थाहै थिएन दिल आगो विना नै जल्दो रहेछ
थाहै थिएन मायाले पनि पोल्दो रहेछ
थाहै थिएन दिल आगो विना नै जल्दो रहेछ
ऐना एउटै भए पनि तस्वीर बदलिदो रहेछ
माया एउटै भए नि मायालु बदलिदो रहेछ
थाहै थिएन माया साह्रै सस्तो हुँदोरहेछ
थाहै थिएन मायाले पनि पोल्दो रहेछ
थाहै थिएन दिल आगो विना नै जल्दो रहेछ
हाँसेर बोले पनि मनमा खोट रहेछ
उनको आगमन त देखावटी रहेछ
थाहै थिएन जिन्दगी एक नाटक मात्र रहेछ
थाहै थिएन मायाले पनि पोल्दो रहेछ
थाहै थिएन दिल आगो विना नै जल्दो रहेछ
शब्द – वी वी थापा
स्वर – प्रदीपराज पाण्डे
संगीत – नातिकाजी
तिम्रो शहर (गीति एल्बम)

Comment
Evergreen