आकाश मुनि
आफ्नै करेसा बारी वरिपरि दैनिक भयाभह लुट, बलात्कार, हत्याको चित्कार सुनिराखेको किरणको स्पन्दनलाई इथोपिया सोमालियाको पारदर्शी करंगले के छूओस ? आफ्नै नाकमा पुत्पुत्ति रुमलीइराखेको बारुदको धुवालाई बिर्सेर अफगानिस्थानमा पड्केको बमको धुवाले के पोलोस ?
किरणले मात्र बुझ नसकेको हो कि यो सृष्टिकर्ताको योजना र संरचना भित्र कै नियति हो ? ईश्वरप्रति आस्था राख्ने कोही छ भने यो विसंगतिको लागि उनलाई दोष दिने हिम्मत गर्न सक्दैन ।
त के यो आधुनिक सकुनीको खेल हो ?

कोही हुनुपर्छ माया गर्ने मान्छे, चिन्दै छ रे
साच्चै आज मेरो परिचय माग्दैछौ तिमी ?
वि.सं. २००२ बैशाख ११ गते नामेटार–३, चित्रेथानमा आँखा खोलेर रौता–९, मुर्कुचीमा साहित्यको कलम समाउँदै, चित्रकारिताको कुची पक्रदै, काष्ठकलाको छिनो समाल्दै, मूर्तिकलामा घुँडा धस्दै र आयुर्वेदमा जडीबुटी घोट्दै जीवनरथ हाँकिरहेका तेजनारायण शेर्पा ‘रञ्जन’लाई नचिन्ने र नजान्ने मान्छे विरलै होलान् । ‘पूर्णिमा’ (इ.सं. १९७०, हिन्दी, नेपाली, मैथिली कविता सङ्ग्रह), ‘रौता महारानी भगवती चिनारी’ (२०५३, काव्य), ‘अधुरो’ (२०५६, कविता सङ्ग्रह), ‘कविको कविता मनभित्र’ (२०६९, कविता सङ्ग्रह) गरी चार कृति नेपाली साहित्य मन्दिरमा समर्पण गरी साहित्य, कला र जडिबुटीका माध्यमबाट लोककल्याणको मार्गमा दर्बिलो पाइला टेक्ने शेर्पा देशभक्त नेपाली हुन् ।
कार्यालय छुट्टी भएपछि रमेशले आफ्नो घर पैदल फर्कदैँ गर्दा हात्तीसारमा पुगेपछि एकजना अपरिचित व्यक्तिले रमेशलाई बोलाएर, “दाइ, लैनचौर जाने बाटो कुन हो ?” भन्यो ।
नेपाली गजल साहित्यमा एउटा फरक शैलीको रूपमा चितवनका दुई प्रतिभाको एउटै कृति गजल सवाल–जवाफको सयुक्त सङ्ग्रह प्रकाशन हुनु चितवनको गजल इतिहासमा पहिलो कृति हो । यस कृतिले निश्चित रूपमा एउटा सकरात्मक सन्देश दिनेछ समाजलाई र गजलकारिताको क्षेत्रलाई मान्छेका मनहरू कसरी कहाँ रूपान्तरति हुन्छ त्यो समयको कुरा हो । मैले चिनेको यी दुई प्रतिभा गजलकारहरू रामकृष्ण पौडेल र फुच्ची जमुना नेपाली गजलका तिख्खर प्रतिभा हुन् । सृजनाको आगो बोकेर प्रत्येक गाउँ वस्तीहरूमा काव्यिक चेतना भर्न सक्ने यी प्रतिभाशाली गजलकारहरू संवेदनशील हुन् । अक्षर यात्राहरूमा र समयका पाउहरूलाई क्षतिपूर्ति दिनसक्ने सम्भावना छन् यी प्रतिभाहरूसँग ।
सोझा सिधा जनतालाई नचाउन सक्छौ अब
तिम्रा लागि यो समयमा सायद मैले सम्बोधन गर्ने शब्दनै पाउदीन जस्तो लाग्दै छ । हुनत म एउटा अपराधी भएको छु मैले जानेर या नजानेर एउटा अपराध गरेको छु । तिमी संगको अहिलेसम्म गरेको जुन यात्रा अबिश्मरणीय छ अनि जति अविश्मरणीय छ त्यत्तिनै दुःखदायी पनि । आज आउर मैले मनन गरिरहेको छु कि मैले एक व्यक्ति जसले मलाई आफूभन्दा कयौं धेरै मायाँ गर्ने अनि कति धेरै सम्मान पनि गर्ने गरेको थियो । जस्तो सुकै भए पनि तिमीले मलाई मैले महसुस गरेसम्म भित्री हृदयदेखिनै मायाा गरेकी थियौ जस्तो लाग्छ ।
आजकाल त मान्छेको विचार यति पगारिएको छ
मलाई लाग्दैन अब म कसैको निम्ति बाँच्नु पर्छ र अरु पनि मेरो निम्ति बाँचुन । हो, उमेरले दुई बीस पार गरी सक्दाको यो क्षेणमा मैले यती बिग्न पीडाको सामना गर्नु पर्छ भने मैले बाँच्नुको कुनै औचित्य रहन्न ।
स्वार्थ अनि घमण्डले जलाउँछ आफैँलाई
माछापुछ्रेको दिब्य आँचल धौलागिरी हिमालको सुनौलो रोसनी अनि अन्नपूर्णको गोँधमा खेल्दै खेल्दै बगेकी सेती त्यस्का वरिपरि हरिया पहाडहरू लेकहरू अनि खोँचहरू मुर्ना र खोलाहरू त्यस्मा पनि सेता बादल उडेर थुम्का थुम्कालाई चुम्ने पलहरू साह्रै मन छुने दुश्यहरू देखिएका छन । गाई गोठ पातलो बस्ती शिलल जीवन दायिनी हावाको मन्द मन्द झोक्काले बेला बेलामा स्पर्श गर्दा को मोहित न होला र । घान्द्रुक गाउ जहाँबाट लम्जुग हिमाल हिमचुली मार्दी हिमाल धेरै धेरै सेताम्मे चुलीहरू हेर्दा कतै स्वर्ग यही हो कि भन्ने भान पर्छ ।
नेपाली राजनीतिका युगपुरुष, प्रजातान्त्रिक समाजवादका अग्रणी एवम नेपाली साहित्यका मूर्धन्य व्यक्तिको बारेमा लेखिएको यो महाकाव्यले नेपाल तथा अन्तर्राष्ट्रिय राजनीति प्रजातान्त्रिक समाजवाद दलगत तथा निर्दलीयता आदि विविधतालाई समेट्दै नवलपरासीको नारी हस्ताक्षरको प्रथम महाकाव्य र प्रथम महाकवयित्री, नेपाली साहित्यमा संलग्न महाकवयित्रीमध्येमा पञ्चम स्थान ओगट्न सफल हुनुहुन्छ कृष्णाजी ।
आज, विश्व चन्द्र विजय पछि,