editor
पीडाको बखान
आकाश गर्जन्छ, पानी बर्संदैन । हिमाल फुलेको महसुस हुन्छ, खेतमा फुङ्ग धूलो उडेको भेटिन्छ । लामो समयसम्म जनताको तिरो खाएर जिम्माको कामको टुङ्गो नलगाई घर फिरेका आधा दर्जन मान्छे गाउँ चहार्न हिँडेको देखिन्छ । तीमध्ये आधा जतिले भोलिबाटै काँधमा हलोजुवा बोकी खेततिर लाग्नुपर्छ । दिनमा असिनपसिन भएर काममा जोतिनु र साँझपख घर फर्कनु अनि खाना खाएर आकाशका तारा गन्नु नै उनीहरूको दिनचर्या हुन्छ । नजिकै नहर दौडिरहेछ । त्यो नहर हेर्नका लागि मात्र यो बाटो भएर बग्छ । हाम्रो खेतमा सिँचाइ हुँदैन । कारण, नहर खेतभन्दा दश/पन्ध्र फिट गहिरो छ ।
कानून लागू हुने देश
त्यसै दिनबाट मेरो बाहिरी संसार अँध्यारो भयो। हावा झै उड्ने मेरो मन कसरी थिग्रियो होला यत्तिका दस वर्ष? आफैंले बिताएका पलसँग पनि कति साँघुरो विश्वास?
साना थिए। कलिला थिए। भाँच्दा पिटिक्क भाँचिने इपिलका डाँक्ला-मेरी दुईवर्षे छोरी ज्योतिका कोमल अंगजस्तै। आज बयस्क भएछन्। मेरी ढुकढुकी ज्योति कत्री भैहोली? बयस्क भैसकी होली इपिलजस्तै बढेर ऊ या मेरो अभावमा पानी नपाएर सुकेका यी बकाइनाका विरुवाजस्तै भैहोली। उँभो बढ्न पनि त सहारा चाहिँदो रहेछ नि। नत्र एकै ठाउँका/एउटै उमेरका यी इपिल र बकाइनाका बोटमा किन यत्रो अन्तर?
बाबाको डायरीमा आश्मा
(प्रार्थना गानपछि नमुना मछिन्द्रको चौर खालीजस्तै थियो । विद्यार्थीहरू प्राय: कक्षा कोठामा थिए । अलि अँध्यारो मुख लगाएर न्यून दृष्टियुक्त आश्मालार्ई डोर्याउँदै कक्षाकोठाभित्र पसेको सक्षमलाई देखेर सबै अचम्म पर्दै हेरेको हेर्यै भए ।)
प्रसन्न: (बेञ्चबाट जुरुक्क उठेर जीउ तङ्काउँदै) लौ न, म आज सपना त देखिरहेको छैन ? के उल्का हो यो ?
पोष्टमार्टम रिपोर्ट
कोठा चिठिक्क मिलेको छ, खाट टेवल अनि सानो सुटकेस । कोठा मिलाउनलाई बढी मेहनत गरे जस्तो देखिन्छ ! टेवलमा सधैं झै किताव, छेउमा पानीको थर्मस अनि सिसाको गिलास । दुई जना पुलिस हातमा नेपाली कागज लिएर उसको कोठामा प्रवेश गर्दछन् । एक हुल जमात मानिस बाहिर कौतुहल्ताका साथ जिज्ञासु हुन्छन्, भनौ रमिते । म उसको अत्यन्त नजिकको साथी ठान्थे, हर कुरा मसँग साटछ भन्थे, तर आज यस्तो क्षण हुदा पनि म अज्ञानी भए । यसमा मेरो के दोष ? अहँ ! उसको पनि छैन ।

एउटा सानो बालक जो मनको सफा छ
सफर मैं हौ एक सफर मोए में फिर है
धेरै चोटि हेरें तिमीलाई धेरै चोटि देखें
कसले देश र जनताको सत्कार गर्छ यहाँ
‘आर्टिस मोड, रोल, एक्सन’ निर्देशकले नायकलाई आदेश दिए । नायकले भने अनुसार दुई प्रतिशत पनि अभिनय गर्न सकेन ।
मेरो माया नम्बरी हो मसी लाउनु पर्दैन
बादलुको च्यादर च्याती
बालकछँदा
गाम समाज, एकही ठाम पुजे
मात्र एकपटक खोसिएको छैन निरन्तर खोसिएको छ
जो गरीब छ त्यो घरमा भगवानको वास हुन्छ
सभा भएकी ठौर लै कभै चुरोटको ठोटा धेकिनान