Skip to content

ks

समाजसेवाका पथप्रदर्शक स्व. खगेन्द्रबहादुर बस्नेत

  • by

डिल्लीबजार बीच भागमा एउटा पुरानो बंगला किसिमको सेतो घर छ । त्यहाँ घर छेउको खोपामा गणेशजीको मन्दिर छ । बाहिरपट्टि पर्खाल लगाइएको छ । तलपट्टि चार वटा कोठा छन । एउटा कोठा भित्र लामो स्टेचरमा सिरानी अग्लो हालेर सुतिरहेको एक जीवित ब्याक्तित्व देखिनु भएको छ । स्टेचर बेडमा सुतिरहेको अग्लो शिरानी हालेको खाना खाँदा छातीमा रुमाल बिछाइ बिस्तारै हातले खाने कोल्टे फेर्न पनि नसक्ने उठेर बस्न पनि नसक्ने । कही जादा पनि खाटैसँग बोकेर बाहिर कसैले लग्नु पर्ने । शारिरिक अबस्था अत्यन्त जटिल देखिन्छ । शिथिल थियो शरीर तर मन थियो बिजुली जस्तो जतातौ उज्यालो पार्ने ।

सम्झिदिए पुग्छ लाग्थ्यो

  • by

सम्झिदिए पुग्छ लाग्थ्यो छुटेपछि दुख्यो मुटु
उनको बोली सुन्ने चह उठेपछि दुख्यो मुटु

यस्तो मोड आउँदो रहेछ दुखे पनि हाँस्नु पर्ने
आगो लाग्दा खुशीमाथि सहेर नि बाँच्नु पर्ने
निर्मोहीको यादै यादले कुटेपछि दुख्यो मुटु
उनको बोली सुन्ने चाह उठेपछि दुख्यो मुटु

साहित्यका एक नशा – लेखबहादुर कार्की

  • by

म अहिले सम्झिरहेछु, सोचमा डुबेको छु र त्यो ध्वनि सुनिरहेछु–…नेताले नेपाल खाएको देख्दा, ज्ञानेन्द्रले नेपाल मासेको भेट्दा, सेनाले जनता मारेको पाउँदा, क्रान्तिकारी हुँ भन्नेले सामन्तलाई छाडेर निमुखा वर्गलाई पिरोलेको देख्दा, ठूलाबडाले गरिव निमुखालाई सताएको पाउँदा, वनजङ्गल मासेर मोजमस्ती गरेको भेट्दा टुलुटुलु हेर्न सकिनँ र लेखेँ । तिनीहरूको कर्तुत जनताका सामु राखिदिएँ । जनतालाई सुनाउँदै गएँ । मैले आम जनताका दुःख–वेदना लेख्ने र गाउने गरेको छु । हुन त मैले पाएको केही छैन, पाउने लालच राखेर संसार चहार्दै हिँडेको पनि हैन । तर पनि कतै न कतै केही न केही पाइरहेकै छु—कतै धम्की पाएँ, कतै गालीगलौज भेटेँ । कतै पागलको संज्ञा पाएँ त कतै मगन्तेको बिल्ला भेटेँ । कुनै कुनै सज्जन महानुभावहरूबाट भने मैले ठूलो सन्तोष पाएको छु ।

हाम्रो देश संधै विश्व सामु चम्कोस

  • by

हाम्रो देश संधै विश्व सामु चम्कोस
गरीवीमा हैन अब विकासमा लम्कोस ।
जन्म मेरो भएको छ सगरमाथा तल
जहाँ बग्छ संग्लो पानी गरी कलकल ।

मान्छेहरू जाँगरीला परिश्रमी हुनु
के को श्रापले पर्‌यो हाम्लाई आज रुनु
पर्यटकको आईरो लाग्ने स्वर्गजस्तो भूमि
भेटिदैन यस्तो हेर संसार घुमिघुमि ।

मुस्किलले खुसीको संसार

  • by

मुस्किलले खुसीको संसार, मिलाउदै थे
न्याय निसाफ निर्दोषलाई, दिलाउदै थे

जान्छन् कि कोही यहाँ,सत्यको पथमा
बलजस्ती एकोहोरो नून, खिलाउदै थे

ती प्यारी दिदी

  • by

२८ अगस्त २०१० जिन्दगीका नरमाइला दिन मध्यको एक थियो । पुरा ३८ दिनको छुट्टिसकेर कर्मथलो(इजरायल) फर्किएको दिन । पछिल्लो पटक न्यानो र कसिलो अंगालो छुटाएर बाबा-छोरालाई अन्तिमपटक बिदाइका हात हल्लाएर लागेँ सामान चेकइनतिर । सपनाको मोती टिप्ने अनन्त रहरमा लामबद्द थिए अनगिन्ती नेपाली छोराछोरिहरू त्रिभुबन अन्तरराष्ट्रिय बिमानस्थलको बहिर्गमन बिभागमा । फेरि पछाडि फर्केर हेरेँ बाबा छोरा अँझै शिशामा आँखा टाँसेर मलाई हेरिरहेका रहेछन् ।

नाम तिम्रै जप्ने गर्छु

  • by

नाम तिम्रै जप्ने गर्छु बिहानी लाली उदाउँदा
सपनीमा पर्खी बस्छु त्यही घाम अस्ताउँदा

मन्को वरिपरि सधैं तिम्लाई पाएझै लाग्छ
हृदयमा खुसीका मीठा उमंग छाएझै लाग्छ
तिम्रै बारेमा सम्झेर एकान्तमा रमाउँदा
नाम तिम्रै जप्ने गर्छु बिहानी लाली उदाउँदा

कल्पना पौडेल ‘जिज्ञासु’को ‘भावनाका भेलहरू’ गजलसङ्ग्रहको सरसर्ती अध्ययन

  • by

कल्पना पौडेल ‘जिज्ञासु’ पिता टीकाराम पौडेल र माता मनिकर्ण पौडेलकी सुपुत्री हुनुहुन्छ । उहाँको जन्म वि.सं.२०३२ वैशाख २९ गते वाग्लुङ्ग जिल्ला छिस्ती गा.वि.स.मा भै हाल गैडाकोट –४ नवलपरासीमा बसोबास गर्ने भए पनि कार्यक्षेत्र इजरायलमा भएको देखिन्छ । उहाँका ‘भावनाका भेलहरू’ गजलसङ्ग्रह यही २०६९साल फागुन २६ गते हाम्रो मझेरी साहित्य प्रतिष्ठान, मझेरी पत्रिकको स्वर्णाङ्क समारोहमा विमोचित भएको थियो । सोही अवसरमा मलाई प्राप्त भएको थियो । अध्ययन गर्दा केही प्रतिकृया लेख्ने जिज्ञासा जागेकोले भावनाका भेलहरूमा मेरा पनि भावानाका भेलहरू बगाइदिएको छु । कल्पना पौडेल विश्व नेपाली साहित्य महासङ्घ इजरायल शाखाकी कार्यकारी सदस्य हुनुहुन्छ साथै गजल लेखनमा आफ्नो सकृयता दर्शाउने सकृय गजलकार हुनुहुन्छ । उहाँका अभिव्यक्तिहरू फेसबुकमा पनि धेरै पढ्न पाइन्छन् ।

मजदुरको जिन्दगी

  • by

लाज ढाक्न एउटा भोटो र धोति को जोहो गर्न
अनि, एक मुठी सास धान्नको लागि
घाम पानीको प्रवाह नगरी
बर्ष भरी नै गधा जस्तै लादिनु पर्ने
गोरु जस्तै जोतिनु पर्ने
यस्तै छ म एउटा मजदुरको जिन्दगी
मरुभूमिको छातीमा पसिनाको धारा पुछ्दै
कतै तातो घामसँग पाखुरी बजाउँछु

म अज्ञात

  • by

पलपल तिमीलाई माया गर्ने म अज्ञात
उदास त्यो मुहारमा खुशी छर्ने म अज्ञात

जन्म ठाउँ प्यारो गाऊँ साथीभाइ सबै छोडी
तिम्रो निम्ति सारा त्यागी बास सर्ने म अज्ञात

भाषा–साहित्यमा उदयपुरको चर्चा

  • by

(१) परिचय

यो जगत् सुन्दर हुनु र देखिनुमा भाषा–साहित्यले आधारभूत भूमिका खेलेको छ । मानवीय जीवनको प्रगतिको द्योतकका रुपमा भाषा–साहित्य चिनिन्छ । मानिसलाई मानव भनेर चिनाउने गहना पनि साहित्य नै हो । मुलुकको सभ्यता र संस्कृतिको परिचय त्यहाँको भाषा, कला र साहित्यले दिने गर्दछ । साहित्य समृद्धशाली छ भने त्यस देशको समुन्नतिमा ठोस टेवा पुग्छ । नेपाली साहित्यको विकासमा राज्यको देन न्यून छ तापनि केही कृतिले विश्व साहित्यसँग पौँठेजोरी खेल्ने क्षमता राखेका छन् ।

गास खोसियो

  • by

गास खोसियो आङ् ढाक्ने बस्त्र एकाएक हराउदा
रमितेहरू ताली पिट्छन बियोगले कराउदा

चिच्याउँछु बोलाउँछु काल, शिथिल छ अस्थिपन्जर
प्राण मुस्किल छ जान चस्कन्छ मुटु चराउदा

अशान्ति छ चारैतिर

  • by

अशान्ति छ चारैतिर शान्तिको कुनै बास छैन
परिवर्तन भै के भो नयाँ पनको आभाष छैन

मारिदैछन जनता अझ हुर्मत लुटे निरन्तर
जनताको आँशु पुछ्ने त आखिरमा को रैछ र
हाहाकार छ सबैतिर सुखको कुनै बास छैन
स्वतन्त्र भै बाँच्न पाउने यहाँ कुनै आश छैन

पुराना ती घाउ जति आलै भए

  • by

पुराना ती घाउ जति आलै भए अचेलभरि
पूर्णिमाका रात पनि कालै भए अचेलभरि

बल्झिएला कहिले भनी च्याँखे थापी कुर्नु पर्दा
जिन्दगानी जुवा तासका खालै भए अचेलभरि

रिसले देखाएको बाटो

समयको बहाबसँगै कैयौं दिन र रातहरू सुटुक्कै सकिए । ऋतुहरूमा बादलाब आयो उजाडिएका बृक्षहरूमा नया पालुवा पलायो बसन्तको आगमनसँगै हराभरा रंगी चंगी फूल फुले तर राजुको स्वभाव भने बदलिन सकेन । सधै उस्तै बदलियो त केवल शारीरिक रुप मात्र …ठुलो हुदै गयो झनै समस्या बनेर तेर्सियो परिवारका लागि उस्को स्वभाव सधै जसो कुनै न कुनै कुरालाई लिएर रिसाइरहेको हुन्थ्यो । बिना कारण कहिले घरमा त कहिले छिमेकीसँग सानोभन्दा सानो कुरामा निहुँ झिकिरहन्थ्यो । उसको व्यवहार देखेर येस्तो लाग्थ्यो कि सारा संसारका सबै मान्छे उसका दुश्मन हुन ।

यात्रा थालौं प्रगतिको

  • by

आऊ साथी अब सब मिली, देश माथी उठाऊँ,
लाग्यो जो ग्रहण जगतमा, शान्त बन्दै छुटाऊँ ।
हामी जागे सकल जनता, फेर्छ यस्ले मुहार,
आमा नेपाल-कन सबले, पुष्पको लाउँ हार ।।

हामी जस्तै हुन-भुवनका, अन्य लागे अगाडी,
खाली वाँध्यौ कर-अनि गयो, देश हाम्रो पछाडी ।
भोलीसम्मन् पनि चुपबसे, होला की देश नष्ट,
खोजौला फेरि भन कसरी खै, न सोचौँ अनिष्ट ।।