Skip to content

मुस्किलले खुसीको संसार

  • by


मुस्किलले खुसीको संसार, मिलाउदै थे
न्याय निसाफ निर्दोषलाई, दिलाउदै थे

जान्छन् कि कोही यहाँ,सत्यको पथमा
बलजस्ती एकोहोरो नून, खिलाउदै थे

मेहनतको मीठो फल, खोज्दै जतासुकै
फलको आशामा बाली, जिलाउदै थे

झुटोको सहारामा, बाचेकालाई साचो
मान्छन् कि भनी अमृत, पिलाउदै थे

सर्बस्व त्यागी तड्पिएर, बाँच्दासम्म
च्यातियाका मुटु जोड्न, सिलाउदै थे

दिवाकर भट्टराई
दमौली तनहुँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *