editor
स्वर्ग यो देश हाम्रो

शिर मुकुट हीराको विश्वको ताज राम्रो
प्रकृतिज ढुकुटी यो रत्न सौभाग्य हाम्रो
अतुल जल अनेकौँ रूपमा जेलिएका
प्रकटित जलधारा निर्झरी हेलिएका ॥१॥
ललका बेल्ट (मैथिली कथा)
~माए गै ! हमहूँ हटिया जेबै !
~से किया रे ? नइँ जो, साँझ पैड गेलै, दोसर दिन जाइहें । हे तोराल’ हम जलखै नने एबौ, फोँफी सोहो नन’ लएबौ ।
~नइँ जोऽऽ, हम जेबेऽ करबै । नाइँ, नाइँ, नाइँ….. । (काइनते काइनते)
~ मर, नै कान न’ रे । आब कि करबै ? कमलपुर बाली हमरा खातिर रूकल हेतै । ले,ले चल चुप हो, चल । पहिलैये लेट भ’ गेलै ।
हण्डर र ठक्कर

हामी हण्डर र ठक्कर खाएर चिउरा भइसक्यौँ । तिमी भने दिनानुदिन टुसाउँछौ । हामी अँझ चाम्रँदै होचिन्छौँ । तिमी भने उम्रेर झ्यागिन्छौ । तिम्रो बुद्धि पलाइरहेझैं छ । हाम्रो शुद्धि हराइरहेझैं छ ।
Read More »हण्डर र ठक्करविनेसाम नेपाल शाखाले मनायो लक्ष्मीजयन्ती
लक्ष्मीप्रसाद देवकोटाका ११२ औं जन्म जयन्तीको अवसरमा लक्ष्मीपूजाको विशेष दिनमा भर्चुअल माध्यमबाट रचना वाचन कार्यक्रम सम्पन्न गरिएको छ।
कोरोनाले विश्वभर महामारी रुप लिइरहेको विषम परिस्थितिमा लामो समयपछि अनलाइनको माध्यमद्वारा साहित्यिक क्षेत्रमा देवकोटाले पुर्याएको योगदानको स्मरण गर्न आयोजित कार्यक्रममा विश्व नेपाली साहित्य महासंघ नेपाल शाखाका साहित्यकार तथा सदस्यहरुले लक्ष्मीप्रसाद देवकोटाको बारेमा चित्रण गरिएका विभिन्न गीत, कविता, गजल, मुक्तक जस्ता रचना वाचन गरेका थिए।
भाइटीका
सुत्केरी हुँदा अत्यधिक रक्तश्राव भएर बेहोस भएकी भुजेल्नी पुत्रिरत्नको मुखै नदेखी भगवानकी प्यारी हुन पुग्छिन् । एकातिर पत्नी वियोगले बिक्षिप्त बनेको भुजेल माहिलो लासको छेउमा बसेर फुटीफुटी रुन्छ भने अर्कातिर मातृवियोगले तड्पिरहेको पाँच वर्षे यम लडिबुडी गर्दै चिच्याउन थाल्छ । बुहारीको अकालमै ज्यान गएकाले बुढी सासू पनि भक्कानिदै रुन्छिन् ।
‘लोग्ने’भन्दा ‘लोग्नेमान्छे’ गजब
भन्नु होला ‘लोग्ने’ र ‘लोग्नेमान्छे’ उस्तै हो तर होइन । ‘लोग्ने’ भनेको स्वास्नीको पोइ र ‘लोग्नेमान्छे’ भनेको आमाबुवाको छोरो हो । जबसम्म छोरो भइन्छ तबसम्म ‘लोग्ने’ भइँदैन । जब ‘लोग्ने’ भइन्छ तब छोरो रहिन्दैन ।
‘लोग्नेमान्छे’ शब्द ‘लोग्ने’ र ‘मान्छे’ अलग–अलग शब्द संयोजन भएर बनेको समस्त शब्द हो । बिहेअघि पुरुषलाई दिइने यो शब्द बिहेपछि सम्बन्ध विच्छेद गरी ‘लोग्ने’ र ‘मान्छे’ अलग–अलग बन्न पुग्छन् । ‘मान्छे’ भन्ने शब्द अर्थसहित पोइल जान्छ र ‘लोग्ने’ शब्दले मात्र आफ्नो स्थान समाउँछ ।
पृथ्वीको पुकार
बन्यौ स्वार्थी, लोभी भन किन तिमी सन्ततिहरू ?
लुछ्यौ छाला, लाम्टा, रगत पनि चुस्छौ कति अरू ?
गला घोटी घोटी रिपु सरह हान्यौ मरणमा
दया भिक्षा माग्दै अब त म परेँ लौ शरणमा ।
म सग्लो प्राणी हूँ, वरिपरि घुमाऊ नजर त्यो
नदी नाडी सम्झे जल रगत नै सम्झ तनको ।
लता झाडी हुन् रौँ, हिमगिरि भयो माथ बुझ यो
बुझे ढुङ्गा हड्डी, सकल धरती यो तन भयो ।
कलाकारिताको सेरोफेरोमा सप्तरी

नेपाली हिन्दू परम्परामा प्राय: मानव जीवनको प्रादुर्भाव संगीतबाट हुन्छ र अन्त्य पनि संगीतमै टुङ्गिन्छ । किनभने मानवको जीवन स्वयम् लयबद्ध छ र हुन्छ पनि । त्यसैले त सबै थोक व्यवस्थित हुन्छ । हामीले जीवनको स्वर्णिम विहानीदेखि अस्तको कालो सन्ध्यासम्म सङ्गीतलाई अस्तित्वको रूपमा स्विकार गरेका हुन्छौँ । मानव जीवनमा सङ्गीतले नछोएको अध्याय नै छैन । भन्न पनि भनिन्छ, मानव सङ्गीतमय वातावरणमै जन्मन्छ र सङ्गीतमय वातावरण हुँदै श्मसानघाटमा पुगेर विलिन हुन्छ । मृत मानिसलाई ‘राम नाम सत्य हो’ जप्दै श्मसानघाट लग्ने प्रथा यसकै ज्वलन्त उदाहरण हो ।
दाइजो
त्यतिबेला हामी सानै थियौँ । हाम्रो गाउँमा एक जना अधवैंसे मान्छे साइकलमा टीका–धागो बेच्न आउँथे । उनी आफ्नो पुख्र्यौली घर सप्तरी जिल्ला बताउँथे । झापातिर व्यापार गर्न आएको भन्थे । उनलाई हामी सम्मानले ‘भैया’ भनेर बोलाउँथ्यौँ । तर, बुबाले उनी तिमीहरूभन्दा ठुलो मान्छे भएकाले काका भनेर बोलाउनुपर्छ भन्नुहुन्थ्यो । हामीले काका भनेर बोलाउँदा उनी एकदमै बुढो भएको अनुभव गर्थे । हाम्रो भाषामा दाजुलाई ‘भैया’ भनेर बोलाइन्छ, त्यसैले तिमीहरूले मलाई भैया नै भनेर बोलाउनु भन्थे ।

१)
प्रकृति काख जन्मियौ नाम माधव भनेर
सरकार
बिन्ती आज मेरो यो छातीमा बन्दुक नपड्काऊ
विदेशमा बसेर
व्याकुल भ हमर मन
आब शरद्क ऋतु आगमनके एहसास होइय
धरतीशिर हिमालबाट सभ्यता फैलेको
आमाइ नेनिबारे लोलि मापिहि दोन्भारे लाङ्का
बाल्यकालमा,