एउटा रुपको आगमन । थोत्रा खेलौना खेलिरहेकी नानीतिर आकर्षित हुँदै “सुन्दर छोरी रमाजी!” मोबाइलमा निमग्न रमा भन्छे, “मेरी छोरी त धाइको काखमा छे दिनेशजी ।”
“माफ पाऊँ,” दिनेश धाइको छातीमा टासिएकी नानीलाई हेर्दै थिई ।
एकदिन दुध खुवाइरहँदा भरखरै आएको पाहुनाले भन्यो, “धन्य रमाजी ! धाइकी छोरीलाई पनि आफ्नै जस्तो गर्नु हुँदो रहेछ ।”
त्यो दिनदेखि धाइ र उसकी छोरी रमाको उझिन्डो बन्दै गई । ऊभन्दा धाइ रुप परेकी हुनाले घुमौते मसिना व्यपारी त धाइलाई नै घरबेटी भन्थे । पश्चात धाइलाई कामबाटै निकाली, लोग्ने समेत धाइको सुन्दरतामा अल्झेको देखेर । धाइले जागीरबाट निकाले उसको श्रीमान औषधी व्यगर मर्ने दुखेसो पोखी तर आहारिसले अन्धी रमा मानिन ।
समयको खाप कटाइसँगै, रमा अस्पतालमा शिकिस्त छे दुर्घटनामा परेर । दुर्लभ ग्रुपको रगतको आवश्यक छ । आफन्त कसैसँग मेल नखाएपछि सामाजिक संजालमा उर्दी गरियो रगत दातासँग ।
रमाको होस आयो । सबैले भने “रमाजी पहिलो दृष्टिले आफ्नो जीवन दातालाई हेर्नोस ।”
रमाले आँखा खोलेर हेर्दा छक्क परी । उसकी अगति धाइको जीवन आफ्नो शुस्त जीवनमा प्रवेश गरेर बाँच्ने शक्ति प्रेशण गरिरहेको थियो ।
रमा आँखा छिम्लेर अतित छुन्छे । धाइ मालिकनी बँचेको खुशीमा मुस्कुराइरहेकी थिई ।
टंकबहादुर आलेमगर
२०७३ असोज ११ गते
उदयपुर
