कस्तो आएको छ आपत, खेर जाँदै छ किसानको पसिना
कृषिबाली नष्ट भयो, ल्यायो कस्तो लकडाउनले असिना
दिन रात एक गरी कडा परिश्रमले उनले उब्जाएको बाली
त्यो हरिभरा दिनको याद छ, घर घर हुन्थ्यो सबैको लाली
पल पलको मिहिनेतको फल कुहिदै छ आज खेतमै सारा
मजदुरको रोजीरोटी खोस्यो, महामारीको यो कस्तो पारा
उनकै मजदुरीको उत्पादनले भरन्थे पेट मानव सबका
यो लकडाउन पहिले रहन्थे न कोही भोका अबका
लकडाउनको असर हेर ज्यान जोगाउन सब छन् घरमा
आफ्नो मालिकभन्दा पर खेतमै छ अन्न प्रभुकै भरमा
एक मजदुरको मर्म बनेर बग्दैछ आँखाबाट आँशुका धारा
यस लकडाउनको त्रासमा कसरी भरिएला भकारी प्यारा
कृषिको उत्पादन रहेको अन्न, भोलिका यी नै हुन पालनहार
हाम्रो जीवनका कारण यिनै हुनसबैका रक्षक सबैका सार
गरौ मजदुरलाई आदर, भविष्य गर्न छ सुरक्षित भोलिको
कृषि नै हो देशको मेरुदण्ड, बचाउ अन्नबाली खेतीको
यो विराट संसारमा व्यापार तथा व्यवसायले दियो आहत
मजदुरको श्रम तथा कृषिबालीको मोतीले दिदैछ राहत
सुयोग अनुप झा
धनुषा, प्रदेश न. २, नेपाल
