन्त-निराला र महादेवी बर्माजस्ता कवि-कवयित्रीको गहन अध्ययन गर्नु भएकोले नै होला उहाँका कवितामा तिनको अत्यधिक प्रभाव परेको पाइन्छ ।
व्यथितले आफूमा अन्तर्निहित कुशल सङ्गठनकर्ताको क्षमता वा खुबी केवल साहित्यिक क्षेत्रमा मात्र होइन, अपितु राजनीतिक क्षेत्रमा पनि उत्तिकै सफलतापूर्वक प्रदर्शन गर्नुभएको पाइन्छ । यसको एउटा ज्वलन्त उदारहणका रूपमा उहाँले जनकपुर काङ्ग्रेस अधिवेशनमा बी. पी. सँग विरोध परेपछि तत्काल नेपाली राष्ट्रिय काङ्ग्रेस परित्याग गरेर बालचन्द्रशर्माहरूको सहयोग लिई आˆनो अध्यक्षतामा नेपाली वामपन्थी काङ्ग्रेसको स्थापना गर्नुभएको प्रसङ्गलाई अगाडि सार्न सकिन्छ ।
माथि उल्लेख भएझैँ साहित्य र राजनीतिलाई सँगसँगै समन्वयात्मक ढङ्गले बढाउने व्यथित साहित्य क्षेत्रमा मूलतः रोमाण्टिक प्रगतिशील कवि ठहरिनुहुन्छ भने राजनीतिका क्षेत्रमा चाहिँ उहाँ सुरूदेखि अथवा भनूँ १९९४ सालदेखि २०१७ सालसम्म बहुदलीय संसदीय व्यवस्थाका पक्षधर र २०१७ देखि यता राजा महेन्द्रका अत्यन्त विश्वासिलो र भरपर्दा राजनीतिक सहयोगी रहँदै आउनु भएको देखिन्छ । यस्तै सुरूदेखि २०१७ सालसम्म उहाँ राजनीति र काव्य-साधना दुवैतिर समानरूपले संलग्न देखिनुहुन्छ भने २०१७ देखि यता उहाँ विशेषतः राजनीतिमा नै सक्रिय देखापर्नुहुन्छ । यसैगरी राजनीतिक होस् वा साहित्यिक, दुवैथरी भाषणमा उहाँको कवित्वमय ओजस्वी वाणी बडो प्रभावशाली हुने गरेको यस पङ्िक्तकार स्वयंले पनि बेलाबेलामा अनुभव गरेकै हो ।
उल्लेखित गुणहरू र विशेषताले गर्दा नै व्यथित २०११ सालमा त्रिभुवनद्वारा गठित सल्लाहकार सभाको सदस्य पदमा मनोनित हुनुभयो भने २०१३ सालमा महाकवि देवकोटाको अध्यक्षतामा गठित काव्य-प्रतिष्ठानको सदस्य बन्नुभयो अनि यसै साल दिल्लीमा भएको एसियाली लेखक सम्मेलनमा महाकवि देवकोटाको नेतृत्वमा भाग लिन गएको प्रतिनिधि मण्डलको सदस्यका रूपमा उहाँ पनि सहभागी बन्नुभयो । यसैगरी २०१९ सालमा शिक्षा सहायक मन्त्री हुनुभयो भने त्यसको केही महिनापछि नै निर्माण, सञ्चार तथा यातायात मन्त्री बनेर २०२३ सालसम्म सो पदमा कार्यरत रहनुभयो । यसैगरी २०२६ देखि २०३० सालसम्म उहाँ नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका कुलपति रहनुभयो भने २०३५ सालमा राजसभाका सदस्य बन्नुभयो । अनि २०३६ सालमा उहाँ गृहमन्त्री हुनुभयो । तर गृहमन्त्री भएको डेढ महिनापछि नै राजनीतिक कारणले गृहमन्त्रीको पदबाट राजिनामा गरी उहाँ घरै बस्नुभयो । यसपछि २०४६ सालको जनआन्दोलनको बेला उहाँले राजसभा सदस्यता पनि परित्याग गर्नुभयो ।
औपचारिक शिक्षाको हकमा केवल नेपाली तीन पास गरेका व्यथितले भनिएझैँ स्वाध्यायन र काव्यसाधनाद्वारा आफूलाई माथि उठाउँदै अथवा आˆनो निर्माण आफैँले गर्दैर् साहित्यका क्षेत्रमा जुन उल्लेखनीय योगदान गर्नुभयो र शिक्षा सहायक निर्माण, सञ्चार तथा यातायात गृहमन्त्रीसम्मको पद सम्हालेर नेपालको समसामयिक राजनीतिमा महìवपूर्ण भूमिका जुन निर्वाह गर्नुभयो त्यो अत्यन्त उदाहरणीय छ ।
