Skip to content

ks

आजभोलि उसैलाई आँखाहरू

  • by

आजभोलि उसैलाई आँखाहरू खोजिरन्छ
गुनगुनाउन ओठ मेरो भाकाहरू खोजिरन्छ

लाखौं छाडी उसैलाई मनपराएको धेरै भयो
यतै कतै हुने च्याङ्बा हराएको धेरै भयो
रित्तो छु म रित्ता सबै पाखाहरू खोजिरन्छ
गुनगुनाउन ओठ मेरो भाकाहरू खोजिरन्छ

आफ्नो प्यारो आँगनीमा

  • by

आफ्नो प्यारो आँगनीमा, नटेकेको धेरै भयो
कस्ती भइन जन्मभूमि, नदेखेको धेरै भयो

डाँडा काँडा पहरामा, घुम्थ्यौँ अति रमाउँदै
द्यौरालीमा चोखो ढुङ्गो, नफेंकेको धेरै भयो

जुठा भाँडा मजाई

  • by

कामना यो धेरै गर्यौं प्रेमी दिल सजाई
स्वागत पनि धेरै गर्यौ प्रेमी बाजा बजाई

एकोहोरो रोटी कहाँ पाक्न सक्छ साथी
दिल फाटे मल्हम छ बस रजाई रजाई

रात सधैं रहदैन हेरौं दिन पलाउँछ
जीवनले प्रकाश पाउँछ चन्द्र सूर्य कज्याई

प्रतिष्ठा र अमरता दुवै बढ्छ

  • by

सधैं हिमाल झै अग्लिएको मान्छे
आज मैले होचो देखे
सधैं आडम्बरले हास्ने मान्छे
आज मैले रोएको देखे
सधैं चुरु, फुरू गर्ने मान्छे
आज पछारिएको देखे
सधैं फलामभन्दा दह्रो छु भन्ने मान्छे
आज मैले दोब्रिएको देखे

छाड्नेले छाडे पनि

  • by

छाड्नेले छाडे पनि नौ डाँडा काटे पनि
औधी माया लाग्दो रहेछ आफ्नै मन फाटे पनि

केही पललाइरहेछ बरै बिहानीको घाम झैँ बन्या
अजम्बरी खुशी छोप्ने अनौठो त्यो खाम झैँ बन्या
आफ्नै मुटु ठान्नेले नै रुवाउनलाई ढाँटे पनि
औधी माया लाग्दो रहेछ आफ्नै मन यो फाटे पनि

म मर्दा प्यारी गलाको पोते

  • by

म मर्दा प्यारी गलाको पोते नखोल्नु बिर्सेर
सौभाग्य पुछी त्यो रातो साडी नपोल्नु बिर्सेर

आफन्त सबै बैरी नै बन्छन् बिधवा देख्दा
आफ्नैलाई टोकीभन्दा नि फेरि नबोल्नु बिर्सेर

सत्य लुक्दैन झुठो टिक्दैन !

  • by

एकादेशमा एउटा स्वाभिमानी राजा थिए । उनले आफ्नो राज्यमा बिभिन्न सागसब्जी, पशुपालन फलफुल खेती गराएर अर्को राज्यमा निर्यात गरी राज्य कोषमा ठुलो धनराशी जम्मा गर्न सक्षम भएका थिए । जो कोही बेरोजगारलाई बोलाई खेती पाती पशुपालन गर्न राज्य कोषबाट बिना ब्याज ऋण सहयोग गर्थे ।

ती राजाले भर्खरै अर्को एउटा सानो राज्यमाथि विजय प्राप्त गरी आफ्नो राज्यमा गाभी फर्केका थिए । उनले विजय प्राप्त गरेको त्यो राज्यमा नागरिक धेरै गरिब र दुखी थिए । खाध्यान्नको अभाव थियो पशुपालन कृषिजन्य कुनै उत्पादन थाहा थिएन । सबै अर्को राज्यबाट महँगोमा किनेर लेराउनु पर्दथ्यो । त्यसले गर्दा त्यो देशको राज्य कोष समेत खालि थियो ।

यसकारण केयरगिभरको काम सबभन्दा कठिन हुन्छ


काम भनेको सबै नै गहारो हुन्छ । कुनै काममा मानसिक तनाव ज्यादा हुन्छ त कुनैमा शारीरिक कष्ट बढी तर हुन त सबैमा केही न केही गारो त हुन्छ नै । तर सबैलाई अप्ठ्यारा र समस्या आफ्ना जटिल लाग्छन भने सुबिधा र रम्झम अर्कैको धेरै लाग्छ ।

Read More »यसकारण केयरगिभरको काम सबभन्दा कठिन हुन्छ

मेरो यादमा कल्पिएर

  • by

मेरो यादमा कल्पिएर कहिल्यै नरुनु
मेरो बातमा अल्झिएर कहिल्यै नरुनु

के नै गर्न सकिन्छ र? भाग्यमै नभएसि
निर्दोष दिलमा सल्किएर कहिल्यै नरुनु

चाहना हुँदा हुँदै तिम्रो हुन सकिएन
मलाई सम्झी छल्किएर कहिल्यै नरुनु

मुस्कुराउँदै जब तिमी उदाउँछौ

  • by

मुस्कुराउँदै जब तिमी उदाउँछौ क्षितिजमा
प्रितको न्यानो किरण पर्छ मेरो आँचलमा

लुकी लुकी मेरा कोमल शरिरमा गर्दै स्पर्श
अनायसै ह्रदयका कुना कुनामा दिदै हर्ष
बहकिन्छौ जब तिमी मन्द मन्द पवनमा
प्रीतको न्यानो सुबास छर्छौ मेरो यो मनमा

पाठकसँगको जम्काभेटमा भलाकुसारी

  • by

श्रद्धेय पाठकवृन्द,

म जन्मिरहन चाहन्छु । म मरिरहन खोज्दछु । म कतै कतै जन्मेँ । म थोरै ठाउँमा मात्रै मरेँ । आफ्नै कारणले र आफ्नै रहरले ! रहरको खेतीको महाअभियानमा सफल हुन ज्यादै चर्को रहेछ । कतै न कतै धेरथोर त म मरेँ पनि मन भरिउञ्जेल मर्न सकेको छैन । तर, म लेख्दै छु । म बोल्दै छु । म हिँड्दै छु । र, यत्तिखेर तपाईंहरू सामु गन्थन अघि सार्दै छु ।

संसारमा आमाभन्दा ठूलो नाता

  • by

संसारमा आमाभन्दा ठूलो नाता कुन्छ ?
टुहुरो भै बाँचेको छु यो मन साह्रै रुन्छ

ममताकी खानी अनि वात्सल्यकी मूर्ति
सम्झनाले छाती मेरो छिया छिया हुन्छ

भ्रष्टचार

  • by

भ्रष्टहरू जन्मेपछि भ्रष्टचार हुन्छ
बेलगामी घोडालाई कस्ले कहाँ थुन्छ

निर्मल जल सलल पार्छ सबै सफा
मूलै गन्दा भयो भने कस्ले तन धुन्छ

नरोपौं भो विष वृक्ष सञ्जीवनी रोजौंं
भ्रष्टवृक्ष रोप्दै गए भावी पुस्ता रुन्छ

नया नयाँ कुरा झिकी (चार मुक्तक)

  • by

(१)
नया नयाँ कुरा झिकी सताउनु न हजूर
मातृभूमि याद आए रसाउनु न हजुर
शोच्दै नसोचेको रेगिस्थान घर भो आज
कति भयो परदेशमा बताउनु न हजुर !

तारिख झेल्दै थिई

  • by

तारिख झेल्दै थिई फैसला आउँदै छ रे
मन भाँडिएकै थियो बरा ! सफाई पाउँदै छ रे

यौवनले मात्तिएर कतिको मन मार्दै हिन्थी
मुलुकी ऐन ज्यान मारेको “दफा २८” लाउँदै छ रे

हाँसेकैछु देख्दा फूलको थुङ्गा

  • by

हाँसेकैछु देख्दा फूलको थुङ्गा भा’छ यो मन
यथार्थमा आजभोलि ढुङ्गा भा’छ यो मन

चहकिलो घाम तिमी रात्रीको जून म
लाखौं कोशिस गर्छु तर सक्दिन छुन म
घाम जून एक हुन नसक्ने रित हुदाँ
नचाहेरै नसोचेरै छुट्नुपर्ने प्रीत हुदाँ
मझधारमा अडिएको डुङ्गा भा’छ यो मन
यथार्थमा आजभोलि ढुङ्गा भा’छ यो मन