Skip to content

editor

असफल जिन्दगि

जिबन संघर्सको यात्रागेलाइ पाराकाताङ हानिघाँ
गुजारा खिनिं चलिकाताङ हानिहि,
जिन्दगिता काम्हाइलि सुख सायल बाँन्चिलि दोकाते,
कथा काहानि खिनिं जेङ्काताङ हानिहि ।

नापिहि भाग्यहोइसाथ नातें कर्महोइ, माबुझिका
जिन्दगि अझै तनाव हि दोपिकाताङ हानिहि,
सफलताको पाहिरो ताकेका या जिन्दगिहोइ
झन्झन् टेन्सनको पार्खाल थोपिकाताङ हानिहि ।

ने कहके आँट रखैत छी (मैथिली गजल)

भुलि नई सकैछी ने कहके आँट रखैत छी
मोन ही मोन सही बहुत याद करैत छी

व्याकुल होइछी जखन देखलाय सुरतके
अँहाके डि.पी. के जुम कय कअ देखैत छी

पुनर्मिलन

गर्मीमास । दिनभर जंगलमा आरा काटेर साँझपख लखतरान भएर घर आइपुग्दा आफ्नी स्वास्नीलाई घरमा नदेखेपछि हर्कमान रिसले भाउन्न हुन्छ । घरको चप्पा चप्पा छान मार्दा पनि केही खानेकुरो हात नलागेपछि स्वास्नीले बजार लगेर बेच्न ठिक्क पारेका खोयाबिर्के रक्सीका बोतलहरुमध्येका तीन बोतल रक्सी थकाई र भोकप्यासले रन्थनिएको हर्कमानले एकै सासमा तुर्याउँछ । फलस्वरुप नशाले उसलाई अनियन्त्रित बनाउँछ ।

MayaKumariRijal

छायाको गहिराइ

कालो बादलको छाती चिरेर
निस्केको सुन्दर शरच्चन्द्र जस्तै
अनुभूतिको गहिराइबाट निस्किन्छन्
जीवनका अनेकन छायाहरू
अनि लिपिदिन्छन्
आफ्ना शीतल किरणहरुले
साहित्यको विशाल धर्ती

महोदयज्यू, अब कहिले हो त मुन्टो हल्लाउने

ललीपप देखाउने
कहिले फकाउने कहिले फुल्याउने
महोदयज्यू
अब कहिले हो त मुन्टो हल्लाउने

कहिले छुमन्तरले
पर तल हूलमै मिसाउने
कहिले रातो दलेर
नजिक माथि समानान्तर बसाउने

म रातभन्दा पनि एक्ली छु

जब उज्यालोले छाडी अँधेरी छाउँछ
तब, रातलाई साथ दिन जुन आउँछ
म रातभन्दा पनि एक्ली छु,
रातसँग त जुन छ,
असङ्ख्य ताराहरू छन्
मसँग छ त केवल
केही थान तिम्रा यादहरू
अनि एक्लोपन

GiriRajPaudel

को दोषी ?

ब्राह्मण, क्षेत्री, बैश्य र शुद्रमा सद्भाव अनि श्रद्धाको
बन्धुबान्धव इष्टमित्रसहित आफ्ना नातागोताको
मान, मर्यादा, इज्जत र सम्मान आफ्नै रीतिले गरी
धनको मात सबैमा बढ्नाले नाना किसिम र धरी ।।

आफू बीच सधैं विवाद झगडा अनि इर्ष्या गर्नाले
हर रोज पैसा, द्वेष, अहम्पना बृद्धि हुँदै जानाले
ऐश–आराम र मोज मस्तीको अनुकरण गर्नाले
बंशैको अधोन्नति हुन पुग्यो अबुझ सठ बन्नाले ।।

KiranJha

बन्द करू दहेज प्रथाके (गीत)

बन्द करू बन्द करू बन्द करू
दहेज प्रथाके अन्त करू
करय छी बरागत सत सत प्रणाम
हटाऊ सब मिलिक दहेजक नाम ।

महामांस बेची जुनी कटु फुफाकर
आदर्श ब्याह करू बनु उदार
पुत्र अहाके रत्न समान
हटाऊ सब मिलिक दहेजक नाम ।

आमाजस्ती श्रीमती

धेरै कला जानेकी,
गला पनि भएकी
सहरको भाका नटिपेकी
क्रिम, पाउडर लाउनै नपर्ने
हेर्दै गोरी र राम्री देखिने
पँधेरोबाट पानी बोक्न लाज नमान्ने
घर सजाउन जानेकी,

म सम्राट

तिम्रो प्रपञ्च, मेरो सौगन्ध
तिम्रो रजाइँ, मेरो जुधाइ
तिम्रो हासो, मेरो दृश्यावलोकन
तिम्रो पासो, मेरो सिंहावलोकन
जहाँ तिम्रो हेराइ, त्यतै मेरो नजर
जसलाई तिमी गर्छौ बदर, त्यसैलाई म गर्ने सदर
माने पनि, नमाने पनि म सम्राट तिम्रो !

मुस्कान

मन्दिरमा भक्तालुजनको घुइँचो !
पूजापाठ, स्वस्तिशान्ति, भाकल, भोजभतेर र तीर्थव्रतमा धन खर्च !!
प्रश्न – यो सब केका लागि गर्दै हुनुहुन्छ ?
उत्तर- पुण्यप्राप्ति, मन शान्ति !!!
उनीहरूको भित्री चाह थाहा पाएको मूर्तिको मुस्कुराहट ।

रुवाउने प्रेम क्षणिक हो

रुवाउने प्रेम क्षणिक हो र याद स्थायी हो
मलाई डुबाइने तिम्रै मायाको गहिराइ हो

ऊ फेरि मागिरहेछ दश हजार घरभाडाको
के गर्नु ? नाताले हामी आफ्नै दाजुभाइ हो

अनाम पाठशालामा एकदिन

अप्रिय सानु,

तिमीले तिम्रो शैक्षिक विगतका बारेमा जान्न चाहेका रहेछौ । ढिलै भए आज लामो समयपछि तिमीलाई तिम्रो शैक्षिक विगतले आकर्षित गरेछ । खुसी लाग्यो । तिम्रा शैक्षिक विगतका बारेमा सम्पूर्ण कुरो त म पनि जान्दिनँ तर पनि स्मृतिको धमिलो चित्रमा अवशेषका रुपमा बाँकिरहेका केही भग्न इतिहासबाट सम्भव भएसम्मका विगत टिपेर पठाउँदै छु । तिमीलाई काम लागे प्रयास सफल भएको मान्नेछु ।

AbhitKumarChaudhary

सप्तरीके थारू संस्कृति : एक विश्लेषण

खोला कताके ठण्ढा हावामे बहौत दिनसे कुदल चियै
टुटल नै छै हमर बनेलहा घर सदियौँसे बैसल चियै ।

आपन मातृभषा, आपन परम्परागत रीतिरिवाज, बेग्ले किसिमके सांस्कृतिक पहचान, सामाजिक संरचना और लिखित या मौखिक इतिहास भेल जमा ५९ जाइत या समुदायके आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन २०५८ के परिच्छेद १ धारा २ के (क) बमोजिम आदिवासी जनजाति कैहके परिभाषित क्याल गेल छै ।

एक थान जिन्दगीको मूल्य कति पर्छ हँ !

निक्कै सुन्दर छ शहर,
निक्कै धुमधाम छ शहरमा
तर म त गाउँमा बस्छु
त्यसैले जान्न मन लाग्यो —
शहरमा एक थान जिन्दगीको मूल्य कति पर्छ हँ ?

देसान- कहर

वसन्तको मौसम ताइको गतिता झोतेङ्हि
प्राकृति याम निमभाइपा खेपितेङ्हि
सदियौसो
सान्हे उस्काङ हि
तालि उस्काङ हि
न्हिसिन उस्काङ दिना उस्काङ
समयें बुङ वाकोङ गतिता चलितेङ्हि
पृथ्बि रो प्राकृतिक मौसमगेलाइ बुङ

चेतनदीप

एक पोल्टो खुशी बटुलेर
दूधे बच्चाको ओठमा
फुलाएर मखमली
पाखामा डुल्छन् पाखुरीहरू
आँखामा झुल्छन् सौम्य कपनीहरू
रम्छन् स्निग्ध चौतारीमा
चम्कन्छन् तब ओठ दौँतरी साथमा
सपेटी पारेर पौरखमा खुट्टा टेक

पाँच मुक्तक (सर्प पाल्न सरकार)

१.
सर्प पाल्न सरकार यहाँ करोडौं छुट्याउँछ
यथार्थ भुल्छ र भन्छ गोरु नि ब्याउँछ
सिटामोल नपाएर मर्नु पर्छ जनताले
दङ्ग पर्छु कस्का लागि यी योजना ल्याउँछ