कथा
अन्त्यहीन मुक्ति यात्रा
मनमा उब्जिरहने एकाग्रतालाई भङ्ग गर्न खोज्दा पनि नसकिदो रहेछ । जिन्दगीका हिडाईहरूमा गरिएका अनेकन गल्तीहरू थेग्रिएर मनको कुनै कुनामा गाठो परेर सदाका लागि बसेपछिपश्चातापले एकाग्रता निम्ताउदो रहेछ । जीवनका बाँकी समयहरू बिगत बिर्सेर सजिलै बिताउभन्दा पनि दोहोरीएर मनमा बसेको त्यही गाठोलाई निरन्तर घोचिरहदा रहेछन । एकाङ्गीपना हुदा अँझ बढी बिगत बल्झिदो रहेछ । सायद त्यसैले होला आफू नाजिकैबाट कोही आउदा जादासम्म पनि आजकल आफूलाई कुनै पत्तो हुदैन । कानै छेउमा आएर सरलाले फुस्फुसाइन-
प्रेम दिबस
आज फेब्रुअरी १४ रात को बार बजेको छ । तिम्रो चिता ले तातेको मेरो सरिर थकित छ । अझै मेरा आँखा आगाडी तिम्रो बलिरहेको सरिर तेर्सिएको छ । म रुन चाहन्छु र निभाउन चाहन्छु मेरो आगाडी बलिरहेको आगो लाइ।
इ पापी हरुको लागि त तिमि मात्र एउटा सरिर हौ सरिर जुन मरिसकेको छ र एकछिन पछी यो ज्वाला संगै बिलिन भएर जान्छ । तर यी मुर्ख हरु लाइ के था तिमि त जीवित छौ र सधै जीवित रहने छौ । कसैले तिमीलाई मार्न सक्दैन ।
हा…हा….हा.. हा….
सम्बन्ध
“आज आमा अलि छिटो आए त हुने नि !”
शरीर दुखेकोले होला आज आमालाई अलि धेरै सम्झिएकि छु । घन्टौ अघि देखि धुम्म परेको आकाशको छाटकाट देख्दा लाग्छ आज राति ठुलै पानी पर्ला जस्तो छ । हत्तपत्त खाना पकाएर पर्खिए आमालाई तर आज पनि आमा आउनु भएन । किन होला आजभोलि धेरै दिन देखि आमा ढिलो हुदै जानु भएको छ । नखाई सुतौ भने आमा रिसाउनुहुन्छ । खाउँ आज पटक्कै खाने मन छैन । चिसोले हो कि कमजोरीले हो आज बिहानै देखि लगातार शरीर दुखेर हैरान पारिरहेको छ ।
राजा चित्रभानु
फाल्गुन कृष्ण चतुर्दशीका शिवरात्रि पुजाको विशेष महत्व छ किनभने सृष्टिको प्रारंभमा यसै दिन मध्यरात्रिकालमा भगवान् शंकर ब्रह्माबाट रुद्रका रूपमा अवतरण भएका थिए। प्रलयकालमा यसै दिन प्रदोषको समयमा भगवान शिव ताण्डव गर्दै ब्रह्माण्डलाई तेस्रो नेत्रको ज्वालाबाट समाप्त गर्ने भएकोले यस पर्वलाई महाशिवरात्रि अथवा कालरात्रि रुपमा पूजा गर्दै आराधना गरिन्छ । तीनै लोककी अपार सुन्दरी तथा शीलवती गौरीलाई अर्धाङ्गिनी बनाउने शिवलाई शिवशक्तिको रुपमा प्रेत र पिशाचहरूबाट घेरिएर बस्दै आएका छन भन्ने मान्यता रहेकोछ । उनको रूप बडो विचित्रको छ। शरीरमा मसानको भस्म, गलामा सर्पहरूको हार, कण्ठमा विष, जटाहरूमा जगत्-तारिणी पावन गङ्गा तथा मस्तकमा प्रलयङ्कर ज्वाला छ। साँढेलाई वाहनको रूपमा स्वीकार गर्ने शिव अमङ्गल रूपमा रहेर पनि अन्जानमा भएको ध्यानबाट पनि प्रशन्न भई भक्तहरूलाई मंगल प्रदान गर्दै उद्दार गर्ने दयालु शंकरलाई र श्रीसंपत्तिका दाता मानिन्छ । यस्ता शक्ति रुपेन शिवको कथाको रुपमा यहाहरू माझ यसरी प्रस्तुत भएकी छु ।
अवतार
लेखेको कुरा खै के छ, के छ ? देखेको कुरा त माकुराको जालो जस्तो छ । भोगेको कुरा चाहिं त्यही जालोभित्र कैद भएको अभागी झिंगाको जस्तो छ । मेरो जीवनमा पापी माकुरोले कुन बेलादेखि जालो बुन्न शुरु गर्यो र कहिले बुनिसक्यो मैले सुइँकोसम्म पाईंन । मैले चाल पाएको बेला म जालोभित्र छटपटाउँदै थिएँ । माकुरो भने स्वतन्त्र भैसकेको थियो । जालोबाट मुक्ति पाउन गरिएका हरेक प्रयत्न विफल यस अर्थमा भए कि, जालो कुनै चानचुने माकुरोले बुनेको थिएन । समयरुपि कालो माकुरोले बडो मिहिनेतकासाथ रेशमी मुटुहरू पगालेर रेशाहरू पैदा गर्यो । तान भने पहिले नै तयार थियो । रेशाहरू क्रमश: बुनिंदै गए । आयतन बढ़दै गयो । म र डोमा त यो दुर्घटनाका निमित्त नायक-नायिका मात्र थियौं । डोमा र मेरो मिलन एउटा संयोग मात्र थियो ।
द्वन्द्वको घाउ
सबल स्कुलबाट घर आउँदै थियो । दुईजना युवाहरू उसको आँगन छेउको तगारो लगाउँदै बाटो लागे । उनीहरूले घाँटीमा क्यामेरा झुण्ड्याएर पिठ्युँमा झोला भिरेका थिए । एक सूरमा हिँड्दै गरेका युवाहरूलाई देखेपछि सबल सतर्क भयो । उनीहरूको अनुहार केही नियास्रो देखिन्थ्यो । सबल पैयुँको रुखमा छेलिएर आँगनको डिलबाट उक्लँदै घरमा पस्यो । पिँढीमा बसेकी हजुरआमाले थाप्लाको रुमाल झिकेर आँशु पुछ्दै गरेको दृष्यले ऊ मलिन भयो । सधैँ स्कुलबाट घर आएपछि आँगनबाटै ‘हजुरआमा काँ’हुनुहुन्च’ भन्दै भित्र पस्ने सबललाई आज त्यो अस्वाभाविक दृष्यले मनभित्र चिसो बतास चलायो । चुपचाप हजुरआमाको पछ्यौरा समाउँदै झोलै नबिसाई भुइँमा थपक्क बस्यो ।
शहीद
आज शहीद दिवस । स्वर्गमा पुगेका शहीदहरू आफूहरूले देशको लागि गरेका त्याग तपस्या र त्यसको उपलव्धिवारे छलफल गर्दै चिन्तित मुद्रामा देखिन्थे । प्रजातन्त्र आएपछि देशमा जनता दासत्वबाट मुक्त भई अधिकार सम्पन्न नागरिक हुनेछन । देशले द्रूत गतिमा विकास गर्नेछ । जनता सुखी र सम्पन्न हुनेछन । कसैको धाकधम्की र दवावमा बस्नुपर्ने छैन भन्ने हाम्रो सपना थियो । त्यसैको लागि हामीले जीवन बलिदान दियौ तर आजपर्यन्त देश र जनताको हालत झन झन खराव हुदैछ । के कारणले यस्तो भएको होला ? ती यस्तै यस्तै छलफल गर्दै थिए ।
वसन्त पंचमी कथा
सृष्टिको प्रारंभिक कालमा भगवान विष्णुको आज्ञाले ब्रह्माजीले जीव तथा मनुष्ययोनीको रचना गर्नुभयो । तर पनि आफूले गरेको त्यस्तो सृजर्नाबाट सन्तुष्ट हुनु भएन । ब्रह्माजीले केही सृष्टिमा कमि भएको महसुस गर्दै विचार गर्नुभयो, “यस्तो लाग्यो कि यो ब्रह्माण्डमा केही चिजको कमि छ जसको कारणले गर्दा चारैतिर अन्धकार र मौनता छाएको छ।”
ब्रह्मालाई श्रीविष्णु भगवानसित भेटेर आफ्नो जिज्ञासा राख्ने विचार भयो । जल क्रिडा गरेर आफ्नी धर्म पत्नी श्रीलक्ष्मीजीसँग मिठा कुरा गरी शेष नागमा विराजित विष्णु प्रशन्न मुन्द्रामा रहेको बेला ब्रह्माले आफ्नो मनको कुरा व्यक्त गर्नुभयो । तत्पश्चात उनै विष्णुको आज्ञा लिएर ब्रह्माजीले आफ्नो कमान्डलुबाट जल निकाल्दै चारैतिर छर्कन लाग्नुभयो ।
सङ्क्रमणकाल
आज देशको बिग्रदो परिस्थितिले सबै आकुल ब्याकुल भएका छन । दैनिक उपभोग्य बस्तु लगायत प्रत्येक कुराको अभावले जताततै हाहाकार मच्चिएको छ । कसैको मन पनि शान्त र सन्तुलित छैन । सबैलाई एक किसिमको चिडचिडापनले घेरेको छ । लामो समय देखिको ग्यास अभावले जनता रनथनिएका छन । कामै नपाए जस्तो खाली सिलीन्डर बोकि डिपो डिपो धाउदै छन । तर ग्यास कहीं पाईदैन । ग्यास नपाएको झोकमा ठाउँ ठाउँमा सरकारबिरुद्ध नारा जुलुश पनि चल्दै छ ।
हिम्मतलाल
हाकिम गोष्ठीमा गएकाले कर्मचारीहरू काममा व्यस्त हुनुको सट्टा बाहिर घाम ताप्न मस्त छन् । हुन पनि पुस महिनाको जाडोको घाम ताप्न छाडेर कसले काम गरोस् ? काम त भोलि गर्दा पनि हुन्छ, यस्तो पारिलो घामको आगमन भोलि नहुन पनि सक्छ ।
“हाम्रो हिम्मतलाल सुब्बासाबले कसरी त्यत्रो घर किन्नु भो ? जागिर खाएको पाँचैवर्षमा राजधानीको मुटुमा पाँच करोडको घर ! पाँच वर्षपूर्व किनेको घडेरीमा हाकिमसाबले त अँझै घर बनाउन सक्नुभएको छैन। मान्नु पर्छ, हाम्रो हिम्मतलाल सब्बासाबलाई ।”
फेसबुक च्याटिङमा श्रृङ्रगारकाण्ड – भाग १
केही दिनदेखि साथी उमेशको स्वभावमा केही तलमाथि देखिन थालेको छ । ऊ मेरो अन्तरङ् र घनिष्ट साथी । आजभोलि उसले मसँग पहिलेकोभन्दा केही फरक व्यवहार गरेको जस्तो देखिन्छ । मन पेटका सारा कुरा खोतलखातल पारेर मसँग पोखिने उमेश किन यसरी अन्तर्मुखी भएको हो मलाई पो चिन्ता परेको छ । आज एक मौका मिलाएर उससँग गफगाफ गर्ने सुर कसेर मैले कलेजको फूलबारीमा गएर उसलाई एकान्त पार्ने काम गरें अनि उसको यो अन्तर्मुखी स्वभावको विकास र यसको आगमनका बारेमा जान्ने इच्छा गरें ।
उत्सव (लघुकथा)
“म तपाईँलाई हजुरबुबा भनेर बोलाउँछु है।” अचानक पछाडिबाट आएको आवाजले झस्किए उनी। नाकको डाँडीमा अडिएको चश्मा मिलाउँदै उनले आगन्तुक तर्फ हेरे। रसाएको आँखाले देखेको धुमिल आकृति बिस्तारै प्रष्ट हुँदै गयो। त्यस्तै अठार – उन्नाइस वर्षको ठिटो उनी भएतिर आउँदैथियो।
उसको अनुहारमा एक चमक उनले देख्न सक्थे। उनलाई थाहा थियो यो चमक आजको लागि मात्र थियो। भोलिबाट उसको पनि हबिगत त्यहाँ भएका अन्य सबैको व्यक्तिको जस्तै हुने थियो।
स्वास्थ्य (लघुकथा)
ऊ पेशाले स्वास्थ्य विषयको प्राध्यापक। स्वास्थ्य प्रति सँधै सचेत। मेरो पहिलो पटक उसँग जम्काभेट क्याम्पस गेट भन्दा बाहिरको एउटा रेस्टुरेण्टमा भएको थियो। रेस्टुरेण्टमा मित्र केशबलाई पर्खन चियाको अर्डर गरेर बसेको मात्र के थिएँ ऊ आइपुग्यो।
“अधिकारी मित्र नमस्कार।” – अभिवादनका साथ हात मतर्फ अगाडि बढायो। पुलुक्क हेरेँ चैतको गर्मीको बावजुद पातलो ज्याकेट, पञ्जा हातमा र मुखमा मास्क। अभिवादन गर्दै हात मिलाएँ।
जूनकीरीको देश
माघ महिनाको कठा्याङग्रिने जाडोमा श्रीस्वस्थानी परमेश्वरीको एक महिने कठोर ब्रत बस्ने भनेको लाग्छ नेपालमा मात्र होला । महिना दिनसम्म गरेका आराधनाले प्रशन्न भएका आरध्य देव महादेव र माता पार्वती कैलाश पर्वतबाट भक्तहरूलाई आर्शिवाद दिन नेपाल आई पुगे । लामो समय पछि यस भूमिमा पाईला टेकेकी पार्वतीले यस पुण्य भूमिको एक फन्को मारि चारैतिर हेर्ने इच्छा व्यक्त गरिन । भगवनलेपनि हुन्छ भनी खुसी व्यक्त गरे । पुष्प विमानमा बसी दुवै चारैतिरको सुन्दर छटा रमाइलो मानी अवलोकन गर्दै थिए । त्यतिकैमा उनीहरूको नजर गाडीको आवतजावत रोकी सडकमा लामो रातो ताती, सँगसँगै मानिसको भीडभाड देखे ।
साँचो माया साँचो प्रेमि
९ वर्षको लामो अन्तराल पछि आज फेरि मैले
समीरलाई देखे । आहा कति उज्यालो आनुहार
उसको, पहिले त उनैनै हो के त ? भन्ने
संका पनि लाग्यो, मैले चिनेको समीर त
न्यास्रो, सधै चिन्ता फिक्रीमा कालो अनुहार
लिएर बस्ने समीर, तर जब म उसको नजिक गए
त्यहि समीर नै हो भन्ने थाहा पाए । एकक्षण म
छ्क्क परेर उसलाई हेरिरहे । `माइला दाजु, ओ
माइला दजु` को अवाजले म झसकिए, समीर भाइ
मलाई झक-झकाउदै हुनुहुन्थ्यो ।
अरु कुरा केही नभनी, सम्बोधन सम्म पनि नगरी मैले
उसलाई सोधीहाले – `भाइ तिमी कसरी ,,,, ?`
समीर भाइ ले मेरो प्रश्न बुजिहाले, अनि मन्द
मुस्कान को साथमा मेरो दाहिने काँधमा हाथ
दुर्गमासुरको बध
हामीले भागवतहरूको अध्ययन गर्यौं भने देवी देवताहरूको र दैत्य/दानव बीचको द्वन्द्व, युद्धका कथाहरू निकै पढ्न तथा सुन्न पाउँछौं । यी कथाहरूको श्रवणमा ध्यान दिने तथा सुनाउने काम सूतजीले ऋृषि मुनिहरूलाई गर्नुहुन्छ –
एक दिनको कुरा हो सबै मुनिहरूले सूतजीलाई दुर्गा देवीको कुनै एक अद्भुत/अनौठो खालको कथा सुनाउनको लगि अनुरोध गरे । महाप्राज्ञ सूतजीले पनि दुर्गा देवीका धेरै कथाहरू सुनाइ सक्नुभएको थियो । त्यस दिन भने सूतजीले दुर्गम नामको असुरको वीरता र उसबाट गरिएको आतङ्कबाट देवलोकका देवी देवता र स्वर्गलोक नै आफ्नो अधिन बनाएको कथा श्रवण गराउनु भयो । जब दुर्गमासुरले सबै चिज आफ्नो अधिन बनायो तबदेखि देवताले आफ्नो यज्ञभाग पाउन छाडे ।

‘ए ! तिमीहरूले सुन्यौ ? भोलिदेखि यहाँ यी थोत्रागाडीहरू पार्किङ नगर्नु, यो ठाउँ खाली हुनुपर्छ’–ट्राफिकको हवल्दारले उर्दी लगायो धोवीखोलाको किनारमा मिनिट्रकहरू पार्किङ गरेर कामको पर्खाइमा रहेका ड्राइवरहरूलाई ।