Skip to content

सिरजात्ता आमाइको सम्झना


आमाइ नेनिबारे लोलि मापिहि दोन्भारे लाङ्का
दोन्भारेतें जेसा बेलाताङ छुटि र्हेतेङ ताताङ्का ।

सिरजातको जात्रि हेन्साङ जेङ्होइ माखाङ्का
आमाइ का सिरजात्ता बागियाँ चिचिरि चाङ्का ।

सानाइतिगेलाइ दोसा का रामाइतेङ न्हाङ्का
इङ्को दिना आमाइ नासेङ बेस्सरि लेम्पाङ्का ।

आमाइ का सुपर भाइजर जेङ्घाँ नि, खाङ्का
एला तें माहाजनको रिन तिर्लि बुङ थेम्पाङ्का ।

हेन्सा पैसा जोम्पातेङ देराताङ इलम पाङ्का
साकोङ मान्धें उम चातेङ्का खाचो तार्याङ्का ।

आमाइ सुर्ता मापा याद हि नि, दुदुं आम्पाका
म्हुँइलाउ कोल्हेता बातेङ ना लेम्पातेङ घापाका ।

*** बाखिन्खाँ ।

-नेपालीमा: चाड पर्वमा आमाको सम्झना

आमा यो साल आउन पाइनँ अर्को साल आउछु
अर्को साल जसरी नि बेलामै छुटी मागेर राख्छु ।

चाडको मेला अक्सर धेरै भयो हेर्दै नहेरेको,
आमा म चाड पर्वमा बगियाँ चिचिरी खाञ्छु ।

साथी सङ्गिहरुसित म रमाइलो गरेर नाँच्छु
त्यस दिन आमा तपाईंलाई बेस्सरी हँसाउँछु ।

आमा म सुपर भाइजर भएको छु नि, हेरचाहको
अब त, साहुको ऋण तिर्न पनि पुर्‍याउँछु ।

धेरै पैसा जम्मा गरेर गाउँमै व्यवासाय गर्छु
घरकै खोले भात खाएर म खाचो टार्ने छु ।

आमा सुर्ता नगर्नुस् है याद छ नि दुध पिलाएको
सानो हुँदा काखमा बोकेर तपाई हँसाई खेलाएको ।
*** धन्यवाद ।

-डम्बर धिमाल राजदोङ्ये, प्राकृति
नपा. उर्लाबारी ८ दुर्गापुरी मोरङ । ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *