एउटा गाउँको एउटा घरमा उसकी आमा र राम मात्र बस्दथे । रामको बुबा पैसा कमाउन विदेश गएका थिए । त्यो घरमा कहिल्यै पनि राम्रो हुन सकेन । लक्ष्मी पनि त्यस घरदेखि पर-पर भाग्थिन् ।

एकदिनको कुरा हो, रामका बाबु विदेशबाट फर्केर घर आए । बुबा फर्केर आएको देखेर सबै खुसी भए । समय बित्दै गयो, तर उनीहरूको घरमा कहिल्यै पनि शुभ काम भएन । उसको बाबुले उसको विवाह गर्ने सोच बनाए । भोलिपल्ट बाबु र छोरा भएर पल्लो गाउँमा केटी खोज्न गए । उनीहरूको भेट एउटा बूढासँग भयो । कुराकानीको क्रममा त्यो बूढो पनि आफ्नी एक्ली छोरीको विवाह गर्नका लागि केटा, खोज्न हिँडेका रहेछन् । दुवैको कुरा मिलेपछि, दुईजनाको विवाह हुने टुङ्गो लाग्यो । लगन जुराएर दुवैको बिहे पनि भयो । जब रामले विवाह गरेर दुलहीलाई घर भित्र्यायो, त्यस दिनदेखि उसको घरमा लक्ष्मीले बास गर्न थालिन् । घरमा शुभ-शुभ काम हुन थाल्यो । भण्डार अन्नले भरिपूर्ण भयो । खेतीपाती पनि राम्रो हुन थाल्यो । त्यस मानिसकी दुलही बत्तीस लक्षणले युक्त थिइन् ।

रामकी पत्नी पशु वाक्य पनि बुझ्न सक्थिन् । एकरात उनले एउटा स्याल कराइरहेको सुनिन् । त्यो स्यालले खोलामा एउटा मुर्दा बगिरहेको छ र त्यो मुर्दाको गलामा हीराको हार छ । कसैले यो मुर्दा मलाई खान देऊ र त्यो हीराको हार लैजाऊ भनिरहेको थियो ।

बुहारीले बुझनि् र खोलामा गइन् । ससुराले बुहारी कता जान लागेकी रहेछ भनेर उनको पिछा गरे । बुहारी खोलामा गइन् र मुर्दालाई समातिन् र हीराको हार झक्िन थालिन् । गाँठो बलियो भएकाले उनले दाँतले गाँठो तानिन् । मुर्दा स्याललाई दिएर हीराको हार आफूले राखिन् । ससुराले यो सब हेरिरहेका थिए । उनले त बुहारीलाई बोक्सी ठानेछन् । उनले बुहारीले त राती मुर्दा पो टोक्दी रहिछ भनेर शङ्का गरे । भोलिपल्ट बुहारीलाई माइत पुर्‍याउने विचार गरेर उनी बुहारीलाई माइत लिएर हिँडे । बाटामा एउटा काग कराइरहेको थियो । त्यस कागले भनिरहेको थियो कि “यस रूखमुनि एउटा घैँटो छ त्यस घैँटोभित्र दही छ र घैँटोमुनि सुनका सिक्काहरू छन् । मलाई दही खान दिएर ती सुनका सिक्काहरू लैजाउ ।”

बुहारीले कागको भाषा बुझनि् र रूखमुनि खनेर दहीको घैँटो कागलाई दिएर सुनका सिक्काहरू आफूले राखिन् । पैसा ससुरालाई दिएर दुवै अगाडि बढे । बूढालाई अझै शङ्क लाग्यो । उनले यो त भूतप्रेत रहिछे भनेर सोचे । आफूलाई पनि मार्न सक्ने विचार लिएर उनले बुहारीलाई खोलामा खसालेर मारिदिए ।

घर फर्केर उनले छोरालाई सबै कुरा भने । छोरा पनि खुसी भयो । केही समयपछि उनले छोराको अर्को विवाह गरिदिए । तर दोस्रो विवाह गरेपछि त्यस घरमा समस्यै-समस्या देखिन थाल्यो । अन्नहरू चाँडै नै सकिए । खेतीपाती हुन छाड्यो । लक्ष्मीले पनि बास गर्न छाडिन् । नयाँ बुहारीले केही काम गर्दिनथी । आखिरमा त्यो घर मसानघाट जस्तो भयो । बूढालाई पहिलेको बुहारी मारेकोमा पछुतो लाग्यो । उनले आफूलाई धिक्कारे ।

विशाल पौडेल, कक्षा ः ९

वाल्मीकि शिक्षा सदन, गीतानगर, चितवन ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *