Skip to content


म एक दिन बिहानै पोखरी पुगेँ जहाँ घमण्डी माछो, चलाख भ्यागुतो र मूर्ख सर्पहरू बस्दथे । म त्यहाँ प्रत्येक दिन जस्तो पुग्दथेँ । जहिले जाँदा पनि त्यो घमण्डी माछोले त्यहाँका भ्यागुताहरूलाई दुःख दिइरहेको हुन्थ्यो । त्यहाँका सर्पहरूले पनि त्यस माछोलाई केही गर्न सक्दैन थिए । किनकी त्यो धेरै नै बलियो थियो । एकदिन भ्यागुताहरूले गोष्ठीको आयोजना गरे र त्यसमा उनीहरूको जन्मजात शत्रु सर्पहरू पनि थिए । तर पनि ती सर्पले कुनै हमला गरेनन् । यो गोष्ठी गरे तापनि यसको कुनै उपलब्धि भएन । त्यस गोष्ठीमा एक चलाख भ्यागुता कर्णाकर पनि थियो । त्यसले कुनै पनि कुरा धेरैबेर सोचेर गर्दथ्यो । तर आज सबै जनावर गोष्ठीको उपलब्धि नपाएकाले खैलाबैला गरिरहेका थिए । त्यसैले कर्णाकरले सोच्दै नसोची भन्यो – “आजको गोष्ठीबाट कुनै उपलब्धि नभए पनि म कसैगरी पनि त्यस माछोलाई तह लगाउँछु ।”

यति भनेपछि सबै आ-आफ्नो घरतिर लागे । कर्णाकरले तह लाउँछु त भन्यो तर के गरी लगाउने भन्ने कुरा सोच्नै सकेन । रात परिसकेको थियो तर पनि ऊ अझँै सुतेको थिएन । जति सुत्न खोजे पनि निन्द्रै लागेन । जसोतसो गरी रात कट्यो । बिहान पनि भयो । ऊ कसैसँग केही नबोली सिधैँ कान्ला तलको बारीमा पुग्यो । त्यहाँ उसले एउटा घाँसीले घाँस काट्दै डोकोमा हालिरहेको देख्यो । खै के सोच्यो अनुहार उज्यालो पार्दै पोखरीमा आयो ।

उसको (भ्यागुताको) अनुहार हेर्दा त ऊ कसैलाई केही भन्न बेचैन थियो जस्तो लाग्थ्यो । पहिलेझैँ आफ्नो घरमा नआएर सिधैँ माछो भएको ठाउँ पुग्यो र भन्यो-“माछा काका, ए माछा काका यता आउनुस् त ।”

“को हो हँ ? के भो ?”- माछोले उत्तर दियो । भ्यागुतो भन्छ- “म कर्णाकर हजुरलाई केही कुरा भन्नुछ ।” “ल भन् न त छिटो भन मलाई हतार छ ।” माछो बोल्छ । यति भनेपछि भ्यागुताले उत्तर दिन्छ -“माछा काका, योभन्दा अलिकति पर भएको पोखरीका माछाहरू तपाईँलाई मार्छु भनिरहेका थिए । मलाई तपाईंको माया लागेर यहाँ भन्न आएको ।” भ्यागुताको कुरा सिद्धिन नपाउँदै माछोले भन्यो- “कहाँ छ पोखरी ? हिँड् त मलाई देखा । कति टाढा छ ?” “धेरै छैन बल गरेर तीन पटक उप|mनुभयो भने पुगिहाल्नुहुन्छ ।”- भ्यागुताले उत्तर दियो ।

यति भनेपछि माछा तीन पटक बल गरेर उफ्र्यो । जब अन्तिम पटक उफ्रेर झरेको थियो ऊ त पोखरीमा नभएर घाँसीको डोकोमा पो रहेछ । माछा देखेपछि घाँसीले – “यो माछा त म दुःखी छु भनेर भगवान्ले दिनुभएको होला” जस्तो सोच्यो भनी मैले लख काटेँ । अब माछो मर्छ भनी जब मलाई थाहा भयो म बुरक्क उफ्रें । जब उफ्रें मैले आफूलाई पलङभन्दा तल भुइँमा पो पाएँ । ए मैले त सपना पो देखिरहेको रहेछु । यति सोचेर घडी हेरेको त साढे पाँच भइसकेको रहेछ । अहो ! विद्यालय जान ढिलो भयो भनी छिटोछिटो नित्यकर्म सकेर समयमा नै विद्यालय पुगेँ ।

एलन कोइराला, कक्षा ः ९

श्री देउराली मा.वि., बर्दिबास-१ (महोत्तरी)

1 thought on “घमण्डी माछो”

Leave a Reply

Your email address will not be published. Required fields are marked *