सांस्कृतिक समीक्षा

भाषा संस्कार र संस्कृति र हामी

सबैले भन्छन ” हाम्रो भाषा साहित्य र संस्कृतिको संरक्षण, संबर्धन तथा प्रवर्धन गर्नु जरुरी छ ।” के भाषा साहित्यको सवालमा कुनै पनि अन्योल छैन, जति बाँचेको छ, सरासर त्यसको संरक्षणमा लागे हुन्छ । भाषा साहित्यका सवालमा केन्द्रित रहेर फेरि अर्को तर्क गरौंला । तर,संस्कृतिको सवालमा द्विविधा र अन्योलहरू छन, जसवारे म यहाँ केही भन्न चाहन्छु । संस्कृति भनेकै वास्तवमा केहो ? छुट्याउन कठिन भइरहेको छ । हाम्रो नेपाली समाजलाई । संस्कृति भित्रै संस्कार – परम्पराका कुरा मिसिएका छन । र कुन कुन संस्कारहरू जायज – सान्दर्भिकछन, आजको परिवेशमा भन्ने किटान हुन सकेको छैन । कुन कुन सांस्कृतिक आधारहरूको प्रवर्धन र संरक्षण तर्फ सामुहिक पहल हुन पर्ने हो ? यस कुरामा कसैले निर्कोल्य गरेको छैन र प्रयास पनि गरेको भान भइरहेको छैन ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

दाइजो पीडित बाबुलाई छोरीको झापड

नेपाललाई भौगोलिकरूपमा हिमाली, पहाडी, भित्री मधेश र मधेश/तराई गरी विभाजन गरिएको छ । मधेश/तराईमा २० वटा जिल्ला पर्दछन् । ती हुन्– झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर । उदयपुर र सिन्धुली गरी दुई जिल्ला भित्री मधेशमा पर्दछन् । यिनै जिल्ला अर्थात् तराई/मधेशमा बसोबास गर्ने केही जातिहरूमा अनिवार्यरूपमा दाइजो दिनुपर्ने चलन छ । छोरी हुने बाबुहरू तनाव लिन्छन् भने छोरा हुनेहरू दाइजो केकति र कसरी लिने भनी आइडिया लगाइरहन्छन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

म भत्करु बन्दा

विवाहमा भत्करु भएर जाँदा ऐतिहासिक कथाहरू थरिथरिका सुनिने गर्दछन् । म सानो छँदा मेरो हजुरबाबाको साथमा अर्को व्यक्तिसमेत गरी दुई जना पानी घडी, ठडेरो तीनवटा दहीका ठेकी लिएर गएको देखेको थिएँ । पानीघडी समयको जानकारी लिन, ठडेरो बत्ती बाल्नको लागि र सानो तीनवटा दहीका ठेकीमा एउटा लगन जुराउने बेलाको लागि अरू(खाने) प्रयोजनको लागि लगिने कुरा बयोबृद्धहरूले बताउँछन् । भत्करुलाई माइती पक्षले विविध पक्षमा अड्का थाप्ने कामहरू गरिन्थ्यो भन्ने बयोबृद्धहरूले बताउँछन् र केही कुराहरू मैले पनि सुने ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

पडकाएरै दीपावली र छठपर्व२०७२लाई बिदाइ गरियो

दीपावली र छट हिन्दूहरूको दोस्रो ठूलो चाड आयो र गयो । सधैं यी चाड आउछन र जान्छन् । यी पर्व दशैंभन्दा फरक पक्कै छन् । दशैंमा झै माछा मासू यी पर्वमा चल्दैनन् । अँझ छठ गर्नेहरूकहाँ त एक महिनादेखि माछा मासु बन्द गरिएको हुन्छ। एकातिर मासुको माग कम हुन्छ भने अर्कोतिर एक महिना भएनि केही प्राणीको आयु लम्बिन जान्छ र आयात पनि घट्न पुग्दछ । आयात घटेपछि देशमा मुद्रासंचिति हुन्छ र सो मुद्राले अन्य बस्तु पैठारी गर्न सकिन्छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

रातो मत्स्येन्द्रनाथको बाह्रवर्षे मेला

नेपाल विविध धर्म र संस्कृतिमा संसारमै धनी मानिन्छ। काठमाडौं उपत्यका मन्दिरै मन्दिरले भरिएको शहर, जहाँ बाह्रैमहिना कुनै न कुनै जात्रा तथा पर्व भइरहेको हुन्छ । अँझ भनौं नेवार समुदायभित्र हुने अनेक चाडपर्वहरूमध्ये ललितपुरमा हुने नेपालकै सबैभन्दा लामो समयसम्म मनाइने पर्व रातो मत्स्येन्द्रनाथ रथयात्रा हो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सम्पूर्ण नारीको एकता पर्वः तीज

नेपाल बहुजातिय, बहुसाँस्कृतिक, बहुभाषिक एवं बहुधार्मिक मुलुक हो, यहाँ यी सबै वर्गका आ–आफ्नै धर्म, भाषा, सांस्कृतिक प्रचलन छन् । त्यसमध्ये आधा आकाश ढाकेका महिला अर्थात् पुरुषभन्दा बढी संख्यामा रहेका महिलाहरको समाजमा छुट्टै पहिचान मूल्य, मान्यता विद्यमान छन् र । यसै सन्दर्भमा नेपालका महत्वपूर्ण चाडपर्वहरूमध्ये नारी दिवस, हरितालिका तीजका अवसरमा सरकारी बिदा दिने प्रचलन छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

रामनवमी

त्रेतायुग अयोध्याका रघुबशीं राजा दशरथका जेष्ठ पुत्र मर्यादापुरूषोत्तम श्रीरामको जन्म चैत्र शुल्कपक्ष नवमीमा, पुनर्वसु नक्षत्र कर्कट लग्न, सूर्य मेष राशि रहेको बेला मध्यान्ह बाह्र बजे रानी कौसल्याको कोखबाट भएको थियो। भगवान श्रीबिष्णुको अबतारको रूपमा पृथ्वीमा अवतरण भएको मानिएका राजा श्रीरामबाट अन्याय अत्याचारको पराकाष्ट नाघिरहेको लंकाका राजा मानिने राक्षसी प्रवृतिको रावणलाई वध गरी धर्म, शान्ति र सु-शासनको पाठ समस्त पृथ्वी मानव जातिलाई दिएका थिए। यसर्थ युगौंदेखि श्रीरामको जन्म जयन्ती सारा हिन्दूधर्मावलम्वी लगायत ॐकार परिवार अन्तरगत सबैले मनाउदै आइरहेका छौ। मर्यादा पुरूषको रूपमा परिचित श्रीरामको शासनकाल न्याय, शान्ति, सम्बृद्दि र मानव विकासको पराकाष्ट उपमा रामराज्यको रूपमा लिने गरिन्छ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

फागुन-पूर्णिमा अर्थात होली

‘प्रेमको रंग यो चन्दन सरी
रंगमै डुव्ने चाड हाम्रो दिनैभरि ..’
ए सररर्र… ..

होली अर्थात फागुन पूर्णिमा बिभिन्न रंगबाट घरका आफूभन्दा ठुलो मान्यजनबाट आशीर्वादको रुपमा टीका लगाई दिदै, परिवार भित्रका सदस्यहरूले एकले अर्कालाई स्नेह, माया, सदभावको रुपमा रंगबाट मायाको साटासाट गर्न अनुहारमा सप्तरंगी रंग दल्दै शुभकामान दिने र पकाएर राखिएको दाल पुरी, सेल रोटी, अनेकौ किसिमका मिठाई जस्ता खानेकुराको परिकार बनाई खुवाउने तथा गाउ छिमेकी, आफन्त, साथीभाइहरूसँग मादलको तालमा नाचगान गर्दै एकले अर्कालाई बोलाएर खुवाउने चाड हो यो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

अलपेश्वर बाबा–ज्ञादीको गर्व

पर्वत जिल्लाको सदरमुकाम कुश्माको पूर्वपट्टि २ कि.मि. को दुरीमा एउटा सुन्दर उपत्यका छ । पश्चिममा मोदी खोला र अत्यन्त सुन्दर नगरी सदरमुकाम कुश्मा, उत्तरमा माछापुछ्रे हिमालको आकर्षक सादा देखिरहने हिम शृङखला, दक्षिणमा यही जिल्लाको रुग्दी र शंकर पोखरी गाउँ र पूर्वमा वितलवत कार्कीनेटा, ठूली पोखरी, खौला लाकुरी आदिको बीचमा रहेको अति आकर्षक सुन्दर नगरी जसलाई ग्यादी भनिन्छ । पातिहाल्ना, चपाईफाँट, कटुवा चौपारी, कुजे विसाउना, हटिया, लम्पाटा सुवेदी चौर झाप्रेवगर, मोदीवेणी, चापटारी, कालीमाटी, नुआर वितलव, बडहरे, माझिगाउँ, सिल्मी, बुमी, आदि यहाँका स्थानीय र छिमेकी नामहरू हुन् । मोदी खोलाले अंकमाल गर्दै बगेको छ । मल्याङदी र “चिन्ने” नाम गरेका दुई खोलाहरूले बीचमा राखेर सिंचित गरिहेछन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सन्दर्भ भ्यालेन्टाईन डे को,सच्चा प्रेम गरौं

युवापुस्ता माझ निकै लोकप्रिय पर्व हो – भ्यालेन्टाइन डे,अर्थात प्रणय दिवस । त्यसतो युवा सायदै भेटिएला, जसलाई यसको महत्त्व र मिति थाहा नहोस । पछिल्लो समय नेपाली समाजमा घुस्दै गएको पाश्चात्य परम्परा मध्ये निकै नाम चलेको पर्व हो भ्यालेन्टाइन डे । जुन हरेक अङ्ग्रेजी वर्षको फेब्रुअरी १४ तारिख संसारभरका युवायुवतीहरूले धुमधामका साथ मनाउने गर्दछ्न ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

हिन्दूराष्ट्र हो मेरो

पवित्र भूमि नेपाल हिन्दूहरूको आराज्य देवी देवताहरूले बिभिन्न रुप लिई बसोवास भएको थलो हो । ग्रन्थका अनुसार सम्पूर्ण देवताहरू पवित्रस्थल हिमालयमा बसोबास गर्दछन । महाकवि कालीदासले पनि लेखेका छन – “कुमार सम्भव महाकाव्य, रघुवंश महाकाव्य, हिमालय ।”

महाकवि कालीदासले मिठो श्लोकबाट यसरी गुन्गुनाए थिए –

अस्त्युत्तरस्या म दिशितेवतात्मा हिमालयो नाम नगाधिराज
पूर्वापरौ तोयनिधि वगाह्यस्थित पृथिव्यामिवमान दण्ड ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

लिम्बू समुदायले सिङ्गापुरमा पनि चासोक तङनाम मनाए

प्रकृति पुजक लिम्बूहरूको महान चाड २०७१ सालको चासोक तङनाम ( उधौली पर्व ) सिंगापुरमा पनि भव्यताको साथ सम्पन्न भयो ।

सिङ्गापुरमा रहेका प्रवासी लिम्बू समुदायले पनि चासोक तङनामको साँस्कृतिक उत्सवलाई पहिलो चोटि नै भव्यता र सफलताको साथ मनाएर एउटा ऐतिहासिक यात्रा तय गरेको छ । उनीहरूको यो यात्रा त्यसै सुरु भएको छैन। आफ्नो मौलिक पहिचान र अस्तित्वलाई जीवन्तता दिने चेतनाको विकासले सुरु भएको एकदमै सार्थक यात्रा हो यो।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

धर्म र संस्कार

नेपाली समाज आजका दिन सम्ममा पनि अशिक्षाले ग्रसित नै छन आफ्नो धर्म र संस्कारको अर्थ, महत्व, र गरिमालाई बुझन नसकेको सामाजिक अवस्था अहिले व्याप्त नै छ यही छुट्ट्याउन नसक्नेहरूलाई नै दैनानीदिन जीवनका भौतिक र अभौतिक पीडाबाट मुक्त गर्ने हाम्रो उद्देश्य मुक्त गर्ने हाम्रो उद्देश्य हुनु पर्ने हो । त्यसमा पनि नेपालको आफ्नो संस्कृति र समाजको परम्परालाई समय साक्षेप बनाउने र जीवनका हरेक पक्षमा सहयोगी, दृढ साहसी बनाउदै सबैलाई समेटिएर अगाडि लैजान र अन्धविस्वास, कुरीति वाट पिडित, अचेतनाका कारणले गर्दा आफ्नो धर्म र संस्कारलाई बुझन नसकेका जमातलाई शिक्षि गर्दै लैजाने काम हामीले गर्नु पर्थ्यो । तर समयमै त्यस्तो हुन् नसक्दा धर्म परिवर्तनको खेती निक्कै मौलाउदै गएको देखिन्छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

वर्षभरिका एकादशीहरु, एकादशीको उत्पत्ति र महिमा

परापूर्वकालमा ब्रह्माको वंशमा तालजङ्घ नाम गरेको असुर उत्पन्न भएर पछि उक्त दानव ‘मुर दानव’ नामले प्रसिद्ध भयो । सो दानवको अत्याचारले स्वर्ग लोकका देवगणहरु हैरान थिए । सोही दानवलाई समाप्त गर्नका लागि भगवान विष्णुको शरीरबाट अत्यन्त रुपवती एवं दिव्य अस्त्र शास्त्रले युक्त कन्या प्रकट भइन् । भगवानको तेजको अंशबाट उत्पन्न भएकी ती पराक्रमी कन्याले मुरलाई खरानीको थुप्रोमा परिणत गरिदिइन् । तिनै कन्याको नाम साक्षात् एकादशी थिइन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

दशैंको महत्व

दशैंको महत्वबारे चर्चा गर्नु पूर्व आजका बालबालिका र किशोर किशोरीहरूको मनोविज्ञानको बारेमा थोरै चर्चा गर्नु सान्दर्भिक होला । हाम्रो हिन्दू संस्कृतिमा भएका चाडपर्व रीतिरिवाज आदिमा सुन्दै हाँसो लाग्ने अलौकिक वा जादुगरी कथा किम्बदन्ती जोडिएर आएका छन् । वेद पूराण र किम्बदन्ति कथाहरू लोक साहित्य हुन् । साहित्यका विम्ब र प्रतीकले व्यक्त गर्न खोजेको कुरा नबुझेर पुर्खाले मान्दै आएको परम्परा भन्दै हामीले मान्दै आयौं तर आजका बालबालिका र किशोर किशोरीहरू त्यो मान्ने वाला छैनन् । किनभने यो साइबर युग हो कुनै कर्मकाण्ड गर्नुको पछाडि त्यसको बैज्ञानिक सत्यतथ्य बुझ्न चाहने जिज्ञाशू रहेको हामीले पाउन थालेका छौं । अत: हाम्रो संस्कृति र रीतिरिवाजको बैज्ञानिक पक्ष उनीहरूलाई बुझाउन सकेनौ भने उनीहरूले त्यो मान्नेवाला छैनन् फलस्वरूप हाम्रो धर्म संस्कृति र रीतिरिवाजको बारे बैज्ञानिक सत्य तथ्य खोज्नु अति आवश्यक भइसकेको छ । प्रस्तुत लेख त्यसैको एउटा झिनो प्रयास हो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

हिन्दू महिला स्वतन्त्रता दिवश हो तीज

वर्ष दिनभरि चुल्हा चौका, घाँस दाउरा, मेला पात अर्म पर्म, पानी पँधेरोको बुहार्तन सहेर बस्नु पर्ने हिन्दू नारीहरूलाई तीजको तीन दिन आफ्ना सारा कुण्ठाहरू बिर्सेर नाच गाऊ खाऊ मनोरन्जन गर भनेर पुरुषहरूले दिएको स्वतन्त्रता हो, तीज ।

३६५ दिन नै काममा जोतिएको जोतिएइ हुनु पर्दा त्यसबाट उत्पन्न हुने कुण्ठाले देवी दुर्गा कालीको रुप धारण गरेर हिन्दू नारीहरूले पुरुषवर्गको अहित गर्छ कि भन्ने भयले पौराणिक कालमा (३००० देखि २५०० वर्ष पूर्व) वर्षमा तीन-चार दिन तीजको नाममा नारी स्वतन्त्रता दिएको हुनसक्छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
KalpanaPoudelJigyashu

रुढीवादी परम्म्परा विरुद्दको अन्दोलन ‘तीज पर्व’

युगौंदेखि रुढीवादी, अन्धविश्वासले महिलाहरूलाई जकडाइरहेको छ, त्यस माथि पनि नयाँ–नयाँ फेशनहरूका कारण धार्मिक विश्वास बोकेको हिन्दू सांस्कृतिक पर्व तीज झनै महंगो बन्दै गइरहेको छ अहिले । यसले भविष्यमा यो पर्वकै कारणले नारीहरू माथि अँझै नकारात्मक पीडाहरू भोग्नु पर्ने सम्भावनालाई अस्वीकार गर्न सकिंदैन ।

हिन्दू धर्म संस्कृति अनि हिन्दू नारीहरूको ताजको रुपमा रहेको हरितालिका तीजमा बिस्तारै पश्चिमा शैली हावि हुदै गइरहेको छ । कसैले हेरोस्-नहेरोस्, नाच राम्रो होस् नहोस सुर न तालका छाडा गीत बजारमा भित्रिएका छन् हाउभाउ, अभिव्यक्ति, शैली मिलोस्-नमिलोस्, उफ्रिरहेकै देखिन्छन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बज्न छोडे पञ्‍चै र नौमती बाजा

रामेछाप चिसापानी-४ का ५२ वर्षीय शम्भुप्रसाद भुसालले पञ्चै बाजा बजाउन थालेको चार दशक पूरा भएको छ। बाबुबाजेले गरिआएको पेसा धान्ने उद्देश्यले बाजा बजाउन थाले पनि पछि संस्कारसमेत जोगिने बुझेपछि उनी यसैमा लागी परे।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

रातो मत्स्येन्द्रनाथ रथयात्रासँग भोटोजात्राको सम्बन्ध

नेपाल सानो भएतापनि विविध धर्म र संस्कृतिमा भने संसारमै धनी मानिन्छ । नेपाल अर्थात् काठमाडौं उपत्यका मन्दिरै मन्दिरले भरिएकोे शहर, जहाँ बाह्रैमहिना कुनै न कुनै जात्रा तथा पर्व भइरहेको हुन्छ । अझ भनौं नेवार समुदायभित्र हुने अनेक चाडपर्वहरु मध्ये ललितपुरमा हुने नेपालकै सबैभन्दा लामो समयसम्म मनाइने पर्व रातो मत्स्येन्द्रनाथ रथयात्रा हो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

को हुन् थाक्‌का थकाली?

नेपालका विविध जातिगत समुदायका प्राचीन इतिहास बोकेका नेपालीमध्ये ऐतिहासिक चिनारीका रूपमा तल्लो थाक् खोलाका थकाली बन्धुहरूको इतिहास बुझ्न निकै कठिनाइ भएको कुरा विभिन्न देशी तथा विदेशी विद्वान्ले व्यक्त गरिरहेकै कुरा हो।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •