Skip to content

editor

मन्द बुद्धि बालक

एउटा सानो बालक जो मनको सफा छ
स्वच्छ विचारमा पनि लाग्दैन उसमा केही कमि छ
ऊ हरेक कुरामा ज्ञानले पूर्ण हुन चाहन्छ
तसर्थ ऊ पुरा ध्यान लाएर सोचिरहन्छ
तर सायद त्यसैले गर्दा समाजले उसलाई
मन्द बुद्धि बालक भनेर बोलाउँछ

मै शहर मे घुमथौ (थारू भाषाको गजल)

सफर मैं हौ एक सफर मोए में फिर है
मैं शहर में घूम थौ, शहर मोए में फिर है

मिर टूटो घर हंसके मत देख मीर नसीब
मैंअभै टूटो नाहौ, एकघर मोए में फिर है

खूबै वाकिफ हौ दुनिया कि हकीकत से
शख्स हर घेन से बेखबर मोए में फिर है

भुल्न सकिएन

धेरै चोटि हेरें तिमीलाई धेरै चोटि देखें
बाटो छुट्टी गएकोले मन मारी बसें
पाइला मोडी तिमीबाट नभागेको होइन
तर पनि तिमीलाई किन भुल्न सकिएन

दोबाटोमा उभिएर कुर्दाकुर्दै तिमीलाई
मनमुटु एउटै पारी हेर्दाहेर्दै तिमीलाई
आँशु झारी तिमीसामु नरोएको होइन
तर पनि तिमीलाई किन भुल्न सकिएन

पीडाको बखान

आकाश गर्जन्छ, पानी बर्संदैन । हिमाल फुलेको महसुस हुन्छ, खेतमा फुङ्ग धूलो उडेको भेटिन्छ । लामो समयसम्म जनताको तिरो खाएर जिम्माको कामको टुङ्गो नलगाई घर फिरेका आधा दर्जन मान्छे गाउँ चहार्न हिँडेको देखिन्छ । तीमध्ये आधा जतिले भोलिबाटै काँधमा हलोजुवा बोकी खेततिर लाग्नुपर्छ । दिनमा असिनपसिन भएर काममा जोतिनु र साँझपख घर फर्कनु अनि खाना खाएर आकाशका तारा गन्नु नै उनीहरूको दिनचर्या हुन्छ । नजिकै नहर दौडिरहेछ । त्यो नहर हेर्नका लागि मात्र यो बाटो भएर बग्छ । हाम्रो खेतमा सिँचाइ हुँदैन । कारण, नहर खेतभन्दा दश/पन्ध्र फिट गहिरो छ ।

देशको बलात्कार

कसले देश र जनताको सत्कार गर्छ यहाँ
बालुवाटार स्वयं देशको बलात्कार गर्छ यहाँ

झुटा मिठा अनेक सप्ना बाडँछन् छद्मभेषी
खै कुन जोगी आए पछि चमत्कार गर्छ यहाँ

BishalDewal

निर्माताको अभिनय

‘आर्टिस मोड, रोल, एक्सन’ निर्देशकले नायकलाई आदेश दिए । नायकले भने अनुसार दुई प्रतिशत पनि अभिनय गर्न सकेन ।

निर्देशक अवाक भयो । नायक बम्कियो ‘म निर्माता हुँ, मैले लगानी गरेको छु, जसरी हुन्छ त्यसरी मलाई रोल खेलाऊ, अरू कुरा म जान्दिनँ ।

मेरो माया नम्बरी हो

मेरो माया नम्बरी हो मसी लाउनु पर्दैन
अकबरी सुनलाई कसी लाउनु पर्दैन

संसारैमा प्यारी तिमी पाएँ, तिमीसँगै प्रीति लाएँ
सयौँ जुनी माया लाऊँ, मैले यस्तो कसम खाएँ
मेरो माया तेजाबी हो मसी लाउनु पर्दैन
अकबरी सुनलाई कसी लाउनु पर्दैन

कानून लागू हुने देश

त्यसै दिनबाट मेरो बाहिरी संसार अँध्यारो भयो। हावा झै उड्ने मेरो मन कसरी थिग्रियो होला यत्तिका दस वर्ष? आफैंले बिताएका पलसँग पनि कति साँघुरो विश्वास?

साना थिए। कलिला थिए। भाँच्दा पिटिक्क भाँचिने इपिलका डाँक्ला-मेरी दुईवर्षे छोरी ज्योतिका कोमल अंगजस्तै। आज बयस्क भएछन्। मेरी ढुकढुकी ज्योति कत्री भैहोली? बयस्क भैसकी होली इपिलजस्तै बढेर ऊ या मेरो अभावमा पानी नपाएर सुकेका यी बकाइनाका विरुवाजस्तै भैहोली। उँभो बढ्न पनि त सहारा चाहिँदो रहेछ नि। नत्र एकै ठाउँका/एउटै उमेरका यी इपिल र बकाइनाका बोटमा किन यत्रो अन्तर?

प्रेमाहुती

बादलुको च्यादर च्याती
वर्षा बनी र्बिसदेऊ न
पूर्णिमाको जून बनी
शीतल किरण छरिदेऊ न

यो मुटुको ज्वालालाई
शित बनी निभाइदेऊ न
यी आँखाका आँशुलाई
तिम्रा हातले पुछिदेऊ न

म बुढो भएछु

बालकछँदा
कमेजको टाँक तलमाथि लगाएर
बाहुलाले सिँगान पुछ्दै
खरी र सिलोट च्यापेर
खाली खुट्टै स्कुल गएको ।
गोडाको नङ उप्किएको ठाउँमा
थाङना बाँधेर गोली खेलेको दिनहरू
कसरी चालै नपाई बितिसकेछन् ।

मिथिला मधेशक पावनि छठि

गाम समाज, एकही ठाम पुजे
छठि पावनि, बड विशेष छै
डुबैत सुरुजसँग, उगैतके पुजब
अही पावनिके, दिव्य सन्देश छै

ब्राह्मण क्षेत्री वैश्य हरिजन
अर्घ देवलाय, सँगसँग ठार छै
नर नारी जवान वृद्ध सभकेउ
परमेश्वरीके, करैत प्रणाम छै

मात्र एकपटक खोसिएको छैन

मात्र एकपटक खोसिएको छैन निरन्तर खोसिएको छ
संसार खोसिएको उसको बाँच्ने अवसर खोसिएको छ

उत्ता अदालतले निवेदन दिन पनि दस्तुर माग्यो
श्रीमान म मजदुर हुँ र मेरो ज्यालादर खोसिएको छ

आफ्नै पौरखमा भर लाग्छ

जो गरीब छ त्यो घरमा भगवानको वास हुन्छ
जहाँ भेदभाव हुन्न त्यहाँ जीवन बिन्दास हुन्छ

चाहिन्न मसिनो मिठो जीवन पालिरहेकै हुन्छ
जस्तै दु:खमा पनि जीवन त टालिरहेकै हुन्छ

बाबाको डायरीमा आश्मा

(प्रार्थना गानपछि नमुना मछिन्द्रको चौर खालीजस्तै थियो । विद्यार्थीहरू प्राय: कक्षा कोठामा थिए । अलि अँध्यारो मुख लगाएर न्यून दृष्टियुक्त आश्मालार्ई डोर्याउँदै कक्षाकोठाभित्र पसेको सक्षमलाई देखेर सबै अचम्म पर्दै हेरेको हेर्यै भए ।)

प्रसन्न: (बेञ्चबाट जुरुक्क उठेर जीउ तङ्काउँदै) लौ न, म आज सपना त देखिरहेको छैन ? के उल्का हो यो ?

निका पैसा लै खोटा (डोटेली कविता)

सभा भएकी ठौर लै कभै चुरोटको ठोटा धेकिनान
निकाइ धेकिनाका पैसा लै कभै खोटा धेकिनान

फोटामाइ भौत अल्का धेकिना मान्स साँच्ची छोटा धेकिनान
सम्भ्रान्त भणिनाका मान्स लै कभै आरक्षणका कोटा धेकिनान

पोष्टमार्टम रिपोर्ट

कोठा चिठिक्क मिलेको छ, खाट टेवल अनि सानो सुटकेस । कोठा मिलाउनलाई बढी मेहनत गरे जस्तो देखिन्छ ! टेवलमा सधैं झै किताव, छेउमा पानीको थर्मस अनि सिसाको गिलास । दुई जना पुलिस हातमा नेपाली कागज लिएर उसको कोठामा प्रवेश गर्दछन् । एक हुल जमात मानिस बाहिर कौतुहल्ताका साथ जिज्ञासु हुन्छन्, भनौ रमिते । म उसको अत्यन्त नजिकको साथी ठान्थे, हर कुरा मसँग साटछ भन्थे, तर आज यस्तो क्षण हुदा पनि म अज्ञानी भए । यसमा मेरो के दोष ? अहँ ! उसको पनि छैन ।