Skip to content

editor

MediniPrasadSharma

गर मङ्गल रक्षण

अधिक मासका साथ, प्रमादी नाम संवत
नाम सार्थक पार्दैछ, देखाई शक्ति वर्कत ।।
कोरुना रूप दावाग्नि, लागेको छ भवाटवी
पुटपाक भएको छ, उत्साही भावना दवी ।।१।।

दैवी प्रकोप भू-कम्प, बाढी पैह्रो र कोरुना
गन्तव्यस्थलमा पुग्न, चलेका यात्रु वाहन ।।
भई दुर्घटना कोही, भएका छन् हताहत
कोही गम्भीर घाईते, भए कोही दिवंगत ।।२।।

घरको छानामा ढुङ्गा राखेर

घरको छानामा ढुङ्गा राखेर आएको हूँ
मुग्लान म घरजग्गा राखेर आएको हुँ

नाकको परिधिमा हस्तक्षेप मान्य छैन
रूप देखाउन जुँगा राखेर आएको हूँ

धन्य भगवान् !

एकाबिहानै,निद्राबाट ब्यूँझाएर
आमाले भन्नु भो
बाबु उठ, भगवानको पूजा गर ।
तर खै ! म नदेखिने भगवानको
पूजा कसरी गरूँ…..।

यहाँ हजारौँ भगवान्हरू
सडकमा छट्पटाउँदै रोइरहेछन्
भोक,शोक र रोगले
तिनको दयनीय स्थिति हेर्दै भगवान्

सिमानामा अब एउटा

सिमानामा अब एउटा वीर गोर्खाली चाहिएको छ
त्यो हाम्रो हो र हामीलाई महाकाली चाहिएको छ

मैले जति नै आलि लगाए पनि ऊ भत्काइरहन्छ,
सायद उसलाई सोझो हैन छिमेकी जाली चाहिएको छ

आऊ प्रिय शान्ति आऊ

तिम्रो अविरल स्पर्शको कुराइमा
मनधारी म भित्रको अन्तरात्माले
कति अखप छटपटीहरू पचाए
कति ब्यग्र उकुसमुकुसहरू पिए
कति अधिर पलहरू बिताए

कमल आचार्यको कोसेली भित्र पस्दा

परिचय–
होनहार प्रतिभा कमल आचार्यजी (वि.सं.२०००)को ७५औं जन्म दिनको अवसरमा दुईओटा कीर्तिहरू ‘‘कोसेली’’(२०७५) र ‘‘व्यवहारिक दर्पण’’ (२०७५) विमोचनमा आए । त्यसै दिन विमोचन समारोहमा म पनि सहभागी हुने मौका पाएको थिएँ । उहाँ मसँग पूर्व परिचित भए पनि उहाँको कवित्व शक्तिको बारेमा मलाई थाहा थिएन । उमेरको हिसावले उहाँ मेरो दाज्यू नै पर्नुहुन्छ भने भावनात्मक रूपमा उहाँ मेरो सहृदयी मित्र हुनुहुन्छ ।

तिमी को थियौ

तिमी को थियौ म को थिएँ नाता जोडियो पैसाले
मनभन्दा धन ठुलो रैछ नाता तोडियो पैसाले

दुइटा मुटु एउटै थियो यात्रा हाम्रो सँगसँगै
दोबाटो आयो कतिखेर बाटो मोडियो पैसाले

शङ्का

आफ्नो खोकी पो खोकी
अर्काको खोकी त कोरोना पो हो कि ?
आफ्नो गाउँ पो गाउँ
अर्काको गाउँ त जाऊँ कि नजाऊँ ?
आफ्नो राम पो राम
अर्काको देशको राम त साँच्चै हराम !
आफ्नो डम्फू पो डम्फू
अर्काको डम्फू त सोरै आना लम्फू ।

कविता खोज्नु पर्दैन

कविता खोज्न
भीर पहरामा जानु पर्दैन,
शीतल छहारीमुनि बस्नु पर्दैन
प्रेयसीलाई पर्खिनु पर्दैन,
एकान्त ठाउँ रोज्नु पर्दैन,
गफ गर्दागर्दै
टोलाउँदा टोलाउँदै

पसिनाको रङ

श्रममा खुलेको मृदुल सरगम सुनिरहेछु । कलकल बगिरहेछ जीवन, छलछल चलिरहेछ जीवन । कलकल बगिरहेको जीवन पिइरहेछु । मस्त उमङ्गमा जिइरहेछु । दुःखका विद्रुप छायाँहरुले बिदा लिँदा छन् । जीवन मोहनिन्दार देखिँदो रहेछ । पसिनाले लथपथ छु र पनि सुखी छु । विहानीको पाँच बजेदेखि बेलुकीको आठ बजेसम्म श्रमरत छु, हाडगोडा मिहेनत गरिरहेछु र पनि सन्टुष्ट छु । पाँच बजे घरबाट निस्केको मान्छे आठबजे घर फर्किँदा पसिनाले लथपथ हुन्छु । पसिनाले शरीर भिज्छ, लुगा भिज्छ गर्मीमा प्रत्येक रात नुहाउँछु । एक ताजगीमा विश्राम गर्छु । पुनः सवेरै उठेर कर्मपथमा डट्छु । मेरो शरीरबाट कतिमाना पसिना बग्यो होला ? अनुमान लगाउन सक्तिन । तर पसिनाले एक मस्ति दिइरहेछ ।

रारा र चन्दन

२०४६ सालको बहुदल घोषणापछि राजनीतिक पार्टीहरूको राजकाज सुरु भयो । प्रायः राजनीतिज्ञहरू आफ्नो सङ्घर्षको बदलामा राजसी सुखभोगमा लिप्त भए । सायद भागबन्डा नमिलेको हुनसक्छ, तर केही राजनीतिज्ञहरूले आफ्नो लक्ष्य देश बनाउनु र जनताको जीवन स्तर उकास्नु हो भनेर बाउँटिए । तिनले दुर्गममा पसेर माओवादको नाममा सशस्त्र सङ्घर्ष सुरु गरे । यो आन्दोलन सरकार र माओवादीबीच पूरै दश वर्ष चल्यो । यस आन्दोलनमा सबैभन्दा बढी सर्वसाधारण पेलानमा परे । धेरैको ज्यान गयो ।

पत्नी

भुल्ने साझ र रातमा क्षितिजका तारा नियाली किन ?
पोल्ने यो मन,को पकाउछ ?भनी तर्कन्छु रातों दिन ।
बाढी आउछ यो अतीत दिलमा पौडन्छु गंगा सरी ।
हाँस्ने दिक्क हुदा सँधै घरिघरी सम्झेर ती निर्झरी ।।१।।

गौँथलीको गुँड

विश्व मानव जगत् कोरोनाको आगोमा पिल्सिइरहेको थियो । बुद्धको देशमा पनि युद्धको ऐलान दिँदै कोरोना भाइरस कोभीड १९ले उग्र रूप लिँदै थियो । सारा प्रकृति उही र उस्तै गतिमा चलिरहेको थियो । मात्र मान्छे घररूपी सुन्दर जेलमा बन्द थियो । सडकमा चहलपहल मन्द थियो । लकडाउनको शून्यता चारैतिर नाचिरहेकै थियो । ठिक त्यही समयमा कुसुमपुरीको भीमसेन टोलमा एउटा घरको अर्ध खुला सटरभित्र एक जोडी गौँथली भित्रिन्छ ।

फरक

ठुलाहरू भन्दै थिए -“सिंहदरबार गाउँ गाउँमा पुर्‍याउछौँ ।”

नभन्दै मौका मिल्नासाथ ठुलाले द्रुतगतिमा गाउँ गाउँमा सिंहदरबार लगे ।

कुनै पनि काम समयमा पूरा नभइरहेकोमा यो काम चाहिं समय अगावै सम्पन्न भएकोमा ठुलाले प्रशंसा ब्यौछार गराए ।

मोदीजीलाई पत्र

मोदी तिमी भारतमा राम्रैसँग उदायौ,
छिमेकीहरूमा नयाँ
आशाको पालुवा पलायो
नेपाल भ्रमणमा आयौ
पशुपतिनाथको दर्शन पायौ
तिम्रा गहकिला सम्बोधनले
नेपाली नेता र जनता रमाए,

सार्थक राजनीति

हुन त नीतिहरुमा
उत्कृष्ट हो राजनीति
तर खै यहाँ त
फोहोरी खेल बनाइएको छ ।
बुझ्न चाहेर पनि नसकिने
जालझेलको पर्याय भएको छ
राजनीति हाम्रो परिवेशमा ।

20201011_NarendraRajPaneru-BackBencher

‘ब्याक बेञ्चर’ निबन्धसङ्ग्रह : स्वपठन र बुझाइमा

काठमाडौँ खाल्डामा आफ्ना बालबचेरा छाडी रामेछापतिरको प्रख्यात विद्यालयका विद्यार्थीका प्यारा शिक्षक पेशल आचार्यले आफनो व्यक्तिगत, घरपरिवार र विद्यालयको व्यस्त समयको जिम्मेवारीका बाबजुद पनि आफनो व्यक्तिगत, पारिवारिक तथा शिक्षण कार्यका बीचमा आफूले देखेका, भोगेका तथा लागेका विषयवस्तु ‘ब्याक बेञ्चर’ निवन्ध सङ्ग्रहका रूपमा प्रस्तुत गरेका छन् । २०३६ सालदेखि निरन्तर साहित्य लेखनमा व्यस्त आचार्यको यो कृति एक अर्को कोसेढुङ्गा हो । यस अघि यिनका नौवटा कृतिहरू प्रकाशित भैसकेका छन् । सातवटा बाल साहित्यका र तीनवटा प्रौढ साहित्यका कृति नेपाली साहित्यको भण्डारमा दिइसकेका आचार्य लेखन, शिक्षण र प्रशिक्षणमा रमाएका व्यक्ति हुन् ।

आज नयाँ गीत यौटा गाउन मन लाग्यो

आज नयाँ गीत यौटा गाउन मन लाग्यो
तिमीसँगै प्रीत फेरि लाउन मन लाग्यो

बिहानीले भाका फेर्यो दिन ढल्न थाल्यो
बालसखा ! हाम्रो गीत गाउन मन लाग्यो