Skip to content

editor

जल्दैछ आगो

जल्दैछ आगो शङ्काको त्यहीँ अल्झेँ सँगसँगै बल्दैछु
आफ्नो भन्नेले धोका दियो पीडामा आफै जल्दैछु ।

छातीभित्र मुटु कसैको मनमा लुक्न नसकिने रहेछ
झुठो बोल्छन् मान्छेहरू मनमै बस्ने कुरा कथा रहेछ,
मनमै कुरा लुकाउने भेटेपछि जीउँदै आज जल्दैछु
आफ्नो भन्नेले धोका दियो पीडामा आफै जल्दैछु ।

कृषि-देशको मेरुदण्ड

कस्तो आएको छ आपत, खेर जाँदै छ किसानको पसिना
कृषिबाली नष्ट भयो, ल्यायो कस्तो लकडाउनले असिना

दिन रात एक गरी कडा परिश्रमले उनले उब्जाएको बाली
त्यो हरिभरा दिनको याद छ, घर घर हुन्थ्यो सबैको लाली

अनि हाम्रो के रह्यो र

मादल हाम्रो, मुर्चुङ्गा हाम्रो,
डोको, नाङलो र भकारी हाम्रो,
कौसी र मझेरी पनि हाम्रो
रोटेपिङ र लिङ्गे पिङ पनि हाम्रो
यसरी सबैथोक हाम्रो भन्छौ
सेन्टिमेन्टल र आफ्नोपनको कुरा गर्छौ

SharadKumarDahal

कोरोना आयो त के भयो ?

खोला निर्बाध बगिरहेछ
हावा निश्चिन्त फैलिरहेछ,
घामको तातोमा कुनै कमि छैन
अनि बिज अङकुरण कहाँ रोकिएको छ ?

चैत्र बैशाखमा हावा हुरी आयो
पोहोर पनि त आएकै थियो,
कोइलीले कुहु कुहु गाउनु
पोथ्रा रुखमा पालुवा पलाउनु,
हिजो पनि त भएकै थियो।

विश्वमे त्राहिमाम

मठ, मन्दिर, मस्जिद चर्च देखु सभमे ताला लागल
स्वास्थ्यकर्मी सुरक्षाकर्मी रुपमे ईश्वर बाहर आयल

करी हुनकर पुजा पाठ भजन किर्तन दीप रोशन
उवाह छथि दुःख हरनी पालनहार संकटमोचन

आमा

गएको जहाँ भए पनि फर्किएर आउँदा आँगन नपुग्दै बोलाइने पहिलो मान्छे आमा । थकानमा आमा आराममा आमा, हारजीत, सुख–दुःख, हाँसो-रोदन, पीडा–शान्ति अनि जीवनको हरेक पाटोमा आमा ज्वोरोले आलस–तालस भएर लडेको बेला पानी पट्टि बोकेर छेउमा बस्थिन आमा । सायद आमाले पानी पट्टी निचोर्दा ज्वोरो पानी भएर चुहिन्थ्यो क्यार हट्थ्यो ज्वोरो अनि सञ्चो हुन्थ्यो शरीर ।

आज पनि सर्वहाराहरुको आवाज लिएर आएको छु

सरकार आज पनि सर्वहाराहरुको
आवाज लिएर आएको छु म
डाक्टर !
यो संसारभर कहीं पनि उपचार नपाएर
केवल एउटा सानू रोग लिएर, तिम्रो सहर आएर
अनि एकबोतल पानीको प्यासमा
छट्पटिएर बौलाइरहेका
कुनै काकाकुल प्राणीहरू झै

शत्रु मुसा

घना जंगलको मुनी
मेरो सानो घर छ
हरियो घाँसको बीचमा
मेरो उजाड बास छ

मेरो घरको पारीपट्टी
माटोको थुप्रैथुप्रा छन्
थुप्राको वरिपरि दुलैदुला छन्
एकदिन मैले देख्छु

जीवन धान्नलाई

जीवनमा धान्नु हो भने
मीठो मात्र भएर हुँदैन
कहिलेकाहीँ टर्रो पिरो पनि हुनुपर्छ,
मीठो मसिनोले मात्र कहाँ अघाउन सकिन्छ’ र
कहिलेकाहीँ जिब्रोको स्वाद पनि बिगार्नु पर्छ ।
गाउँघरमा मेल मिलाप राख्नु हो भने
नराम्रोलाई पनि राम्रो भन्नुपर्छ ।

उज्याला दिनहरू

मधुमाया आग्रोभन्दा गाग्रो सुन्थिन् । त्यसैले उनलाई गुल्मीको थामडाँडामा सबैले गाग्री बजै भन्थे । उनको नाम मधुमाया हो भनेर पछिल्लो पुस्तालाई थाहासम्म थिएन । एक–दुईपल्ट जम्काभेट भएर उनीसँग कुरा गरेका मान्छेहरू उनलाई देखेपछि टाढैबाट बाटो मोड्थे । मान्छेहरूले उनलाई वास्ता नगरे पनि काले कुकुर, भैँसी, दुई–चार बाख्रा र तिनका पाठापाठी सधैँ उनका अगिपछि हुन्थे । उनी तिनीहरूसँगै सुख–दुःखका कुरा गर्थिन् । उनीहरूले जीउमा कन्याउन मुन्टो हल्याए पनि उनकै कुरा सुनेर सही थापेझैँ लाग्थ्यो उनलाई । त्यसैमा उनी खुसी हुन्थिन् ।

20200416_PeshalAcharya-Interview

भाइरसहरू मिले वा मिलाइए अनि शक्तिशाली भए – पेशल आचार्य

  • by
20200416_PeshalAcharya-Interview

(पेशल आचार्य रूचिले लेखक र पेशाले शिक्षक/प्राध्यापक हुनुहुन्छ । वहाँले बाल साहित्यका ९ र प्रौढ साहित्यको १ गरी १० वटा पुस्तकहरूको लेखन गर्नुभएको छ । निजी विद्यालयका कक्षा ५ र ६मा आचार्यले लेखेका कथाहरू पाठ्यक्रममा राखिएका छन् । रामेछाप जिल्लामा करिब ३ दशकसम्म शिक्षण/प्राध्यापन र करिब ४ दशकअघिदेखि पत्रकारिता र लेखन क्षेत्रमा सक्रिय आचार्य यतिखेर राष्ट्रको निर्देशनलाई पूर्ण पालना गरेर आफ्नो निवास ललितपुरमा लक डाउन (बन्दाबन्दी)मा हुनुहुन्छ । लेखन, पठन र सम्पादनमा सक्रिय रहने आचार्यसँगको कोरोना महामारीको परिप्रेक्षमा भलाकुसारी प्रस्तुत छ।)

Read More »भाइरसहरू मिले वा मिलाइए अनि शक्तिशाली भए – पेशल आचार्य