किन आउँछ याद तिम्रो सधैं सधैं साँझमा
किन बढ्छ प्यास दिलको सधैं सधैं साँझमा
अतितका दिनहरूमा तिमी सधैं रमाउँथ्यौ
मिठा-मिठा कुरा गर्दा तिमी साह्रै लजाउँथ्यौ
आज मलाई त्यही यादले सताउँदैछ साँझमा
किन आउँछ याद तिम्रो सधैं सधैं साँझमा
दुई दिलको एकै धड्कन हुन्छ भन्थ्यौ प्यारमा
जन्मजन्म साथ दिन्छु भन्थ्यौ तिमी प्यारमा
आज मलाई त्यही कसमले पोल्दैछ साँझमा
किन आउँछ याद तिम्रो सधैं सधैं साँझमा
शब्द – वी वी थापा
स्वर – प्रदीपराज पाण्डे
संगीत – नातिकाजी
तिम्रो शहर (गीति एल्बम)
