कन्डक्टरले भने, “ल जुग्ले आयो । झर्ने छ कोही ?”
सुकेको स्वारमा भन्छु “अ दाइ रोक्दिनोस ।”
ल ल छिटो झर्नोस गाडी रोकियो । म त्यहाबाट उत्रिए मेरो गन्तव्य जहाँ भए पनि मेरो मन भन्दै थियो “यो बस नछोड ।”
मन त ठिक भनेको थिइस यार मैले त्यो बस पनि गुमाए र जीवनको बस पनि समात्न सकिन । सायद समात्न सकेको भए मेरो मनले चैनको सास फेर्न पाउथ्यो कि ? अनायसै उस्को तस्वीर जोडेर जीवनको हरेक प्रहरको यात्रा धमिल्याउन त पर्ने थिएन ।

थकान धेरै भोक कम होटेलमा पसे चिया र चुरोट अडर गरे । छ इन्चको चुरोटलाई पनि आफ्नै आयूसगँ समर्पित गर्दै लगे बीच बीचमा चियाको चुस्कि पनि छदै छ ।साला यो मन त बसमै छ अँझ सिट नं ए (छ), जहाँ कोही कोही थिए । एक मन धिक्कार पो लाग्यो कमसेकम नाम त थाहा पाउन पाएको भए त्यसलाई कहाँ छाड्थे र । फेरि मनले भन्छ “नाम थाहा नभएर के भो तैले उस्को तस्वीर लिने समय त पाइस नि” ठिक भनिस मन म त्यो पल गलत गरेको थिए र थिइन पनि ।
यतिकैमा चिया र चुरोट पनि सकिन्छ साला त्यो दिन त के भाको चियामा केही स्वाद नै थिएन अँझ भनु त चुरोट को कुनै प्रभाव भेटिन । कसैलाई मनमा सजाउन कुनै दिन वर्ष र साल कुर्नु नपर्दो रहेछ, देख्ना साथ आँखाँको साहायताले मुटुमा मुभ हुदो रैछ अनि मेरो मन पनि कस्तो म्यामोरि कार्ड जस्तो, पहिलो भेटका अनगिन्ती यादलाई सजिलै अटाउन सक्ने ।
हाम्रो सफर मात्र नौ किलोमीटरको लागि थियो, मिनीबसको यात्रा यात्रुको चाप अल्लि लम्बियो । त्यो पनि मज्जा लाग्यो ता कि त्यहा कोही थिए अरु बेला त्यही भीड देख्दा गाडी नै छाडेर जाऊ जस्तो लाग्थ्यो ।राम्री मान्छेसगँको यात्राको समयावधी लम्बिने भो मेरा हड्डी हाँस्न थाले ।
धत् यार भन्न बिर्सेछु ऊ बसमा नौडाँडाबाट चढेकि थिई । मलाई समय पनि याद छ २.१० बजे असार १९, २०६७ साल । भर थिएन मौसमको पानी कति बेलापर्ने हो तर मेरो मन पानी पानी चै अवश्य भएको थियो । मैले धेरै राम्रा मान्छे देखेको छु मेरो कलेजकी ब्यूटी जेनिदेखि लिएर बिश्बसुन्दरीसम्म तर म धेरै पछाडि रैछू, मैले त उस्लाई नै देखेको रहेनछु ।
मेरो सिटमा एउटा अपरिचित मित्र थिए अन्याथ म उस्लाइसँगै बस्ने अफर पनि गर्न सक्थे तर ऊ बसेको सिटमा त एक जनालाई ठाऊँ खाली थियो मलाई आफू बसेको सिट छाडी केटीसगँ गएर बस्ने हिम्मत कस्को बाउले जुटाइदियोस ।
यात्राको हाफ सेन्चुरी कटेपछि पनि ऊ बसेको सिट खाली भएको थियो । गाडीमा चिनेको मान्छे त कोही थिएन तर पनि मेरो औपचारिकताको ईज्जतले बाटो छेक्यो ।
ऊ बसेको सिटको झ्याल आधा खोलिएको थियो झ्यालबाट छिरेको हावा उस्को कपालसगँ दोहोरी खोल्थ्यो ऊ मिलाउथी र मतिर हेर्थी मलाई रमाइलो फिल हुन्थ्यो, उस्ले नहेरिदिएको भए पनि मलाई केही हुने थिएन । जाबा केटी कति हेरियो कतिले हेरे बाल मातलब तर त्यो हेराईमा केही विशेष थियो अनि केही फरक पनि ।
उस्का गाजलु अनि नसालु आँखाँले कर्के पारेर जब मतिर हेर्थी र आँखाँ जुधाउन खोज्थी तब हर प्रयासमा म नै फेल हुन्थे । उस्लाई हेर्दा एक किसिमको आनन्द त आउछ तर डर पनि उस्तै लागिरहेको हुन्छ । उस्को अनुहार सानो गोलो मोहोडाको थियो उस्का ओठ साना साना सिधै लगेर मेरो ओठको स्पर्सले फुलाएर ठुला बलाउ जस्ता त्यसैमाथि त्यो दीन त हल्का लिपीस्टिक दलिएको थियो। उस्को कपालको त कुरा नै छाड्दिउ यार त्यसैमा लट्पटिएर सारा जबानी बिसाउ जस्तो, हिमालयको हिउको चमकभन्दा कम थिएनन उस्का मिलेका दाँत, छोटो छोटो नाक नथ्थी ला कि थिई । उस्को ओठको माथिल्लो भागमा कोठी छ त्यस्तो मान्छे कामुक हुन्छन रे, जब मेरा आँखाँ उस्को छातीमा प्रवेश गर्थे मलाई फरक उर्जा मिल्थ्यो कसम यार उस्लाई छुन पाए त स्वार्ग तर्छु जस्तो ।
३ ४ वर्ष अगाडिको कुरा सम्झेर ताना बाना बुन्दैछु ।
राम्री मान्छे” कमसेकम नाम त भनेर जानु पर्छ नि यार, बिचरा तिमी पनि परिबन्धको शिकार थियौ समाजको ।
तिम्रो त्यो साथसगँको यात्राले मलाई आभास दिलायो आखिर प्रेम के हो ?
ए “राम्री मान्छे” म त यसैलाई प्रेम भन्दै बसिरहेछु । तिमी नै भन न म यसलाई प्रेमको नामले पुकार गर्न सक्छु ?
कि म सगँ लामो समयसँगै बस्दाको साथ, अनि केही रमाइला रात हुनुपर्छ अनि एक दुई डेटीङ, डीनर, लन्च, अनि एक दुई रातसँगै सुत्नु पर्ने हो प्रेम भन्नलाई यदि त्यसो हो भने मेरा हरेक रात तिम्रो सपना देख्दैमा बित्छन सपनीमा त मैले तिमीलाई छोएको पनि छु तिम्रो कोमल शरीरको स्पर्सको आभास म हर क्षण गर्छु म जब तिम्रो हातमा समातेर आफ्नो अङगालोमा कसेर रून थाल्छु भन्छु, “किन छाडेर गएको मलाई ?”
घाती दुनिया तिम्रो प्रतिउत्तर सुन्न नपाउदै ब्युझाइदिन्छ । कि त तिम्लाई सम्झेर तिम्रो लागि मर्नु पर्ने हो ? माफ गर्नु म यो गर्न सक्दिन ।
मसँग त हातमा कोर्न तिम्रो नाम छैन खुशी लाग्छ आफ्नो प्रेमको नाम आफै राख्न पाकोमा “राम्री मान्छे” । मनबाट झिकेर तिम्रो तस्वीर दुनियालाई देखाइदिन मन लाग्छ डाहाले जल्नेछ सारा दुनिया तिम्रो सुन्दरता देखेर अनि मबाट खोसेर लाने छ नाई म तिमीलाई कदापि टाढा हुन दिन्न । तिमी धेरै राम्री छौ त्यो २० मिनेटको यात्राले मेरो जीवनको बिस वर्ष नै भूलाइदिने त हैन डर पो लाग्न थाल्यो मलाई ।
तिम्रो याद त नसालु रैछ आजकल म चौबिसै घन्टा झ्याप हुन्छु जे हेर्छु तिम्रै तस्वीर मात्र देख्छु रमाइलो चिज देखे पनि मैले त्यसमा रमाउन सक्दिन आँखाँ लोलाउछन आँखाबाट खसेको आशुले जब मेरो चिउडो हुदै भूईमा तप्प तप्प खस्छ अनि थाहा पाउछु । मलाई डर लागेको छ राम्री मान्छेका ती राम्रा याद आजकल केही मधुरा बन्दै छन । कि मलाई यस्तो भ्रम भयो ? हुनसक्छ तिमी फेरि मेरो जीवनमा आउने छौ भगवानले बनाएर पठाएको जोडी हो हाम्रो एक दिन मिलन अवश्य हुनेछ त्यो भेटमा त म तिमीलाई “राम्री मान्छे” होइन तिम्रो नामले सम्बोधन गर्ने छु ल ।
मित्र तपाईले मेरी “राम्री मान्छे”लाई देख्नुभो भने भनिदिनु ल, म क्षितिजबाट बोलाइरहेको हुनेछु ।
आर पी निर्मल
