Skip to content

editor

लेखक, कृषक र चिकित्सकहरु

मैले कविता लेखेको
आज दुई चार वर्ष भयो
मानौ,
होलान सायद, त्यसमा
हजारभन्दा ज्यादा असरदार कविताहरू
कलम विचारहरुको सर्वोत्तम हतियार हो
त्यस्तै
सञ्चार माध्यम, सूचना समचार

लकडाउन

महामारीबाट सुरक्षित हुन लकडाउन
प्रत्येक्ष युद्धमा विजय हुन लकडाउन
अदृश्य शत्रुबाट जोगिन लकडाउन
अँध्यारोबाट प्रकाशमा आउन लकडाउन

मजदुरको रोजीरोटी खायो लकडाउन
भोकभोकै बाँच्न बाँध्य बनायो लकडाउन
बाटोघाटो सुनसान बनायो लकडाउन
स्कुल कलेज बन्द गरायो लकडाउन

मान्छे

मन्दिरको देउतालाई ठम्याउन नसकेर
घाटमा मसान खोज्दै हिंड्छ मान्छे ।
धूरी आकर्षक बनाउँन खोजेर
जग मक्काएको पत्तो पाउँदैन मान्छे ।।

आफ्नो अन्र्तमनको भाव बुझ्न नसकेर
पीडित भई तड्पदै बाँचिरहन्छ मान्छे ।
आफूभित्र भएको खुसी पहिल्याउन नसकेर
वेदनामा छटपटिन बाध्य हुन्छ मान्छे ।।

भोको इज्जत

भोको पेट बिहान गोरु जसरी जोत्जोत् भनी भन्दछौ
बाँझो खेत म जोत्न सक्दिन भनी भोकै छु के गम्दछौ ।
को मर्यो किन हो भनेर दुनियाँ बुझ्दैन साँचो पनि
मान्छेको अवमूल्यनै किन भयो कामै त प्यारो छ नि ।। १ ।।

आहारा घरको जुटेन कसरी बाँच्ने म सोच्ने गर
अन्नै छैन भनी म माग्न कसरी जाऊँ त कस्को घर
भन्नेले तँ ठूलो भनेर मुखले सम्मान गर्छन् तर
बाटामा बटुको लिएर कसरी बस्ने म भन्ने डर ।। २।।

हाम्रो नाँच

हामी नाँच्नुमा सिपालु छौँ,
हामी मादले गीतमा नाँच्छौ,
मारुनी भएर पनि नाँच्छौ,
तामाङ सेलोदेखि लिएर
खैँजडी र च्याब्रुङको तालमा पनि नाँच्छौ,
नाँच्न हामीलाई सिकाउनु पर्दैन
हामी जन्मजात नाँच्ने जाति हौँ।

म त फूल नै बिझेको मान्छे

जन्मेपछि मारिन्छ भन्छन् नि
जन्म र मृत्युको यात्रामा
कयौ पटक मृत्युवरण गरेको मान्छे

गल्तीमा सजाय हर कोहीले पाउँछन्
अनायसमै सजाय भोगेको मान्छे

सेतो सिन्दूर

करिब अढाई शताब्दी वसन्त पचाएकी हाम्री आमा अचेल गुजधम्म परेर अग्लो आसनमा बसेकी छन् । आफ्ना तीन कोटी सन्तानका हरेक क्रियाकलापमा नजर फ्याँकिरहेकी छिन् । निधार खाली छ तर सिउँदोमा सेतो धसेको छ ।

मुख्यतः आमाका हामी तीन जना प्रतिनिधिमूलक सन्तान छौँ । ज्ञान–विज्ञान, सुझबुझ र समझ मात्र नभएर चतुर्याइँमा पनि अरूहरूभन्दा हामीहरू नै अघि छौँ । दाजु गोरो छ, अग्लो छ ।

सौम्य दृश्य

यतिखेर प्रत्येक मन
फसेका छन् चक्रव्यूहमा
हेरिरहेछौँ शून्यता महाशून्यता
खोइ कसरी पो फुकाऔँ ?
यी दुर्घटित साङ्ग्लाहरू

समयले कोरोना ओकलिरहेको छ
केवल आँखा चिम्लिरहेकाछन् मन्दिर, मस्जिद र
स्तूपहरू
तिमी नै भन कसको आराधनामा
धूपबत्ती सल्काऔँ ?

PrajjwalPrasai

अपरिहार्य छ है उपकारी किसान

खान हैन खुवाउन, बाँच्न हैन बचाउन
निस्वार्थ भावलिई सधैभ खटिरहन्छ किसान
भोक प्यास नभनी दिनभर खट्दछ घाममा
अनि आफ्नो भोको पेट टार्दछ रातको एक छाकमा
दिन होस् या रात, ऊ खटिरहन्छ
चाहदैन उसको शरीरले एकैछिन विश्राम
आफ्नो भर नभएनी जनताको पेट भर्न
सधैभ तत्पर रहन्छ र त्यो मात्र हो किसान ।

दुई मुक्तक (समान भन्छ तर)

एक
समान भन्छ तर किन जात हेर्छ मान्छे
मनभन्दा नि सम्पत्तिको खात हेर्छ मान्छे
मान्छे बन्न अनि भन्न लायक कहाँ रह्यो
गरेको गुन बिर्सिएर घात हेर्छ मान्छे

एकहाते राक्षस

हजुरबाले दन्त्यकथामा भन्नुभएको
एकहाते राक्षस
पृथ्वीमा आज फेरि
प्रकट भएर
हातहातै नदेखिने गरी
संसार डुलेको छ
डराउने र आत्तिनेलाई
निहुँ बनाएर निलेको छ ।

तिमी भएर पो के भो र ?

तिमी जाऊ
झिमिक्कै साँझ परिसक्यो
अब त जानेवेला भो
तिमी सदाको निम्ति जाऊ

तिमीले समयसँग मजाक गर्यौ
उनीहरूसँग गहिरो संगतनै गरेनौ
तिमी भएर पनि के भोर
नभए पनि के नै हुन्छ र !

दुई मुक्तक (सागरमाथा जस्तो शिर)

(१)
सगरमाथा जस्तो शिर हुनुपर्छ
गोर्खेको सन्तान भए वीर हुनुपर्छ
लाहुरेको सपना देख्ने आमा बुबाको
लाहुरेको जागिर खान त तक्दिर हुनुपर्छ

एक चिम्टी दिन्नौँ कालापानीको

मेरो माटो एक चिम्टी दिन्न कालापानीको
लिपुलेक, लिम्पिया, सुस्ता नालापानीको ।

तिम्रो माटो एक चिम्टी लिन्नौँ स्वाभिमानी हौँ
दिन्नौँ एक चिम्टी हाम्रो सोच अभिमानी हौँ ।।