editor
दिलमायाको अधुरो सपना
पहाडै भने पनि समतल फाँटमा जन्मेकी दिलमायाको विवाह माइतीघर नजिकैको ओसेपिलो खोचमा भएको थियो । उनको जन्मेताका छोराछोरी पढाउने चलन थिएन । उनको श्रीमान भने लाहुरेको छोरा थियो । संयोग भनौ उसले एनकेन प्रकारेण गरेर एसएलसी कटाएर नेपाल आएको थियो । उसलाई नेपालको बारेमा त्यति थाहा थिएन तापनि पढेलेखेका मानिसको कमिको कारणले गर्दा शिक्षक जागिर सहजै प्राप्त गरेको थियो । यही यौग्यताको भरले उसले दिलमायालाई विवाह गर्ने सौभाग्य पायो ।
साविती बयान
हप्ता दिनदेखि हामीबीच बोलचाल थिएन ।
उनी जित्न चाहन्थिन् । म हार्न चाहन्नथेँ । उनी मेरो मुखबाट सत्य बकाउन खोज्थिन् । म असत्यको पर्दाले ढाकेर उनलाई दृष्टिभ्रममा राख्न खोज्थेँ । केही सिप नलागेपछि आखिरमा उनले बाजी थापिन् । लाजै पचाएर मैले पनि सहमति जनाइदिएँ । कुनै असमञ्जस्यमा परिनँ । हर्षबढाइँ गर्न थालेँ । त्यसबेला उनको पराजय मेरो पुरस्कार थियो । उनको आँसुमा मेरो शक्ति लुकेको थियो ।
नर्कलोकको यात्रा
एकरात तराईको प्रचण्ड गर्मीमा शीतलता खोज्दै म मेरो घरको सिकुवामा झुल लगाएर डोरीको चौपाईमाथि सुतिरहेको थिएँ । हल्का च्यातिएको झुलको भ्वाङबाट मच्छरहरू छिरेर मेरा निद्रालाई बिथोलिरहेका थिए । गर्मीले गर्दा रातको अन्तिम प्रहरसम्म म निदाउन सकिरहेको थिइन । जब निद्राले मेरा आँखाहरू लोलाउन थाले मैले अचानक मेरो चौपाईका चारैपट्टी अग्ला अग्ला मानवाकृतिहरू उभिएको महशुस गरें ।

खैनी खानु सिकाउने गुरुहरू हुन्थे,
मुखौटो लगाई हिँड न मनुवा रोग लाग्ने हुँदैनन् ।
उसले आफूले आफैलाई सर्वश्रेष्ठ प्राणीको कोटामा राख्यो
“गाउँमा के छ र यार ! सधैं दु:खको दु:ख, भनेको बेला पैसा पनि बिक्दैन,” गाउँघरमै बसेर केही गर्नुपर्छ भन्ने साथीहरूलाई यसरी जवाफ दिन्थ्यो महेश ।
सम्झन्छु उनैको प्रीत मिठो
न खुलेका कथाहरू तिमीलाई नै भन्न सक्छु
बन्दाबन्दीमा छन् विद्यार्थीहरू
अचेल तिम्रो यादले दिग्दार बनाएको छ
म
भारतकी एउटी नागरिक
महामारीसँ सुरक्षित होब लेल लकडाउन
हिंड्दै जाँदा आँखै अगाडि
उबेलाको बम अँझै पड्किदैछन